प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।
नेकपा माधव प्रचण्ड समुहका प्रभावशाली नेता भिम रावल लाई छाडेर उनका नजिक रहेका चर्चित नेता एकेन्द्र कुँवर केपी वली समुहमा लागेका छन । रावलको किचन क्याबिनेट भित्रका मानिने उनकै नगरक्षेत्रका नेता कुवर ओली समुहमा खुल्नु लाई अर्थपुर्ण रुपमा हेरिएको छ । अछाममा तत्कालीन नेकपा एमालेमा लामो समयदेखि काम गरेका अधिकांश नेता कार्यक्रता हरुले पुर्व उपप्रधानमन्त्री रहिसकेका रावलको सट्टा ओली लाई रोजेका छन । यहि सिलसिलामा काठमाडौमा परिचीत नेता कुँवरले पनि अछाम देखि झापाको यात्रा तय गरेका हुन ।
अनलाइन शब्दकाेषका रूपमा परिचित विकिपीडियाले दुर्व्यवहार र उत्पीडन विरुद्ध लड्न नयाँ आचार संहिता जारी गरेको छ । कम्पनीले आफ्ना भाेल्युन्टर (स्वयमसेवी) का लागि विविधता, समावेशी र पहुँचलाई कायम राख्दै दुर्व्यवहार विरुद्ध लड्न आचार संहिता जारी गरेको हो ।
विपी कोइरालाको लोकप्रिय कृति ‘आत्मवृतान्त’ जापानीज भाषामा प्रकाशित हुने भएको छ । विपी विचार राष्ट्रिय समाज, जापानले कोइरालाको कृति आत्मवृतान्तलाई जापानीज भाषामा अनुवाद गरी जापानमा प्रकाशित गर्ने भएको हो ।
नेकपाको दाहाल-नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रीय युवा संघले बुधबार साँझ धनगढिमा राँके जुलुस निकालेकाे छ ।
केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गरेर माधवकुमार नेपाललाई चयन गरिएको भन्दै बहुमत सदस्यले गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेपछि नेकपाको दाहाल–नेपाल समूह औपचारिक रूपमै पार्टी विभाजनको प्रक्रियामा प्रवेश गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिएका छन् ।
मुम्बई । अभिनेता सञ्जय दत्त र साउथ सुपरस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर २’ चर्चामा छ । यशको फ्यान फ्लोइङ समेत धेरै रहेको छ । उनका एक फ्यानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक चिट्टी लेखेर फिल्म रिलिजको दिन सार्वजनिक विदा दिन समेत अपिल गरेका छन् । फ्यानले प्रधानमन्त्री मोदीलाई लेखेको चिट्टी सोशल मिडियामा भाइरल भइरहेको छ ।
धनगढी । चौलानी ग्रुप अफ कम्पनिजले सञ्चालनमा ल्याएको चौलानी डिपार्टमेन्टल स्टोरले मंगलबजार सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुको सहजताका लागी सबैभन्दा सस्तो मुल्यमा दैनिक उपभोग्य बस्तु तथा सेवा दिने उदेश्यले उक्त योजना ल्याइएको जनाएएको छ ।
साताको मंगलबारका दिन सबैभन्दा सस्तो सेवा उपलब्ध गराउने हुदाँ उक्त्त योजनाको नाम "मंगलबजार" राखिएको स्टोरले जनाएको छ ।
आजदेखी प्रत्येक मंगलबार चौलानी डिपार्टमेन्टल स्टोरले होलसेल भन्दापनि सस्तो दरमा सामाग्री उपलब्ध गराउने छ । स्टोरमा उपलब्ध सबै सामाग्री सबैभन्दा सस्तोमा उपलब्ध गराइने स्टोरमा संचालक तिलक साउँदले बताउनुभयो । उहाले भन्नुभयो, "हामी मंगलबारको दिन कमाउने भन्दा पनि उपभोक्ताले सरल र सस्तोमा गुणस्तरिय सेवा पाउन भन्ने उदेश्यले काम गरिरहेका छौ त्यसकारण यो योजनाले निम्न वर्गका परिवार तथा सेवाग्राहीले पनि हाम्रो सेवा लिन सक्नेछन् भन्ने विश्वास लिएका छौ ।"
यो योजना चौलानी डिपार्टमेन्टलको चौराहा शाखामा समेत रहेको उनले बताए ।
चौलानी ग्रुप अफ कम्पनिजले डिपार्टमेन्टल स्टोरसँगै, निको रेस्टुरेन्ट , चौलानी पुस्तक भण्डार, स्विमिङ पुल र रेडमड कफी सप सञ्चालन गरिरहेको छ।
साथै चौलानी डिपार्टमेन्टल स्टोर परिसरमै साउना स्टिम, जुम्बासहितको फिटनेस सेन्टर पनि सञ्चालनमा रहेको छ।
कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरूले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ ।
सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो। जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसरह सुविधा पाउनेछन्।
नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने भएको छ । नेकपाका दुवै पक्षले यसअघि गरेका निर्णय अमान्य हुने भन्दै आयोगले पार्टीको अभिलेख अद्यावधिक गर्न नमानेपछि दाहाल–नेपाल समूहले औपचारिक रूपमै आधिकारिकता दाबी गर्न लागेको हो ।
सरकारी कामकाजमा निक्लन पर्दा होस् वा बजार जाँदा, पश्चिम–उत्तरी दार्चुलावासीलाई तुइन नचढी धरै छैन । तुइनबाट महाकाली नदी तरेर भारतीय बाटो हुँदै उनीहरू सदरमुकाम पुग्छन् । व्यास गाउँपालिकाको धौलाकोटमाथिको क्षेत्रबाट सदरमुकाम पुग्न महाकाली तर्नैपर्छ ।