Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २५ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

आयातित तरकारीमा विषादीको जोखिम कति ?

 ८ फागुन । नेपालमा आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा कम देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिकदेखि विभिन्न कार्यालयबाट गरेको विषादीको अवशेष परीक्षणमा यस्तो देखिएको हो । विभागले कात्तिक १ देखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण गर्दैआएको छ । 

सो अवधिमा १८ हजार ८ सय २६ वटा फलफूल तथा तरकारीको मात्रै नमूना परिक्षण गरेको छ । उक्त नमूना परिक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकु तथा आलूका ९ वटा नमूना पहेंलो जोन (केहि समय होल्ड) को पाइएको थियो भने ६ वटा नमूना रेड जोन (होल्ड) मा रहेको पाइएको थियो । 

तरकारीको विषादीमा ३५ प्रतिशतसम्म इनिमेसन रेटलाई हरियो, ३५ देखि ४५ प्रतिशतलाई पहेँलो र ४५ भन्दा माथिलाई रातो नम्बरको संकेत समेत दिइएको छ । विषादीको मात्रा ३५ प्रतिशत इनिमेसन रेट भन्दा बढी हुनु हुँदैन । ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य मानिए पनि केही समय भण्डारणमा राखी इनिमेसन रेट कम गरी खान मिल्छ । ४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका खाद्यवस्तु भने पूर्णत अखाद्य मानिन्छ ।
 
यसअघि आयातित तरकारी तथा फलफूल केन्द्रीय कृषि प्रयोगशालाबाट मात्रै परीक्षण हुन्थ्यो । पछिल्लो समय खाद्यले पनि परीक्षण गरिरहेको छ। आयातित तरकारी सबैभन्दा धेरै कालिमाटी फलफूल तथा तरकारी बजारमा भित्रिन्छ । तर, आयातित तरकारीमा विषादीको मात्रा प्रभावकारी रुपमा परीक्षण हुने गरेको छैन ।

विभागका महानिर्देशक डा.मतिना जोशी वैद्यका अनुसार हाल दुईवटा समूह  (कार्बामेट र ओर्गानोफोस्फेट) विषादी भए९नभएको मात्रै परीक्षण हुने गरेको छ । अब ४ समूहको विषादी भए नभएको परिक्षण गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले नाकामा सबै तरकारी रोकेर विषादी परीक्षण गर्न सम्भव नभएको पनि बताइन् । 

 ‘तरकारी बाटोमा रोकेर काठमाडौं आउनुपर्यो, यहाँ परीक्षण गरी रिपोर्ट लिएर जाँदा केही दिन लाग्छ, जसले तरकारी बिग्रने समस्या हुन्छ’ उनले भनिन् । 

‘६ महिनामा मात्र २२ अर्ब ५१ करोडको तरकारी आयात’
विषादी जाँच कमै भएपनि हरियो तरकारीमा परनिर्भरता बढ्दै गएको छ । चालू आर्थिक वर्षको ६ महिनामा मात्र २२ अर्ब ५१ करोड ५८ लाख ७१ हजार मूल्यको हरियो तरकारी आयात भएको छ । गत वर्ष सोही अवधिमा हरियो तरकारीजन्य वस्तुको आयात १९ अर्ब २२ करोड ३९ लाख ९२ हजार मूल्यको आयात भएको थियो ।

यसरी हेर्दा कृषि प्रधान देश नेपालमा कृषिजजन्य वस्तु आयातको ग्राफ बढ्दोक्रममा रहेको देख्न सक्छौं । खासगरी हरिया तरकारीमा ताजा टमाटर, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भान्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका विभिन्न प्रकारका तरकारी आयात भएका हुन् । बन्दा र काउली जस्ता हरिया तरकारीका साथै प्याज, लसुन र टमाटरको आयात बढ्दो छ । 

प्रतिक्रिया