Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’

‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’

खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् । बेलायतको कार्डिफ युनर्भिसिटीका वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवन हुन सक्ने बताएका हुन् । उनीहरुले शुक्र ग्रहको वायुमण्डलमा फास्फिन ग्यास फेला परेको भन्दै सूक्ष्म जीवहरु शुक्र ग्रह माथिको बादलमा तैरिएर रहेको हुन सक्ने सम्भावना औंल्याएका छन् ।

वैज्ञानिकहरुका अनुसार फास्फिन एक फास्फोरसको र तीन हाइड्रोजको कण मिलेर बन्दछ । पृथ्वीमा पनि फास्फिनको सम्बन्ध जीवनसँग छ । यो ग्यास पेन्गुइन जस्ता जीवको पेटमा पाइने सूक्ष्म जीवसँग सम्बन्धित छ या दलदल जस्तै कम अक्सिजन भएको स्थानमा पाइन्छ । यस ग्यासलाई माइक्रो ब्याक्टेरियाहरुले अक्सिजनको अनुपस्थितिमा उत्सर्जन गर्दछन् । फस्फिन कारखानाबाट पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा कारखाना छैन, पेन्गुइन पनि पक्कै छैन ।

त्यसो हो भने शुक्र ग्रहमा यो ग्यास किन छ ? त्यो पनि ग्रहको सतहबाट ५० किलोमिटर माथि ? बेलायतको कार्डिफ युनिभर्सिटीका प्रोफेसर जेन ग्रिब्स र उनका सहकर्मीहरुको प्रश्न यही हो । उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक रिपोर्ट प्रकाशित गरेका छन्, जसमा शुक्र ग्रहमा फस्फिन ग्यास भएको उल्लेख छ । यद्यपि उनीहरुले शुक्र ग्रहमा जीवन मिलेको दाबी गरेका छैनन् । बरु त्यहाँ जीवन हुन सक्ने सम्भावनाबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

शुक्र ग्रहमा जीवनको सम्भावना सूर्यमण्डलको कुनै दोस्रो ग्रहभन्दा कम मानिन्छ । किनभने शुक्र ग्रहमा वायुमण्डलको बाक्लो तह छ, जसमा कार्बनडाइअक्साइड ९६ प्रतिशत छ । यस ग्रहमा वायुमण्डलको दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी छ । त्यसैले होला शुक्र ग्रहलाई बाइबलमा नरक भनिएको छ । शुक्र ग्रहको सतहको तापक्रम ४०० डिग्री सेल्सियसभन्दा बढी छ । त्यसैले शुक्र ग्रहको सतहमा कुनै जीव भएको सम्भावना अन्य वैज्ञानिकहरुले देख्दैनन् तर ग्रहको सतहभन्दा ५० किलोमिटर हुन पनि सक्ने उनीहरु बताउँछन् । स्रोत : बीबीसी

 

प्रतिक्रिया