Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरमा महिना दिनमै विपदबाट साढे एक करोड बढीको क्षति, पाँच जनाको मृत्यु

सुदूरमा महिना दिनमै विपदबाट साढे एक करोड बढीको क्षति, पाँच जनाको मृत्यु

धनगढीः सुदूरपश्चिममा एक महिनाको अवधिमा प्राकृतिक विपदबाट एक करोड ६५ लाख २५ हजार ८ सय बराबरको क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा बढी आगलागीबाट एक करोड ५५ लाख ६५ हजार ८ र भारी वर्षाबाट ९६ हजारको क्षति पुगेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको अनुमान छ।

२०८० साउन १ गतेदेखि भाद्र ५ गतेसम्म पहिरो, चट्याङ, बाढी, जनावर आतङ्क, आगलागी, सर्पदंश, तथा भारी वर्षाबाट मानवीय, भौतिक र आर्थिक क्षति पुगेको पीइओसीको तथ्यांक छ। सो अवधिसम्म विपदका ७७ घटना घटेका छन्। पहिरोका २८ घटना घटेकामा एक महिला र एक जनाको पहिरोमा परेर मृत्यु भएको छ।

त्यस्तै चट्याङको एक घटना बाहिर आएको छ। बाढीबाट एक जना पुरुषको मृत्यु भएको छ भने यससँग सम्वन्धित १४ घटना घटेका छन्। त्यस्तै जनावर आतङ्कबाट एक महिलाको मृत्यु भएको छ भने यस्ता पाँच घटना बाहिर आएका छन्। आगलागीका १७ र सर्पदंशका दुई घटना भएकामा एक जना महिलाको मृत्यु भएको छ। त्यस्तै भारी वर्षाका १० घटना घटेको पाइएको छ। सो अवधिसम्म दुई पुरुष र तीन महिला गरी पाँच जनाको मृत्यु भइसकेको छ।

यस प्रकारका विपदका घटनाबाट सो अवधिसम्म ९ पुरुष र ८ महिला गरी १७ जना घाइते भएका छन्। यसबाट तीन हजार ४३२ परिवार प्रभावित बन्न पुगेका छन्। ३९ घर तथा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ भने चार सय ८४ संरचनामा आंशिक क्षति पुगेको छ। सो अवधिमा ९ वटा गोठमा क्षति पुगेर ५४ पशुचौपाया क्षति भएको केन्द्रको तथ्यांकले देखाएको छ।

सुदूरपश्चिम प्रदेशमा विभिन्न प्रकारका विपदबाट भौतिक तथा मानवीय क्षति हुने गरेको छ। प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुवान र पहाडी क्षेत्रमा पहिरो, बाढी तथा प्रदेशका नौवटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागी लगायतका विपद र वन्यजन्तु आक्रमणबाट पनि अन्नवाली तथा मानवीय क्षति हुदै आएका छन। विपद जुनसुकै समयमा पनि आउन सक्ने भएकाले यसको पूर्वतयारी तथा प्रतिकार्य योजनाहरू बनाएर सरकार अघि बढ्नुपर्ने सरोकारवाला बताउँछन्।

प्रतिक्रिया