Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरमा महिना दिनमै विपदबाट साढे एक करोड बढीको क्षति, पाँच जनाको मृत्यु

सुदूरमा महिना दिनमै विपदबाट साढे एक करोड बढीको क्षति, पाँच जनाको मृत्यु

धनगढीः सुदूरपश्चिममा एक महिनाको अवधिमा प्राकृतिक विपदबाट एक करोड ६५ लाख २५ हजार ८ सय बराबरको क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा बढी आगलागीबाट एक करोड ५५ लाख ६५ हजार ८ र भारी वर्षाबाट ९६ हजारको क्षति पुगेको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको अनुमान छ।

२०८० साउन १ गतेदेखि भाद्र ५ गतेसम्म पहिरो, चट्याङ, बाढी, जनावर आतङ्क, आगलागी, सर्पदंश, तथा भारी वर्षाबाट मानवीय, भौतिक र आर्थिक क्षति पुगेको पीइओसीको तथ्यांक छ। सो अवधिसम्म विपदका ७७ घटना घटेका छन्। पहिरोका २८ घटना घटेकामा एक महिला र एक जनाको पहिरोमा परेर मृत्यु भएको छ।

त्यस्तै चट्याङको एक घटना बाहिर आएको छ। बाढीबाट एक जना पुरुषको मृत्यु भएको छ भने यससँग सम्वन्धित १४ घटना घटेका छन्। त्यस्तै जनावर आतङ्कबाट एक महिलाको मृत्यु भएको छ भने यस्ता पाँच घटना बाहिर आएका छन्। आगलागीका १७ र सर्पदंशका दुई घटना भएकामा एक जना महिलाको मृत्यु भएको छ। त्यस्तै भारी वर्षाका १० घटना घटेको पाइएको छ। सो अवधिसम्म दुई पुरुष र तीन महिला गरी पाँच जनाको मृत्यु भइसकेको छ।

यस प्रकारका विपदका घटनाबाट सो अवधिसम्म ९ पुरुष र ८ महिला गरी १७ जना घाइते भएका छन्। यसबाट तीन हजार ४३२ परिवार प्रभावित बन्न पुगेका छन्। ३९ घर तथा भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ भने चार सय ८४ संरचनामा आंशिक क्षति पुगेको छ। सो अवधिमा ९ वटा गोठमा क्षति पुगेर ५४ पशुचौपाया क्षति भएको केन्द्रको तथ्यांकले देखाएको छ।

सुदूरपश्चिम प्रदेशमा विभिन्न प्रकारका विपदबाट भौतिक तथा मानवीय क्षति हुने गरेको छ। प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुवान र पहाडी क्षेत्रमा पहिरो, बाढी तथा प्रदेशका नौवटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागी लगायतका विपद र वन्यजन्तु आक्रमणबाट पनि अन्नवाली तथा मानवीय क्षति हुदै आएका छन। विपद जुनसुकै समयमा पनि आउन सक्ने भएकाले यसको पूर्वतयारी तथा प्रतिकार्य योजनाहरू बनाएर सरकार अघि बढ्नुपर्ने सरोकारवाला बताउँछन्।

प्रतिक्रिया

ट्रेन्डिङ