Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २२ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक

भीमदत्त राजमार्गको विकल्प दैजी–जोगबुढा

भीमदत्त राजमार्गको विकल्प दैजी–जोगबुढा

धनगढीः कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढा हुँदै मेलौली जोड्ने सडकको लम्बाई ८२ किलोमिटर छ। दैजी बजारदेखि चुरेसम्मको १६ किलोमिटर सडक कालोपत्रेका लागि पूर्वाधार कार्यालय कञ्चनपुरले ठेक्का सम्झौता गरेको छ। दैजीदेखि लिपनासम्म १७ किलोमिटर लम्बाई रहे पनि एक किलोमिटर सडक कालोपत्रको ठेक्का भएको छैन। २१ करोडमा १६ किलोमिटर मात्र सडक कालोपत्रेको ठेक्का गरिएको हो। तर, सडक कालोपत्रको काम पूरा नहुँदै पानीले बगाएको छ।

वेदकोट ताल क्षेत्रको सडकको कालोपत्रे वर्षातको पानीले बगाएको छ। प्रदेश सरकारले दैजी क्षेत्रको सडकको चौडाइसमेत बढाउने योजना बनाएको छ। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दैजी–जोगबुढा सडक वैकल्पिक सडकको रुपमा विकास गर्ने सहमति भएको बताए। उनले भने, ‘भीमदत्त राजमार्ग सुदूरपश्चिमको लाइफलाइन हो।

भीमदत्त राजमार्गको बुढीतोला–भारव क्षेत्रमा पहिरो गएको छ। अहिलेसम्म पनि यातायात राम्रोसँग सञ्चालन भएको छैन। भीमदत्त राजमार्गको विकल्प भएन। संघीय मन्त्री हामीबिच बैठक भएको छ। सडकहरु धेरै छन। तर, आउदो बर्खामा दैजी–जोगबुढा सडकलाई विकल्पको रुपमा प्रयोग गर्ने सहमति भएको छ।’ अगामी बर्खासम्म दैजी–जोगबुढा सडक भीमदत्त राजमार्गको विकल्पको रुपमा प्रयोग गर्ने सहमति भएको उनले बताए।  

अत्तरिया–डडेल्धुरा–बैतडीको लम्बाई झण्डै तीन सय किलोमिटर छ। डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाका नागरिकको छोटो दूरीको सडक यातायातका लागि दैजी–जोगबुढा सडक २०३६ सालबाट निर्माण थालिएको हो। तर, निर्माण सुरु भएको ४४ वर्षसम्म ८२ किलोमिटर सडक कालोपत्र भएको छैन। संघीयता अगाडि कालोपत्रका लागि ठेक्का सम्झौता भएको कामसमेत पूरा भएका छैनन।

२०७२ सालमा संघीय सरकारले ठेक्का सम्झौता गरेर संघीयतापछि प्रदेश सरकारलाई हस्तान्तरण गरेकोमा काम अझै पूरा भएको छैन्। मन्त्री देउवाले भने, ‘पुरानो बाटो हो। अहिलेसम्म बन्नुपर्ने थियो। तर, निर्माण कम्पनीले ढिलो गरेको हो। आउदो बर्खासम्म काम सकिन्छ।’ सुदूरपश्चिम प्रदेश सरकारले बहुववर्षीय ठेक्कामार्फत दैजी–जोगबुढा सडकलाई निर्माण गर्दै छ।

भीमदत्त राजमार्गको विकल्पका रुपमा सो सडक प्रयोग गर्ने योजनामा प्रदेश सरकार छ। तर, ठेक्का सम्झौता गरिएको आठ वर्षसम्म पनि निर्माण कम्पनीले सडक अलपत्र पारेकाले समस्यामा छ। चालु आर्थिक वर्षमा संघीय सरकारलेसमेत दैजी–जोगबुढा सडक निर्माणका लागि ३० करोड बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले बहुवर्षीय ठेक्काहरुलाई निरन्तरता दिएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री देउवाले प्रदेश सरकारले दुई क्षेत्रमा कालोपत्रका लागि ठेक्का गरेको बताए। बाँकी रहेको क्षेत्रमासमेत संघीय सरकारसँगको सहकार्यमा ठेक्का सम्झौता गरिने उनले बताए। दैजी–जोगबुढा सडक निर्माणको काम पूरा भए तराईबाट डडेलधुरा, बैतडी, दार्चुला र बझाङसम्मको दूरी आधा कम हुनेछ। पहिरोका कारण लामो समय अवरुद्ध भएको भीमदत्त राजमार्गको विकल्पका रुपमासमेत प्रयोग गर्न सकिने छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगर र कुलपाते डोटीेले दैजी–जोगबुढा सडकमा झण्डै ५० करोड लगानी गरेपछि सुदूरपश्चिम सरकारलाई हस्तान्तरण गरेको थियो। दैजीदेखि चुरेको लिपनासम्म पूर्वाधार कार्यालय महेन्द्रनगर र लिपनादेखि माथि डडेल्धुराले सडक निर्माणको जिम्मा पाएको छ। भीमदत्त राजमार्गको विकल्पका रुपमा दैजी–जोगबुढा सडक निर्माण गरिने भएको छ।

प्रतिक्रिया