Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २४ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

को हुन् सामाजिक सञ्जालमा भाइरल बनेको यो जोडी ? यस्तो छ नालीबेली

को हुन् सामाजिक सञ्जालमा भाइरल बनेको यो जोडी ? यस्तो छ नालीबेली

काठमाडौँ- सामाजिक  सञ्जालमा पछिल्लो समय चर्चामा (भाईरल) बनेको यो तस्वीरको यथार्थ खुलेको छ ।

सामाजिक  सञ्जालमा सो तस्वीर भाइरल बन्नुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन नै हो।यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन ।तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए । सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन् ।  जसको विषयमा सामाजिक संञ्जालमा चर्चा हुनु आफैमा स्वाभाविक हो ।

को थिए त उनिहरु ?

यातायात ब्यावस्था विभागका अनुसार प्रदेश–३–०२–००१ब–१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिका को हो ।गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार( स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको छ । सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् ।

उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको र सिट्रोल ( सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर ) भर्न धादिङबाट काठमाडौं आएको खुलेको छ । सरकारी नम्बरको मोटरसाईकल चालक प्रताप बराल गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् ।उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव–इन्जिनियर सविता शाही हुन् । उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए ।गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको बताए । श्रेष्ठका अनुसार उनिहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडौं आएका हुन् ।

सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि चितोल अर्थात सरकारी संकेत नम्बर आवस्यब पर्छ । श्रेष्ठले भने दुवै जना गाँउपालीकामा कार्यरत इन्जीनियर भएको बताए ।श्रष्ठले मिडिया डबलीसंग  भने “ सरकारी मोटर साईकल पनि गल्छी गाँउपालीकाकै स्वामित्वमा छ । मोटरसाईकलमा सवार कर्मचारीले लगाएको कपडाको विषयमा प्रश्न उठेको छ । यसका आफनै मर्यादा पनि छन् । यस विषयमा सत्य तथ्य बुझ्ने काम भैरहेको छ । त्यसपछि हामी कारवाहिको प्रक्रिया अगाडी बढाउँदै छौ ।” 

यस्तो छ कानुनी ब्यावस्था

सरकारी सवारी साधन सञ्चालन तथा प्रयोग सम्बन्धि नर्देशिका २०७२ मा सरकारीरी कर्मचारीले सवारी साधन सम्बन्धी निर्देशिका जारी गरिएको छ ।जस अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी तथा प्रथभ श्रेणीका कर्मचारीले सरकारी सवारी साधनको उपयोग गर्न पाउने ब्यावस्था छ ।

सरकारी सवारी साधन प्रयोगकर्ताले सरकारी सम्पतिको उचित संरक्षण गदै मितब्ययी रुपमा सरकारी सवारी साधन प्रयोग गर्नु पर्छ ।साथै आफुले प्रयोग गरेको सवारी साधनको उचित प्रयोग र त्यसको जवाफदेहिता स्वयं सवारी चालककै हुने उल्लेख गरिएको छ ।जस अनुसार सरकारी नम्बर प्लेटको सवारी चालक र सवार दुवै सरकारी कर्मचारी नै भएको र उनिहरुले लगाएको कपडाको मर्यादा बारे कारवाहि स्वरुप सचेत गराउने वा कारवाहि नै हुने भन्ने विषयमा गाँउपालीकामा छलफल भैरकेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । अनलाईन खबर 

प्रतिक्रिया

ट्रेन्डिङ