Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

सुदूरपश्चिममा तीन अर्बको खाद्यान्नसँगै फलफूल र तरकारी आयात

सुदूरपश्चिममा तीन अर्बको खाद्यान्नसँगै फलफूल र तरकारी आयात

धनगढीः सुदूरपश्चिममा गत आर्थिक वर्षमा तीन अर्बको खाद्यन्नसँगै फलफुल र तरकारी आयात भएको छ। प्रदेशभित्र निर्यातयोग्य उद्योगको विकास नहुँदा यति ठूलो परिणामा आयात खाद्यन्नसँगै फलफुल र तरकारी आयात गर्नु परेको हो। प्रदेशभित्र विशेष आर्थिक क्षेत्रले समेत गति लिन नसक्दा परनिर्भता झनझन बढ्दै गएको छ। जसका कारण प्रदेशका तीन नाकाहरुबाट ठूलो परिमाणमा खाद्यान्न, फलफल र तरकारी आयात भइरहेको छ। प्रदेशको परनिर्भता वर्षेनि बढ्दो छ।

प्रदेश सरकारले हरेक वर्ष कृषिबाट अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको हुन्छ। तर, सरकारी लक्ष्य विपरीत भारत र अमेरिकाबाट ठूलो परिमाणको खाद्यान्न, तरकारी र फलफूल आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता भने कायमै छ। कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ९३ करोड, ३० लाख ७३ हजारको खाद्यान्न, फलफूल र तरकारी आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय गड्डाचौकीको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्षमा आयात अझै बढेको हुन सक्ने अनुमान गरिएको छ। भारतबाट आर्थिक वर्ष २०७८/७९ मा ५ करोड ७५ लाख ६० हजार मूल्यको १० हजार ३८० मेट्रिकटन फलफूल आयात गरिएको छ। २९ हजार ७१९ मेट्रिकटन तरकारी आयात भएको छ। जसको मूल्य ७६ करोड ८० लाख २ हजार हुन आउँछ। भारत र अमेरिकाबाट एकै वर्षमा ७ हजार २७९ मेट्रिकटन अर्थात् ३३ करोड ४३ लाख १० रुपैयाँको चामल आयात गरिएको छ।

यस्तै, भारत र अमेरिकाबाट एकै वर्षमा ४१० मेट्रिकटन दाल आयात भएको छ। दाल आयात गर्न नेपालबाट ४ करोड ६९ लाख ८ हजार रकम बाहिरिएको छ। भारतबाट एक वर्षमा ५८ मेट्रिकटन बदाम आयत भएको छ। जसको मूल्य ४२ लाख २३ लाख हुन आउँछ। भारतबाट नेपालमा ३ हजार ३८० मेट्रिकटन तोरी आयात भएको तथ्याङ्कले देखाएको छ। हरेक वर्ष नेपालमा २७ करोड बढीको तोरी आयात हुने गरेको छ। खाद्यान्न मात्रै नभएर पशु आहार पनि भारतबाट आयात हुँदै आएको छ।

एक वर्षमा भारतबाट सुदूरपश्चिममा ४ हजार ९८० मेट्रिकटन पशु आहार आयात गरिएको छ। भारतबाट मकै र गहुँ आयातको परिमाण क्रमशः ९ हजार १९३ मेट्रिकटन र २ हजार ३८२ मेट्रिकटन आयात गरिएको छ। मकै ३३ करोड ४४ लाख र गहुँ १० करोड २५ लाख आयात गरिएको छ। प्लान्ट क्वारेन्टिन कार्यालयले एक वर्षमा २ हजार ८६४ मेट्रिकटन अर्थात् १८ करोड १८ लाख ४२ हजारको अन्य खाद्य सामग्री आयात भएको देखाएको छ।

सुदूरपश्चिममा विदेशबाट एक वर्षअघि २ अर्ब ९३ करोड ३० लाख ७३ हजारको खाद्यान्न आयात भएकोमा निर्यात भने एक हजार ४१३ मेट्रिकटन पीना र २२८ मेट्रिकटन तेजपात निर्यात गरिएको छ। यहाँबाट ५ करोड ४२ लाख ७ हजारको पीना र एक करोड ९३ लाख ६० हजार मूल्यको तेजपात निर्यात भएको छ। करिब तीन अर्बको खाद्यान्न आयात हुँदा निर्यात भने केबल ७ करोड ३६ लाख ४४ हजार मूल्य बराबरको मात्र देखिएको छ।

प्रतिक्रिया