Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सुदूरपश्चिममा तीन अर्बको खाद्यान्नसँगै फलफूल र तरकारी आयात

सुदूरपश्चिममा तीन अर्बको खाद्यान्नसँगै फलफूल र तरकारी आयात

धनगढीः सुदूरपश्चिममा गत आर्थिक वर्षमा तीन अर्बको खाद्यन्नसँगै फलफुल र तरकारी आयात भएको छ। प्रदेशभित्र निर्यातयोग्य उद्योगको विकास नहुँदा यति ठूलो परिणामा आयात खाद्यन्नसँगै फलफुल र तरकारी आयात गर्नु परेको हो। प्रदेशभित्र विशेष आर्थिक क्षेत्रले समेत गति लिन नसक्दा परनिर्भता झनझन बढ्दै गएको छ। जसका कारण प्रदेशका तीन नाकाहरुबाट ठूलो परिमाणमा खाद्यान्न, फलफल र तरकारी आयात भइरहेको छ। प्रदेशको परनिर्भता वर्षेनि बढ्दो छ।

प्रदेश सरकारले हरेक वर्ष कृषिबाट अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको हुन्छ। तर, सरकारी लक्ष्य विपरीत भारत र अमेरिकाबाट ठूलो परिमाणको खाद्यान्न, तरकारी र फलफूल आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता भने कायमै छ। कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ९३ करोड, ३० लाख ७३ हजारको खाद्यान्न, फलफूल र तरकारी आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय गड्डाचौकीको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्षमा आयात अझै बढेको हुन सक्ने अनुमान गरिएको छ। भारतबाट आर्थिक वर्ष २०७८/७९ मा ५ करोड ७५ लाख ६० हजार मूल्यको १० हजार ३८० मेट्रिकटन फलफूल आयात गरिएको छ। २९ हजार ७१९ मेट्रिकटन तरकारी आयात भएको छ। जसको मूल्य ७६ करोड ८० लाख २ हजार हुन आउँछ। भारत र अमेरिकाबाट एकै वर्षमा ७ हजार २७९ मेट्रिकटन अर्थात् ३३ करोड ४३ लाख १० रुपैयाँको चामल आयात गरिएको छ।

यस्तै, भारत र अमेरिकाबाट एकै वर्षमा ४१० मेट्रिकटन दाल आयात भएको छ। दाल आयात गर्न नेपालबाट ४ करोड ६९ लाख ८ हजार रकम बाहिरिएको छ। भारतबाट एक वर्षमा ५८ मेट्रिकटन बदाम आयत भएको छ। जसको मूल्य ४२ लाख २३ लाख हुन आउँछ। भारतबाट नेपालमा ३ हजार ३८० मेट्रिकटन तोरी आयात भएको तथ्याङ्कले देखाएको छ। हरेक वर्ष नेपालमा २७ करोड बढीको तोरी आयात हुने गरेको छ। खाद्यान्न मात्रै नभएर पशु आहार पनि भारतबाट आयात हुँदै आएको छ।

एक वर्षमा भारतबाट सुदूरपश्चिममा ४ हजार ९८० मेट्रिकटन पशु आहार आयात गरिएको छ। भारतबाट मकै र गहुँ आयातको परिमाण क्रमशः ९ हजार १९३ मेट्रिकटन र २ हजार ३८२ मेट्रिकटन आयात गरिएको छ। मकै ३३ करोड ४४ लाख र गहुँ १० करोड २५ लाख आयात गरिएको छ। प्लान्ट क्वारेन्टिन कार्यालयले एक वर्षमा २ हजार ८६४ मेट्रिकटन अर्थात् १८ करोड १८ लाख ४२ हजारको अन्य खाद्य सामग्री आयात भएको देखाएको छ।

सुदूरपश्चिममा विदेशबाट एक वर्षअघि २ अर्ब ९३ करोड ३० लाख ७३ हजारको खाद्यान्न आयात भएकोमा निर्यात भने एक हजार ४१३ मेट्रिकटन पीना र २२८ मेट्रिकटन तेजपात निर्यात गरिएको छ। यहाँबाट ५ करोड ४२ लाख ७ हजारको पीना र एक करोड ९३ लाख ६० हजार मूल्यको तेजपात निर्यात भएको छ। करिब तीन अर्बको खाद्यान्न आयात हुँदा निर्यात भने केबल ७ करोड ३६ लाख ४४ हजार मूल्य बराबरको मात्र देखिएको छ।

प्रतिक्रिया