Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कहाँ लुकेको छ अछामको समृद्धि?

कहाँ लुकेको छ अछामको समृद्धि?

युवराज विष्ट ,कमलबजार ८ ढाँकु​,अछाम 
रामारोशन ताल, कमलबजार, पाँचुली ,तितौडा ,शिव गुफा, बैद्दनाथ धाम, पन्चदेवल, बाँझकोट, लवामाली, मंलसैन, मालिका, बूढीगंगा , कैलाश खोला, नौघाटे, लोडेघाट कर्णाली, साँफेबगर विमानस्थल, कमलबजार विमानस्थल, अछाम दरवार, अछामका बहुमुखी क्याम्पस, जिल्ला अस्पताललाई केलाएर हेर्नुस् ,अछामको समृद्धि भेटाउनु हुने छ ।बाइसे चौबीसे राज्यका राजा र गणतन्त्रका मन्त्री, माननीय, गवर्नरज्यूहरु सबैभन्दा पहिले त हामीले सामाजिक,शैक्षिक,आर्थिक, स्वास्थ्य ,व्यवसायीक र राजनैतिक परिवर्तनसँगै कृषिमा आधुनिकीकरण ल्याउन अति आवश्यक छ। 

सदरमुकाममा आधुनिक भौतिक संरचना सहितको बजार विस्तार र आकर्षण नबढ्नु,अछामका धार्मिक र पर्यटकीय स्थलहरुको विकास हुन नसक्नु , सडक यातायात पर्याप्त मात्रामा विस्तार हुन नसक्नुले अछामलाई पछी धकेलिरहेको छ । 
जिल्ला अस्पतालले भर पर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्नुको कारण विश्वबजारलाई झिलिमिली बनाउने क्षमता बोकेका कयौं नदिनालाहरु छन ति नै नदिनाला हरुको सहि सदुपयोग नहुनु र अछाम ले बिजुली नपाउनु को कारण के रहेछ ? अछामका विमानस्थलहरु संचालनमा किन आउन सकेन? कमलबजार विमानस्थलका लागि स्थानीय तहबाट कयौं कदम चालिदा पनि माननीयज्यूले गम्भीर रुपमा यस विमानस्थललाई नलिनुको कारण के रहेछ?
अछामका बहुमुखी क्याम्पसहरु कोरोना लागेर थला परेको बिरामी जस्तै बनेका छन। बहुमुखी क्याम्पसमा गुणस्तरीय शिक्षा ,स्वच्छ खानेपानीको व्यावस्था हुन नस्क्नु अछामलाई शैक्षिकस्तर कम्जोर बनाउनु हो। 
राष्ट्रिय राजनीतिमा दखल राखेर राजनीति गर्छु भन्नेहरुको जिल्लाले एउटा राम्रो कलेज पाउन नसक्नु विडम्बना हो। 
हामी प्राकृति र संस्कृतिक रुपमा निकै समृद्ध छौं। मौलिक धर्म संस्कृती, कृषि, वन, खनिज र जलस्रोतहरु अछामको समृद्धि को मुख्य आधार हुन । यिनै प्राकृतिक सम्पदाको सहि सदुपयोग गरि विकास निर्माणका कार्यहरुलाई अगाडि बढाउन नसक्नु अछामलाई विकासका हिसाबले एक खुड्किला पछाडि धकेल्नु हो।

बेरोजगारलाई पुर्ण रुपमा समाप्त पार्न प्राविधिक शिक्षालयको विकास र कृषि क्षेत्रमा आधुनिकीकरण ल्याउन आजको अपरिहार्य हो ।अछाममा थुप्रै खेतीयोग्य जमिन छ । यहि भुमिलाई आधुनिक कृषि प्रणाली लागु गरि अछामको माटोमा फलेको तरकारीलाई राष्ट्रिय बजारले स्वाद लिन पाउने व्यवस्था मिलाउन आजको आवश्यकता हो। यसका लागि सडक सञ्जालको विकास हुन जरुरी छ। सबैभन्दा पहिले त कर्णालीको बन्द कोठामा थुनिएर रहेका थुप्रै स्रोत साधनलाई कर्णालीको बन्द ढोका खुलाइ राष्ट्रिय बाजारमा सिधै सम्पर्कमा ल्याउन आवश्यक छ। 

कर्णालीको बन्द कोठामा थुनिएर रहेका पर्यटकहरु अछाम भित्र्याइ अछामको माटोमा फलेको अर्गानिक पौष्टिकतत्वको मिश्रणबाट बनाएको ताजा कक्टेलले स्वागत गर्न आवश्यक छ। त्यसो हुँदा अछामको पर्यटकीय स्थलको विकास र आर्थिक समृद्धिको ढोका खुल्ने निश्चित छ। १० बर्ष जनयुद्ध (भत्काएर गएको) ले छोडेर गएको चिनो अछाम दरबारको पुर्ण निर्माण हुन आवश्यक छ। किनकि अछाम दरबार पुनः निर्माणले सदरमुकामलाई निकै आकर्षण देखाउने कुरामा दुई मत छैन। हामीले अछामलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि अछामका चारै दिशातिरका ढोकाहरु खुलाउन आवश्यक छ। 
चिसापानी जंगल घाट दुर्त मार्ग , जंगल घाटमा पक्की पुल, मदन भण्डारीराजमार्गसँग जोड्ने वेनिमा पक्की पुल र कर्णाली करिडोरसँग जोड्ने सडक निर्माणलाई राष्ट्रिय योजनाको रुप मा अघि सारेर राष्ट्रियस्तर बाटै योजानाको मर्मत गर्नुपर्छ। 

यसका लागि माननीयज्यूहरुबाट उपयुक्त कदम चालियोस्। साहीखोलाबाट धमाली हुँदै पुनेपाटा हुँदै पर्यटकीय स्थल तितौडा शिवगुफालाई जोड्ने ,पुनेपाटा हुँदै पर्यटकीय स्थल कमलबजारको पाँचुली जोड्ने र कमलबजारबाट गैरीटाँड हुँदै सदरमुकाम जोड्न सकिन्छ । सदरमुकामबाट ओलिगाउँ हुँदै पर्यटकीय स्थल रामारोशन जोड्ने कालोपत्रे सहितको सडक निर्माणका लागि प्रदेशबाट उपयुक्त बजेट छुट्याइ निर्माण कार्यमा अगाडि बढाउन अति आवश्यक छ। यसरी चारैतिरका ढोका खुल्ला हुँदा अछामको माटोमा उत्पादित वस्तुहरुलाई राष्ट्रिय बजारमा निर्यात गरि आर्थिक रुपमा बलियो हुने सुवर्ण अवसर छ । यति गर्‍यौं भने आर्थिक समृद्धि र जनतामा अमनचयन पक्कै पनि आउँछ भन्ने कुराले जनताको मन जित्न सकिन्छ ।

(कमलबजार ८ ढाँकु घर भएका लेखक बिष्ट नेविसंघका नेता हुन्)

प्रतिक्रिया