Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरमा विपद्को अत्यासलाग्दो परिदृश्यः १९ करोडको क्षति, ५४ महिलाको मृत्यु

सुदूरमा विपद्को अत्यासलाग्दो परिदृश्यः १९ करोडको क्षति, ५४ महिलाको मृत्यु

सुदूरपश्चिममा प्राकृतिक विपत्तीबाट ठूलो संख्यामा मानवीय र आर्थिक क्षति पुगेको छ। यस्तो विपत्तीबाट सबैभन्दा बढी महिलाको मृत्यु भएको छ भने घाइते हुनेमा पनि सबैभन्दा बढी महिला नै छन्। साथै प्राकृतिक विपदका कारण सुदूरपश्चिममा १९ करोड बढीको क्षति पुगेको अनुमान छ।

पछिल्लो एक वर्षको अवधिमा प्राकृतिक विपदबाट ३६ पुरुष र ५४ महिलाको मृत्यु भएको छ भने एक सय ११ पुरुष र एक सय २३ महिला घाइते भएको सुदूरपश्चिम प्रदेश आतकालिन कार्य सञ्चालन केन्द्र धनगढीको तथ्यांक छ। २०७९ बैशाखदेखि २०८० साउन ३ गतेसम्म पहिरोबाट ७ लाख ८४ हजार बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

चट्याङबाट २२ लाख ८ हजार, आगलागीबाट १८ करोड ४५ लाख ६८ हजार तीन सय ३५, हावाहुरीबाट ३० लाख ९८ हजार, भारी वर्षाबाट २२ लाख ९८ हजार गरेर १९ करोड २९ लाख ५६ हजार तीन सय ३५ रुपैयाँ बराबरको क्षति पुगेको आपतकालिन कार्य सञ्चालन केन्द्रको अनुमान छ।
५४ महिलाको मृत्यु, १२३ घाइते
पहिरोमा परेर १९ महिलाको मृत्यु भएको छ भने १३ महिला घाइते भएका छन्। त्यस्तै चट्याङबाट ५ को मृत्यु भएको छ भने ३९ महिला घाइते भएका छन्। बाढीबाट तीन महिलाको मृत्यु भएको छ भने चार घाइते छन्। हिउँ पहिरोमा पुरिएर ८ जना महिलाले ज्यान गुमाएका छन्। भूकम्पमा परेर ५ महिलाको मृत्यु भएको छ भने ८ घाइते भएका छन्। आगलागीबाट चारको मृत्यु भएको छ भने ८ महिला घाइते भएका छन्। त्यस्तै जनावर आतङकबाट ५ महिलाको मृत्यु भएको छ भने ३२ घाइते भएका छन्।

सर्पदंशबाट तीन महिलाको मृत्यु भइसकेको छ भने दुई घाइते भएका छन्। हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। भारी वर्षाबाट एक महिलाको मृत्यु भएको छ भने पाँच महिला घाइते भएका छन्। सो अवधिसम्म पहिरोबाट एक सय ८, चट्याङबाट एक सय २१, बाढीबाट तीन हजार चार सय ३४ परिवार प्रभावित बन्न पुगेका छन्।

त्यस्तै हिउँ पहिरोबाट ९, भूकम्पबाट ९२, आगलागीबाट तीन सय ७२, जनावर आतङकबाट एक सय एक परिवार प्रभावित बनेका छन्। सर्पदंशबाट ७, अन्यबाट २, हावाहुरीबाट ७० र भारी वर्षाबाट ९२ परिवार प्रभावित बन्न पुगेको आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीको तथ्यांकले देखाएको छ।
३६ पुरुषको मृत्यु, १११ घाइते
प्रदेशका विभिन्न जिल्लामा गरी प्राकृतिक विपदबाट महिला र पुरुष गरी ९० जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। प्रदेशभित्र प्राकृतिक विपदका ७ सय ५२ घटना भएका छन्। ती घटनाबाट महिला र पुरुष गरी दुई सय ३३ जना घाइते भएका छन्।

३६ जना पुरुषको मृत्यु भएको छ भने एक सय ११ जना घाइते भएका छन्। विपदबाट प्रभावित परिवारको संख्या चार हजार चार सय ७ रहेको छ भने ७ सय १३ घरमा आंशिक क्षति पुगेको छ। पूर्ण क्षति भएका घरको संख्या दुई सय ५३ छ। त्यस्तै एक सय १३ गोठमा समेत क्षति पुगेको छ।
किन बढ्दो छ विपद्को जोखिम?
मौसमजन्य, भौगर्भिक, जैविक विविधता विनाश तथा जलवायु परिवर्तनको जोखिमको दृष्टिकोणबाट निकै संकटासन्न अवस्थामा प्रदेश पछिल्ला वर्षहरू प्राकृतिक विपद्का दृष्टिले निकै भयावह सावित भएको छ। गाउँ नै पुर्ने पहिरो, बाढी, डढेलो, खडेरी जस्ता प्राकृतिक विपत्तिहरूले एकपछि अर्को गर्दै सुदूरपश्चिमलाई पिरोलिरहेका छन्। जसका कारण ठूलो धन–जन तथा पर्यावरणीय र भौतिक क्षतिको सामना गरिरहनु परेको छ।

प्रकोप संकटासन्नताको पक्ष आफैंमा संवेदनशील छ, तर त्योभन्दा भयानक विषय विपद्को कारण हुने क्षतिको दर निकै उच्च हुनु हो। जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पर्याप्त लगानी र चासो कम हुनु, जनचेतनाको अभाव, पूर्वचेतावनी प्रणाली तथा प्रकोप जोखिमको नक्साङ्कन जस्ता पक्षहरूको अभाव लगायत कारणले विभिन्न खालका प्राकृतिक तथा मानव सिर्जित विपद्हरूबाट हुने आर्थिक तथा मानवीय क्षति बढिरहेको अवस्था छ।

प्रतिक्रिया