Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आयआर्जनमा जुट्दै मुसहर महिला

आयआर्जनमा जुट्दै मुसहर महिला

अरूको मेलापात गएर जीविका धान्दै आएका मुसहर समुदायका महिलां स्वरोजगार हुन थालेका छन् । सिरहा कल्याणपुर नगरपालिका–९ पिलुवाहाका भूमिहीन मुसहर महिलाले व्यावसायिक तरकारी खेतीबाट आयआर्जन गर्न थालेका हुन् ।

उनीहरूलाई मुक्ति नेपालले तीनमहिने व्यावसायिक तालिम दिएको थियो । तालिम पाएपछि १८ कट्ठा जग्गा भाडामा लिएर तरकारी उत्पादन गरे । त्यही तरकारी बेचेर नै उनीहरूको जीवनस्तर राम्रो हुँदै गएको छ ।

मुक्ति नेपालले सीमान्तकृत समुदायको सामाजिक तथा आर्थिक विकासका लागि व्यावसायिक तालिम सञ्चालन गर्न गुलाब महिला समूह गठन गरी तालिम दिएको हो । पिलुवाहामा ३४ घर मुसहर समुदायको बसोबास छ । सबै घरपरिवार व्यावसायिक तरकारी खेतीमा छन् ।

पिलुवाहाकी अनितादेवी सदाको परिवारको आफ्नो जग्गा छैन । ३ छोराछोरीसहित ५ जनाको परिवार छ । पहिले उनको छाक टार्ने मेलो दैनिक ज्याला मजदुरी थियो । अनियमित रोजगारी र कम ज्यालाले गर्दा परिवार धान्न धौधौ हुन्थ्यो । तरकारी उत्पादनसँगै बिक्रीबाट आम्दानी हुन थालेपछि छाक टार्ने चिन्ता हटेको अनितादेवीले सुनाइन् । उनीहरूको समूहले उब्जाएको तरकारी स्थानीय बजार डुम्री, कल्याणपुर, मिर्चैया, राघोपुरमा बिक्री हुने गरेको छ । ‘भिन्डी उत्पादन राम्रो भएपछि बजारमा बेच्न जाँदा छिमेकीले मेरो तरकारी पनि बेचिदेऊ भने,’ अनिताले भनिन्, ‘त्यसपछि तरकारी बेच्न थालें । आम्दानी पनि राम्रो भएको छ ।’ तरकारी बेचेर प्रत्येक २ दिन बिराएर ८ सयदेखि १२ सय रुपैयाँ आम्दानी हुन थालेको उनले बताइन् ।

बस्तीकी ४१ वर्षीया आशोदेवी सदा पनि तरकारी व्यापार गर्छिन् । ‘अरूको खेतखलियानमा मजदुरी गर्दा छाक टार्न मुस्किल पर्थ्यो,’ उनले भनिन्, ‘आफैं खेती र व्यापार गर्न थालेपछि आम्दानी राम्रो हुन थालेको छ ।’ महिलाहरू समूहमा आबद्ध भएर बचत गर्ने बानीको समेत विकास भएको छ । गुलाब महिला समूहकी अध्यक्ष मञ्जुकुमारी सदाका अनुसार समूहमा ४० हजार रुपैयाँ बचत भएको छ । बचत रकम तरकारी खेतीमा लगानी गर्छन् भने केही रकम समूहका महिलाहरूलाई आपत् पर्दा सस्तो ब्याजदरमा दिन्छन् गाउँका बालबालिकालाई समेत स्कुल पठाउन थालेका छौं,’ उनले भनिन् । गाउँमा जाँडरक्सी सेवन र बिक्रीवितरणमा समेत महिलाहरूले रोक लगाएका छन् ।

मुक्ति नेपालका जिल्ला संयोजक अशोककुमार कामतीले महिलाहरू व्यावसायिक तरकारी खेतीमा सक्रिय भएपछि आर्थिक उपार्जनसँगै सिंगो मुसहर बस्तीमै चेतना विकास भएको बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ