Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

अछाममा सुन्तला उत्पादनमा गिरावट

अछाममा सुन्तला उत्पादनमा गिरावट

अछाम –

जिल्लामा सुन्तलाको उत्पादनमा कमि आएपछि दैनिक खरिद बिक्री समेत घटेको छ । जिल्लाको मुख्य ब्यापारीक केन्द्र साँफेबगर, सदरमुकाम मंगलसेन लगायत दिपायल, धनगढी, टिकापुर, महेन्द्रनगर र नेपालगञ्जसम्म पुग्ने अछाम जिल्लाका सुन्तला यस बर्ष भने जिल्लाकै लागि अपूग भएको कृषकहरुको भनाई छ । 

२०५८ सालअघि अछामका सुन्तला हवाईजहाज मार्फत नेपालगञ्ज देखि काठमाण्डौं सम्म पुग्थे । तर अहिले समय ठिक उल्टो भएको छ । बाहिरबाट अछाम जिल्लामा आउने प्राय मानिसहरु सुन्तला ल्याएर आउने गरेका छन । जिल्लाका केही लेकाली भागमा केहि मात्रामा फले पनि अन्य ठाउँका सुन्तलाका बोट सुकेका छन । जिल्लाका मंगलसेन नगरपालिको वडा नं ५ कुडबस्ती, भाटवाडा, वडा नं ३ को लाछिमना, बिसाकोट, बिरालतोली, वडा नं २ को मिस्तुर र वडा नं ४ को कुस्नावलगायतका क्षेत्रमा प्रसस्त सुन्तला फल्ने गर्दथे । त्यस्तै जिल्लाको तुर्माखाँद र मार्कुमा पनी राम्रै सुन्तला फल्ने जिल्ला कृषी विज्ञान केन्द्रले जनाएको छ । तर, अहिले तुर्माखाँद र मार्कुमा केही मात्रामा सुन्तला फले पनि अन्य क्षेत्रहरुमा सुन्तलाका बोटहरु सुकिसकेका छन ।

१७-१८ वर्षअघि सुन्तला बेचेर एक सिजनमा ३ लाख रुपैया आम्दानी हुन्थ्यो । अहिले आफुलाई खानपनि सुन्तला उत्पादन हुँदैन  । त्यतीबेला ४५० भन्दा बढि बोटामा सुन्तला फल्थे । तर ५-७ वर्ष अघिदेखि सुन्तलाका बिरुवाको टुप्पोबाट सुक्दै गए र सबै सुकेर सखाप भए ’ मंगलसेन नगरपालिका - ५ का भगवती जैसीले भनिन् ‘अहिले त्यो बारीमा सुन्तलाको बोट त के जरा सम्म छैन । ’ त्यतीबेला बोटमा फागुन सम्म सुन्तला रहने र १ दानाको १ रुपैयाँ, किलोको १२ देखी १५ रुपैयाँमा बेचिने अछामका सुन्तला अहिले दश रुपैयाँ दानामा बिक्री हुने गरेका छन् ।  २०६७ सालमा २÷३ पटक माटो परिक्षणका लागि तत्कालिन जिल्ला कृषी विकास कार्यालयमा लिए पनी अहिले सम्म परिक्षणको रिपोर्ट नआएको र अहिले नयाँ बिरुवा रोपे पनी नहुर्किने, सुकेर जाने गरेको उनले बताइन् । 

पहिले आफुले उत्पादन गरेका सुन्तला सदरमुकाम मंगलसेन, बयालपाटा हँुदै साँफेबगर सम्म भरिया लगाएर विक्रिका लागि लिने गरेको र त्यतीबेलै साँफेबगरबाट हवाईजहाजमा बाहिर जाने यात्रुहरुले कोसेली स्वरुप लैजाने गरेको मंगलसेन नगरपालिका २ का अध्यक्ष मान बहादुर बोगटीले बताए । ‘त्यतीबेला मस्तुररुमा फलेका सुन्तलाको ठाउँठाउँमा चर्चा हुने गर्दथ्यो । तर अहिले वडा भरी नै सुन्तलाको बोट छैन ’ उनले भने , ‘पहिलेका सुन्तला सुकेपछी सुन्तलाका सय बिरुपा रोपे पनी २÷४ बिरुवा बचे । बाँकी सबै सुकेर गए । अहिले आफूलाई खान पनि सुन्तला किन्नु पर्छ ।’

जलवायु परिवर्तन, माटोको चिस्यान कम हुनु, वातावरणिय प्रतिकुलता र बर्षा कम भएका कारण सुन्तला सुक्ने नफल्ने, साना दाना फल्ने कृषी ज्ञान केन्द्र अछामले जनाएको छ  । कृषी ज्ञान केन्द्र अछामका अनुसार बिरुवा रोप्दा चिसो हावापानीमा उमारेका बिरुवा रोप्दा, बिरुवाका सुकेका हाँगाहरु काटछाँट गर्दा, बिरुवालाई गोडमेल गरी पानी दिने र मलजल गर्दा यो रोगको संक्रमण हुन्छ । फल्ने समयमा सिट्रस ग्रिनिङ नामक भाइरल रोगकोे संक्रमणका कारण किसानले लगाएको सुन्तला यसवर्ष सोचेअनुरुप उत्पदान हुन सकेन् । फूलपछि दाना लाग्दै कागती र मौसमका दानामा लाग्ने पहिचान विनाको किराको संक्रमण सुन्तलामा सरेपछि सुन्तला बोटमै कुहेर झरे । किसानले पनि रोग लागेपछि नफल्ने भन्दै बोटविरुवामा जति स्यहारसुसार गर्नुपर्ने हो त्यति ध्यान नदिँदा सोचेअनुरुप उत्पादन हुन नसकेको हो ।

ज्ञान केन्द्रका अनुसार सुन्तला खेतीका लागि आव ०७३÷७४ मा जिल्लामा ४३९ हेक्टर क्षेत्रफलमा एक हजार मेट्रिक टन सुन्तला उप्पादन भएकोमा आव ०७४/७५ मा सुन्तला उत्पादनको क्षेत्रफल ४ हेक्टरले बढे पनि उत्पादनमा भने तिन सय मेट्रिक टनले गिरावट आएको हो । गत वर्षभन्दा क्षेत्रफल बढेपनि बढी देखिए पनि लगाइएको वर्षेनि उत्पादन कम हुँदै आएको छ । यो वर्ष पनि सुन्तला उत्पादनमा हुने सम्भावना छ  । खासगरी बोटविरुवा लगाएपछि किसानले पानी, मलजल, औषधिजस्ता कुरामा व्यवस्थापन गर्न नसक्दा नै उत्पादनमा कमि आएको उनको भनाइ छ ।  कतिपय अवस्थामा फूलपछि दाना लाग्न थालेपछि वातावरण प्रदूषणका कारण बढी झर्ने र पछि पाक्ने समयसम्म पनि झर्ने समस्याले सोचेअनुरुप उत्पादन गर्न नसकेको किसानको भनाइ छ । यता किसानले भने उत्पादनमा वृद्धिका लागि प्रयत्न गरिएको भए पनि रोगकीरा नियन्त्रण गर्न नसक्दा समस्या भएको गुनासो गरेका छन । 

 

प्रतिक्रिया