Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

मधेशमा धमाधम पार्टी फेर्दै उम्मेदवार बन्दै

मधेशमा धमाधम पार्टी फेर्दै उम्मेदवार बन्दै

धनुषा जिल्लाका स्थानीय तहमा उम्मेदवार चयन गर्न आइतबार जनकपुरधामस्थित राजदरबार होटलमा जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्यो । बैठकमा टिकट वितरणको विषयमा विवाद हुँदा कुटाकुटमै भयो ।

कुटाकुटमा आधा दर्जनभन्दा बढीलाई सामान्य चोटपटक लाग्यो । कुटाकुटको स्थिति बन्नुको कारण थियो गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवसहित केही व्यक्ति उम्मेदवार चयन नहुनु ।

बैठकमा सहभागी यादव र उनका समर्थकले टिकट पाउने स्थिति नदेखेपछि विवाद गर्दै कुटपिट गरेको जसपा स्रोतको भनाइ छ । यो घटना भएको एक घण्टा नबित्दै उनै यादव भानुचोकमा आएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरे । उनलाई लोसपाका नेता एवं संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सांस समेत रहेका जिल्ला अध्यक्ष परमेश्वर साहले स्वागत गरे । स्वागतमात्रै होइन, लोसपाबाट यादवले मेयरको टिकट पनि पाए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता भएको छ । मधेश प्रदेशमा मुख्य दलहरुले आइतबार साँझसम्म धेरै पालिकामा उम्मेदवारी टुंग्याउन नसक्दा आकांक्षीहरु अन्यौलमा परे । आफूले टिकट नपाउने स्थिति आएपछि यसअघि निर्वाचित जनप्रतिनिधिले धमाधम पार्टी परिवर्तन गरे । यसबाहेक अरुलाई टिकट दिएपछि पार्टी परिवर्तनको दौड तीब्र गतिमा भयो ।

पार्टी परिवर्तन गर्नेमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव पनि देखिए । जनता समाजवादी पार्टी (जसपा) बाट पूर्व राजपाका नेताहरु अलग भएर लोसपा बनाउँदा यादवले लोसपा नै रोजेका थिए । तर उनी आइतबार जनता प्रगतिशील पार्टीबाट छिन्नमस्ता गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

एकाएक पार्टी परिवर्तन गर्नेमा सप्तरी सदरमुकाम राजविराजकै निवर्तमान मेयर शम्भु यादव पनि देखिए । २०७४ सालको स्थानीय निर्वाचनमा १५ मतान्तरले तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । पछि जसपा फुटेर लोसपा बन्दा उनले जसपा नै रोजेका थिए ।

यो चुनावमा जसपाले मेयरको टिकट भीमराज यादवलाई दिएको छ । यो जानकारी पाएलगत्तै शम्भुले पार्टी छाड्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी सोमबार बिहान माओवादीमा प्रवेश गरी मेयर पदमा पुनः उम्मेदवारी दिएका छन् ।

सप्तरीमा जसपाकै नेता वीरेन्द्र माझीले हनुमाननगर कंकालिनी नगरपालिकामा टिकट पाउने अवस्था नदेखेपछि जनमत पार्टीमा प्रवेश गरेका छन् । सोही पार्टीबाट उनले मेयर पदमा उम्मेदवारी मनोनयन दर्तासमेत गराइसकेका छन् ।

सप्तरीकै छिन्नमस्ता गाउँपालिकाका माओवादी केन्द्रका नेता जयप्रकाश यादव आफूलाई टिकट नदिने जानकारी पाएपछि रातारात पार्टी परिवर्तन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

छिन्नमस्ता गाउँपालिकाकै निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ यस पटक अर्काे पार्टीबाट अध्यक्षको उम्मेदवार बनेका छन् । २०७४ सालमा तत्कालिन नयाँ शक्तिबाट अध्यक्ष जितेका उनले यस पटक नेपाल सद्भावना पार्टीबाट उम्मेदवारी दिएका छन् । तत्कालिन नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर जसपा बनेको छ । र, जसपाले उनलाई टिकट नदिएपछि अर्कै पार्टीबाट उम्मेदवारी दर्ता गरे ।

२०७४ सालको निर्वाचनमा सर्लाहीको मलंगवा नगरपालिकामा कांग्रेसबाट मेयरमा निर्वाचित निरसल साह पुनः कांग्रेसबाटै टिकट पाउने अवस्था नदेखेपछि जसपामा प्रवेश गरेका छन् । पार्टी प्रवेशलगत्तै उनले जसपाबाटै मेयरको टिकट पाएका छन् ।

पार्टी परिवर्तन गरेपनि पाएनन्

मधेशमा पार्टी परिवर्तन गरेपनि टिकट नपाउने नेता पनि देखिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नेकपा एमालेमा प्रवेश गरे ।

एक साताअघि मात्रै एमाले प्रवेश गरेका उनले मेयरको टिकट पाउने आश राखेका थिए । तर, एमालेले शिवशंकर साहलाई मेयरको टिकट दियो । यसपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । साहसँगै एमालेका नेता सरोज मिश्रले उपमेयरमा उम्मेदवारी दिएका छन् । मिश्र पनि केही महिनाअघि नेकपा एमालेमा प्रवेश गरेका थिए ।

नवप्रवेशीलाई प्राथमिकता

उम्मेदवारी दर्ताको पहिलो दिन मधेशका अधिकांस जिल्लामा प्रमुख दलले उम्मेदवारी दर्ता गराएनन् । नेकपा एमालेको जनकपुरधाम उपमहानगरपालिका स्तरीय कमिटीले उपमेयरको उम्मेदवार खाली राखेको थियो । यो सिटमा नेपाली कांग्रेसकी प्रदेश सदस्य रुना झा अटाइन् । कांग्रेस त्यागेर एमाले प्रवेश गरेको केहीबेरमै उनलाई एमालेले उपप्रमुखको उम्मेदबार बनायो ।

धनुषाकै कमला नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले मेयरको उम्मेदवार छनोट गरेको थिएन् । पार्टीका केही नेताले मेयरमा आकांक्षा राखेका थिए, तर सोमबार बिहानै नेपाली कांग्रेसका नेता वीरेन्द्र प्रसाद यादव लोसपा प्रवेश गरे र मेयरको टिकट पनि पाए ।

वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल अहिले मधेशमा मूल्य मान्यताको राजनीति हराएको बताउँछन् । ‘राजनीति आस्थाको आधारमा, मूल्य मान्यताको आधारमा हुन्छ ।राजनीतिको पनि उद्देश्य हुन्छ । कोही समाजवाद, कोहि पूँजीवादको कुरा गर्छन्’ उनी भन्छन्, ‘अहिलेको राजनीतिलाई भीडतन्त्र भन्नु कि लुटतन्त्र के भन्नु ?’

उनी अहिलेको राजनीतिमा कुनै आस्था, नैतिकता र चरित्र नदेखिएको बताउँछन् ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर झा राजनीतिक दलले स्थानीय प्राकृतिक स्रोतको आम्दानीम आँखा लगाएकाले जसरी पनि जित्ने उम्मेदवार खोज्ने गरेको बताउँछन् । ‘दलहरुले पनि जित्ने उम्मेदबार चाहिने अपेक्षा राखेको र जित्नेको पनि मनोभावना कुनै दलबाट गए जितिहाल्ने मनोविज्ञान हावी भएको छ’ उनी भन्छन् ।

विश्लेषक झा स्थानीय तहको पहिलो चुनाव भएको ५ बर्षको अनुभवमा स्थानीय सरकारको प्रमुख बन्नेले स्थानीय स्रोत साधनको आम्दानीमा आँखा गाडेको पाइएको बताउँछन् । ‘त्यही भएर यो दलबाट त्यो दलबाट टिकट लिनुपर्ने, विभिन्न पेशा छोडेर आउनुपर्ने तथा टिकट खरिद बिक्रीको काम भइरहेको छ’ उनले भने ।

स्थानीय सरकारमा व्यवस्थापकीय क्षमता हुने व्यक्तिलाई प्रोत्साहन दिनुपर्नेमा ठेकेदार, पहिला जितेका, पैसा भएका, जातीय भोट बढी भएकालाई उम्मेदबार बनाउने गरिएको झा बताउँछन् ।

५ बर्षसम्म कुनै पनि दलले यसमा छलफल नै नगरेको उनको भनाइ छ । कुनै पनि पालिकामा व्यवस्थापकीय क्षमता भएका व्यक्ति नआएको भन्दै उनी प्रायः सबैतिर कमसल उम्मेदवार देखिएको बताउँछन् । ‘कमसलबीचको अब्बल चुन्नु जनताका लागि बाध्यता छ’ झा बताउँछन् ।

राजनीतिमा विकृति फैलिएको र राजनीतिको माध्यमले धनआर्जनको परम्परा बनिसकेको वरिष्ठ राजनीतिज्ञ मण्डल बताउँछन् । ‘पैसा खर्च गरी जितिहाल्नुपर्छ भन्ने मनसाय बढी देखिएको छ’ उनी भन्छन्, ‘५० लाख खर्च गरेर २ करोड रुपैयाँ कसरी कमाउने भन्ने मनोवृत्ति ह्वात्तै बढेको छ ।’

प्रतिक्रिया