Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

क्वार्टरबाट स्वास्थ्यकर्मीलाई हटाउने निर्णय र मेरा ४ प्रश्नहरु

क्वार्टरबाट स्वास्थ्यकर्मीलाई हटाउने निर्णय र मेरा ४ प्रश्नहरु

रमेश कुँवर

             कोरोना भन्दा धेरै गुणा खतरनाक रोगहरु हामी समक्ष छन । कोरोनाको नाममा नजरान्दाज नगरौं । उदाहरणको लागी भर्खरै "दक्षिणकाली नगरपालिकाको चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र"मा आइसोलेशन सेन्टर स्थापना गर्ने र सोका लागी त्याह कार्यरत चिकित्सक बाहेकका स्वास्थ्यकर्मीलाई कोठा छोड्न निर्णय गरियो । गज्जब छ । यो निर्णय देखेपश्चात मेरो मष्तिस्क उब्जेका केहि प्रश्नहरु जसको जवाफ सबै जनप्रतिनिधि र निर्णायक तहका कर्मचारीहरुले सोच्नु/दिनुपर्छ ।

प्रश्नहरु

१) प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन सेन्टर खोल्ने हो भने आधारभूत स्वास्थ्य सेवा कहाँबाट प्रवाह गर्ने ? गर्भवती जाँच, खोप सेवा, प्रसुती सेवा, क्षयरोग उपचार सेवा, पोषण सम्बन्धिका सेवा, सामान्य बिरामी चेकजाँचका सेवाहरु चाहिदैन हो ?

२) स्वास्थ्यकर्मीलाई कोठा छोड्न भनियो । अनि त्यहि आइसोलेशन सेन्टरमा तिनै स्वास्थ्यकर्मीलाई खटाउने होला हैन ? यस्तो बेला ति स्वास्थ्यकर्मी कँहा गएर कोठा खोज्छन ? कसले दिन्छ कोरोना अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मीलाई कोठा ? ल मानौ कसैको घर नजिकै होला । ति स्वास्थ्यकर्मी के अब घरबाट अपडाउन गरेछी परिवारलाई संक्रमणको जोखिम बढ्दैन ? मानवीयता र स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण खोई ?

३) अर्को महत्वपूर्ण पाटो यसमा मैले देखेको । गलत निर्णयमा ठुलो हात कर्मचारीकै नै हुँदो रहेछ । नगरपालिकामा रहेका स्वास्थ्य संयोजक र प्रमुख प्रशासकीय अधिकृत ज्यूले बोल्न पर्दैन ? यी सब कुरा सोच्न पर्दैन ? गलत कुराको बिरोध गर्न सकिदैन ? व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न पर्दैन ? कोरोना व्यवस्थापनको लागि स्वास्थ्यकर्मीको दिमागबाट सोच्न पर्दैन ? (गलत नियतवाला आदरणीय कर्मचारी ज्यूहरुलाई मात्रै केन्द्रित)

४) अग्रपंतिमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुलाई हेर्ने नजरमा विरोधाभास त झनै गज्जबको छ । कोभिड-१९ को लडाईमा चिकित्सक भन्दा पनि अन्य स्वास्थ्यकर्मीको ठुलो भूमिका छ । स्वास्थ्यकर्मीको भूमिकालाई अदृश्य राख्न खोजेको देख्दा उदेक लाग्छ ।

विशेष अनुरोध : सेयर गरेर सम्बन्धित स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत/स्वास्थ्य संयोजक/वडा अध्यक्ष र अन्य सरोकारवालाहरु ज्यू कँहा पुर्याईदिनुहुन विशेष अनुरोध । कोरोना भन्दा खतरनाक महामारी घरमै वा घर नजिकै छन । कोरोना मात्रै भनेर नजर अन्दाज नगरौं । कोरोनालाई अल्लि बढी ध्यान दिउँ र साथसाथै अन्य जनस्वास्थ्यका समस्या विरुद्दका हाम्रा विगत/हालका प्रयासलाई अझै शसक्त अगाडी बढाउँ । हार्दिक नमन सम्पूर्णमा ।

श्रोत : रमेश कुँवर,जनस्वास्थ्य अधिकृत को फेसबुक वाल

 

कोरोनामय मष्तिस्क झनै हानिकारक छ निर्णयकर्ता ज्यू (जनप्रतिनिधि/कर्मचारी) क्वार्टरबाट स्वास्थ्यकर्मीलाई हटाउने निर्णय र...

Posted by Ramesh Kunwar on Wednesday, August 19, 2020

प्रतिक्रिया