Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १२ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

आयातित तरकारीमा विषादीको जोखिम कति ?

 ८ फागुन । नेपालमा आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा कम देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिकदेखि विभिन्न कार्यालयबाट गरेको विषादीको अवशेष परीक्षणमा यस्तो देखिएको हो । विभागले कात्तिक १ देखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण गर्दैआएको छ । 

सो अवधिमा १८ हजार ८ सय २६ वटा फलफूल तथा तरकारीको मात्रै नमूना परिक्षण गरेको छ । उक्त नमूना परिक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकु तथा आलूका ९ वटा नमूना पहेंलो जोन (केहि समय होल्ड) को पाइएको थियो भने ६ वटा नमूना रेड जोन (होल्ड) मा रहेको पाइएको थियो । 

तरकारीको विषादीमा ३५ प्रतिशतसम्म इनिमेसन रेटलाई हरियो, ३५ देखि ४५ प्रतिशतलाई पहेँलो र ४५ भन्दा माथिलाई रातो नम्बरको संकेत समेत दिइएको छ । विषादीको मात्रा ३५ प्रतिशत इनिमेसन रेट भन्दा बढी हुनु हुँदैन । ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य मानिए पनि केही समय भण्डारणमा राखी इनिमेसन रेट कम गरी खान मिल्छ । ४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका खाद्यवस्तु भने पूर्णत अखाद्य मानिन्छ ।
 
यसअघि आयातित तरकारी तथा फलफूल केन्द्रीय कृषि प्रयोगशालाबाट मात्रै परीक्षण हुन्थ्यो । पछिल्लो समय खाद्यले पनि परीक्षण गरिरहेको छ। आयातित तरकारी सबैभन्दा धेरै कालिमाटी फलफूल तथा तरकारी बजारमा भित्रिन्छ । तर, आयातित तरकारीमा विषादीको मात्रा प्रभावकारी रुपमा परीक्षण हुने गरेको छैन ।

विभागका महानिर्देशक डा.मतिना जोशी वैद्यका अनुसार हाल दुईवटा समूह  (कार्बामेट र ओर्गानोफोस्फेट) विषादी भए९नभएको मात्रै परीक्षण हुने गरेको छ । अब ४ समूहको विषादी भए नभएको परिक्षण गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले नाकामा सबै तरकारी रोकेर विषादी परीक्षण गर्न सम्भव नभएको पनि बताइन् । 

 ‘तरकारी बाटोमा रोकेर काठमाडौं आउनुपर्यो, यहाँ परीक्षण गरी रिपोर्ट लिएर जाँदा केही दिन लाग्छ, जसले तरकारी बिग्रने समस्या हुन्छ’ उनले भनिन् । 

‘६ महिनामा मात्र २२ अर्ब ५१ करोडको तरकारी आयात’
विषादी जाँच कमै भएपनि हरियो तरकारीमा परनिर्भरता बढ्दै गएको छ । चालू आर्थिक वर्षको ६ महिनामा मात्र २२ अर्ब ५१ करोड ५८ लाख ७१ हजार मूल्यको हरियो तरकारी आयात भएको छ । गत वर्ष सोही अवधिमा हरियो तरकारीजन्य वस्तुको आयात १९ अर्ब २२ करोड ३९ लाख ९२ हजार मूल्यको आयात भएको थियो ।

यसरी हेर्दा कृषि प्रधान देश नेपालमा कृषिजजन्य वस्तु आयातको ग्राफ बढ्दोक्रममा रहेको देख्न सक्छौं । खासगरी हरिया तरकारीमा ताजा टमाटर, प्याज, लसुन, काउली, बन्दा, गाँजर, मोटरकोसा, भान्टा, ताजा गेडागुडी, कुरिलो, फर्सीलगायतका विभिन्न प्रकारका तरकारी आयात भएका हुन् । बन्दा र काउली जस्ता हरिया तरकारीका साथै प्याज, लसुन र टमाटरको आयात बढ्दो छ । 

प्रतिक्रिया