Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाको तरकारी कुहिन थाल्यो

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाको तरकारी कुहिन थाल्यो

धनगढी ः सोमवारदेखि अवरुद्ध भएको भीमदत्त राजमार्गका कारण तराईका दुई जिल्लाको बाँकी पहाडी जिल्लासँग सडक सम्पर्क बिच्छेद भएको हो।

चार दिनदेखि सडक अवरुद्ध हुँदा आवागमनसँगै दैनिक उपभोग्य सामग्रीको कारोबार पनि बन्द भएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्ने एक मात्र मुख्य राजमार्ग चार दिनदेखि ठप्प हुँदा डडेल्धुरामा उत्पादित लाखौंको तरकारी खेर जान थालेको भागेश्वर गाउँपालिका-१ बगरकोटका तरकारी संकलक अर्जुन जोशीले बताए। "सोमवारदेखि सडक अवरुद्ध हुँदा हामीले धनगढी र महेन्द्रनगरका लागि पठाएको तरकारी बाटोमै कुहिएको छ," उनले भने, "किसानको तरकारी बारीमा बिक्रीका लागि तयार छ तर बाटो अझै नखुले थप मर्का हुने भएको छ।

सडक अबरुद्ध हुँदा डडेल्धुरामा मात्रै दैनिक १० लाखको तरकारीको बजार प्रभावित भएको छ। डडेल्धुराबाट धनगढी, महेन्द्रनगर र नेपालगन्जका लागि सोमवार पठाइएको तरकारी बाटोमै कुहिएर फाल्नु परेको किसानहरूले बताएका छन्। तरकारी उत्पादन मुख्य सिजनमै सडक अवरुद्ध हुँदा किसान, बिक्रेता र उपभोक्ता समेत प्रभावित भएको तरकारी उत्पादक  किसान प्रिन्स अवस्थीले बताए।"मैरो बारीम  दैनिक एक लाखको तरकारी बिक्रीका लागि तयार हुन्छ। सोमवारदेखि तराई पठाउन सकिएको छैन," उनले भने, "बढी तरकारी तराई नै हो पठाउने। चार दिनदेखि तरकारी तयार छ तर बिक्री ठप्प हुँदा घाटा त भइहाल्छ।"

तरकारी उत्पादन हुने मुख्य सिजनमै कैलालीलो बुढीतोलामा सडक भासिदा डडेल्धुराका सबै तरकारी किसान र संकलनकर्ता निराश भएका छन्। किसानहरूको दैनिक लाखौं मूल्यको तरकारी बारीमै सड्न थालेको छ भने किसानबाट खरिद गरिएको तरकारी लामो समयसम्म गोदाममा राख्नुपर्दा लगानी डुब्न थालेको तरकारी व्यवसायी खडक ऐरले बताए। "सोमवार धनगढीका लागि पठाइएको आलु बाहेकको सबै तरकारी फाल्नु परेको छ। बारीमा तयार भएकी काउली, रायो, भेडेखुर्सानी तुरुन्त बिक्री नभए बिग्रने समस्या हुन्छ," उनले भने, "मैले दैनिक एक ट्रक तरकारी तराई पठाउथे। अहिले कारोबार ठप्प छ।"

डडेल्धुरा जिल्लामा मात्रै १ हजार ३५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको छ। जिल्लामा वार्षिक १८ हजार २१६ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ। बर्सादको समयमा उत्पादन गरिएको तरकारीले राम्रो मूल्य पाउने भए पनि सडक अवरुद्ध हुँदा वारि र पसलमा तरकारी कुँहिन थालको तरकारी व्यवसायी दत्तराज अवस्थीले बताए। यस्तै, पहाडी तरकारीको आपूर्ति रोकिँदा तराईका उपभोक्ताले महँगोमा तरकारी खरिद गर्नुपर्ने अवस्था आएको छ।

प्रतिक्रिया