Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

छाउगोठ भत्काइयो , अनुगमन भएन

छाउगोठ भत्काइयो , अनुगमन भएन

मेनुका ढुंगाना (अछाम)
गत मंसिर १५ गते राती साँफेबगर नगरपालिका ३ सिद्येश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो । त्यसपछि अछाममा छाउगोठ भत्काउने अभियानले तिव्रता पायो । दश स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढ्यो । पार्वतीकोे छाउ बार्न गोठमा बसेका बेला मृत्यु भएपछि गृह मन्त्रालयको निर्देशन , प्रहरीको नेतृत्वमा गोठ भत्काउन थालिएकोे हो । तर कोरोना भाइरसको त्रास फैलिएपछि भने उक्त अभियान ओझेलमा परेको छ ।

‘कानुनको डरले धेरै महिलाहरु घरमा बस्न थालेका थिए । धेरैले अझै त्यसलाई निरन्तरता दिएका छन्’ मंगलसैन नगरपालिका –५ की कल्पना ढुंगानाले भनिन् ,‘जनप्रतिनिधि , प्रहरी ,प्रशासनको सक्रियता कम भएपछि केहि महिलाहरु गोठमा जान सक्ने अवस्था पनि छ । यसलाई केहि समय अनुगमन गरिराख्न जरुरी छ ।’ उनले भनिन् । कोरोना भाइरसको त्रास समुदायसम्म फैलिएपछि गोठ भत्काउने , जनचेतना जगाउनेजस्ता थुप्रै कार्य ओझेलमा परेको उनले बताइन् । ‘पहिले पनि छाउगोठमा कसैको मृत्यु हुनेबेला मात्रै  अभियान चल्थ्यो । फेरी रोकिन्थ्यो । यसपटक भने अभियानमा धेरै स्थानीयले साथ दिएका थिए ।

कोरोनाको सन्त्रासले यो विषयमा बहस हुनै छोड्यो । अनुगमन पनि भएन ।’ पढेलेखेका महिलाहरु नै महिनावारी भएको बेला घर नजिक जान नसकेकोे अवस्थामा प्रहरी र जनप्रतिनिधिले जनचेतनासहित छाउगोठ भत्काउने अभियानले राम्रो सन्देश दिएको पंचदेवल बिनायक नगरपालिका ८ की सामाजिक अभियान्ता राधिका शाही बताउछिन् । ‘एक जना महिलाले मात्रै छाउगोठमा नजानुहोस् भन्दा समाजले एक्लो बनाउँदै आएको थियो । पढेलेखेका महिलाहरु नै नबुझे जस्तो गर्थे’ अनुभव सुनाउँदै भन्छिन् ,‘छाउका कुरा गरे अनिष्ट हुन्छ भन्ने समाज प्रहरी गाउ“मा चेतना सहति छाउगोठ भत्काउन आएपछि बदलिएको छ । यो बेला रोगबाट बच्न अभियान ओझेलमा पर्यो । तर निगरानि कसै न कसैले गर्नै पर्छ ।’ प्रहरी प्रशासनबाट  प्रतिनिधिहरु गाउँमा गएर मात्रै परिवर्तन सम्भव भएको उनको बुझाइ छ ।‘ बाहिरबाट प्रहरी र प्रशानका प्रतिनिधि गाउँमा गएर अभियान चलाउन सक्ने अवस्था छैन । तर प्रत्येक समुदायमा जनप्रतिनिधि छन् । उनीहरुलाई पनि यती ठूलो अभियान ओझेलमा परेकोमा चिन्ता हुनुपथ्र्यो’ उनले भनिन् ‘तर जनप्रतिनिधिले चासो दिएका छैनन् । गाउँमा उनीहरुको सक्रियता बढ्नुपर्छ ।’ सिंगो गाउँका महिला गोठ भत्काउन तयार भएको बेला २÷४ जना महिला त्रिपाल टा“गेर बस्न सक्ने अवस्था आउन सक्ने उनी बताउछिन् । ‘सतप्रतिशतले भनेको मान्छन् भन्ने छैन । केहि महिला त्रिपालमुनि बस्न सक्छन् । उनीहरुलाई सम्झाउन सबैले लाग्नुपर्छ । यसरी अभियान ओझेलमा पर्दै जाने हो भने फेरी गोठ बन्न सक्ने अवस्था आउनसक्छ ।’ अभियान पहिले गाउँको ७० प्रतिशत भुभाग देवीदेउताको नाममा भएकाले बारलामा महिनावारी भएको बेला गोठ र ओडारमा महिलाहरु बस्ने गरेको उनले बताइन् ।

‘छाउपडी कुप्रथा हो भन्ने सबैलाई थाहा छ । असुरक्षित रुपमा बस्दा ज्यान जान्छ भन्ने पनि थाहा छ । तर , देउताकै कारणले गोठ र ओडारमा महिनावारी हँुँदा बस्थे । उनीहरुलाई गोठ भत्काउने अभियानले नै घरमा बसाएको हो ’ बारलाकी अर्कि स्थानीइ रुपमती शाहीले भनिन् ,‘छाउ बार्नेलाई कारबाही गर्ने थाहा पाएपछि सबै डराएका छन् । सबैका गोठ भत्किए । धेरैले घरमा बस्न सुरु गरेका छन् ।’ उनका अनुसार जनचेतना मात्रैले छाउगोठमा बस्न रोकिने छैन । कानुन अनुसार कारबाहि अघि बढाए सबै घरमा बस्न र बसाउन बाध्य हुने छन् ।‘विभिन्न खालका जनचेतनामुलक कार्यक्रम त पहिले पनि भएका हुन् । घरमा बस्छु भनेकै भरमा धेरी गाविस छाउपडी गोठमुक्त घोषणा समेत भए’ उनले भनिन् ,‘कार्यक्रममा बस्दा सम्म छाउ नबार्ने भन्दै घोषणा गर्नेहरु घरमा गएर गोठमा बसाउछन् । बसाउन बाध्य पार्छन् ।’ उनका अनुसार जनचेतनासँगसँगै कानुन कार्यान्वयन समेत गरे छाउपडी कुप्रथा न्युनिकरण हुनेछ ।

प्रतिक्रिया