Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘चिसापानी-मंगलसैन सडक’ जसले बर्षौ देखी गिज्याईरहेको छ

‘चिसापानी-मंगलसैन सडक’ जसले बर्षौ देखी गिज्याईरहेको छ

अछाम देखि कैलाली चिसापानी सम्मको पैदल मार्गको सम्झना मनैमा छ । बाल्यकाल देखिका सम्झनाको याद ताजा हुन्छ । अनि त्यो पैदल मार्गको खुब याद आउछ । त्यसैले तुर्माखाँद बजार पुगेपछि जङ्गला छाल अर्थात जङ्गलघाट पुगिदिन्छु । सानो छदा म पिठ्युँ लागेर मलबार गएको मलवार बाट अछाम आएको भुलेको छैन ।

कापि कितावको गह्रौ भारी सहित रुदै साल्मको उकालो अनि बास्पानीको ओरालो झरेको कसरी बिर्सनु । मैले २०६३ / ०६४ सम्म पनि पैदलमार्गकै प्रयोग गरे । साफे र टुनिबगर पुगेर गाडी चड्ने जमानामा मैले आनन्द पुर्वक एघार नम्बर को यात्रा गरे । अछाम देखि तराई आउँदा जादा मैले पहिले धेरै पटक खुट्टाले नै बाटो नापेको आजभोलि झलझली याद आउँछ । पैदलमार्गमा पर्ने असारा , चिउराखान , जङ्गलघाट , बासपानी , साल्म मेरो मनमा बसेका छन ।

भित्र बनको बाटो , गुटु , बसुन्ती कुन्टा हुँदै भेरी को छालछालै हिडेर भेरीमा नाउ तरेको सम्झना स्मृतिमा ताजै छ । जामु , कुइने , कैलाली कुइने हुँदै चिसापानी पुगेको याद फेरि पनि स्मृतिमा ताजा भैजान्छ्न । बाटोमा भेटिने टेपमा गित घन्काएर हिड्ने हटेरुका समुह बिर्सेको छैन । खासगरी साविकको कर्णाली अञ्चलका हटेरुहरुले टेपमा बजाएका ति गित अझै पनि कानमै गुन्जिरहन्छन् । तीन दशक अघि बजै संग मलवार आउने जाने बेलाको सम्झना पनि अझै पुरानो भएको छैन । राहबल्ने , असुणेनी , रातिमाटे , केलाडीको पघार अनि पितमारिको सम्झनामा पनि साथै मा छ ।

साल्म नजिकै बाट देखिने बिद्यापुरका ती सुकिला घर आजभोलि पनि आँखा अगाडि घुम्छन । साच्चै ! बिद्यापुर आजभोलि कस्तो होला ? मनमा कौतुहकता लाग्छ । बासपानी , रातिमाटे तिर दहि किनेर खाएको हिजै जस्तो लाग्छ। पैदल यात्रीका लागि काक्रा बेच्ने गुटु घट्टेसराका आमा दिदी बहिनीहरु र गणि खोलामा खाना खुवाउने मगर होटल दिमागमा अहिले पनि घुमिरहन्छन्। यात्राका क्रममा बाटोमा पर्ने गुटुको पुरानो बजार अनि नौलो बिशाल बजार अनि गुटुका फाटका असोजका महिनामा झुलेका धानका बालाको सम्झना साँच्चै साह्रै अविस्मरणिय छ ।

चलनचल्तीको भाषामा भन्दा मैले अछाम देखि चिसापानी सम्मको पैदलमार्ग लाई खुब मिस गरेको छु । बाटोका थुप्रै यादहरुका तस्विर मेरो मन मुटुमा सुरक्षित छ । गुटु देखि केही पर जङ्गल क्षेत्रमो बाटोमा चाउमनि र खिर बेच्नेहरु पनि मनको क्यामेराले खिचेको तस्विरमा सुरक्षित छन । भेडा लिएर चिसापानी देखि अछाम सम्म ओहोरदोहोर गर्ने हुम्लाको ठेहेका चेली हरु लाई पनि प्राय सम्झीरहेको हुन्छु ।

पैदलमार्गको यात्राका क्रममा मलाई साथ दिएका रघुनाथ ढकाल मामा संगका सम्झना ताजा हुँदा अझै पनि सम्झेर मुस्कुराउँछु । अछाम देखि सुर्खेत हुँदै चिसापानीको बाटो हाम्रो पुरानो चल्तीको मार्ग । राजापुर ,कट्टासे र चिसापानी हाट हुँदाको हाम्रो चल्तिको बाणिज्य मार्ग । अनि बसाई सरेर पहाडबाट मलाबार आउँदाको बाटो पानी त्यही । अछामका पुर्वी भेगका माथिल्लो क्षेत्रका र छ बीस क्षेत्रका हामीहरु , दैलेख र सावीकको कर्णाली अञ्चलको डोल्पा बाहेकका जिल्लाको हाट जाने बाटो । कैलालीको पारी कुइने पुगे पछि पुर्वी अछामका तल्लो क्षेत्रका दाजु भाई पनि भेटिने त्यो हाट आउने जाने बाटो त्यसबेलाको हाम्रो मुल मार्ग ।

घिउ बेचेर नुन, मट्टीतेल, परिवारका लागि लत्ता कपडा, कापिकिताव, कलम, चिनी, गुड र भाडाकुडा लगायत अन्य आवश्यक सामग्री ल्याउने बाणिज्य मार्ग पनि । अहिले पनि त्यो बाटोको सम्झनामा आइरहन्छ । चौतर्फी सडक संजालको विस्तार भएपछि त्यो बाणिज्य मार्ग अब सम्झनामा सिमित भएको छ । पैदलमार्ग सम्झाना सिमित भए पनि अछाम देखि चिसापानी सम्मका गाउँ , बजार , बस्ती अनि रनबन सम्झनामा सिमित हुनु नपर्ने हो ।

आधा शताब्दी अघि आजभन्दा ५३ बर्ष अघि चर्चामा आएको सडक मार्ग लाई चर्चामा मात्रै सिमित पारिनु नै अछामको लागि दुखको कुरा हो । सडक संजाल संग जोडिने हैसियत चिसापानी देखि अछाम सम्मको बाणिज्य मार्गको नभएको होइन । तर जनताको पक्षमा सोच्ने फेरि अर्को हरिप्रसाद भण्डारी को उदय नहुनु दु:खद मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।

तत्कालीन अछाम जिल्ला पन्चायतका सभापति स्वर्गवासि हरिप्रसाद भण्डारी ले वि. संं. २०२४ सालमा अछाममा गाडी पुर्याउनुभयो तर अरुले बेवास्ता गर्दा मंगलसैन – जङ्गलघाट – चिसापानी मार्गका दिन फिरेनन । यता कर्णालीमा धेरै पानी बगिसकेको भन्नै पर्दैन । वि. संं. २०२४ साल देखि २०७७ साल सम्म अछाम जिल्लाले धेरै नेता देख्यो ।

अछामको धर्ती ले धेरै नेता लाई सुन्यो । तर चिसापानी – जङ्गलघाट – अछाम सम्मको सडक मार्ग निर्माणको अग्रसरता लिने वीर कोहि भएन । अछामको सदरमुकाम क्षेत्र सहित पुर्वी भेगका लागि विकासको कोशे ढुंगा मानीएको त्यो सडक प्रती कसैको पनि ध्यानाकर्षण नहुनु लाई आजभोलि अनौठो मानिदैन । किनकि आफ्नो नेताको हैसियत अनि ल्याकत बारे सदरमुकाम सहित पुर्वी भेगका बासिन्दा पूर्ण जानकार छ्न ।

साथै अरब बजेट खर्च हुने सडकमा केहि लाख बजेट कनिका छरे जस्तो हो भन्नेमा सबै प्रष्ट छ्न । माननीय , सांसद को परिचय भएका हरुले केही लाख बजेट आएकोमा नयाँ जोगीले धेरै खरानी घसेझैं खुसियालीमा हुन्छन । निती निर्माण तहमा प्रतिनिधित्व गर्ने अछामीलाई सिचासापानी मंगलसैन सडकले पहिले देखि नै गिज्याइरहेको छ । त्यसैमा माननीयहरुको हैसियत लाई पुर्वबाट सुर्खेतको भित्री बण्डाल हुँदै डोटि भएर डडेल्धुराको भित्री मधेस जोड्ने मदन भण्डारी राजमार्गले अझ बढी गिजाउने पक्का छ ।

हाल नेपाली कांग्रेस अछामका सहसचिव तथा प्रवक्ता रहेका तिमिल्सैना नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष  हुन् । 

प्रतिक्रिया

ट्रेन्डिङ