Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३० भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

गान्धारीको श्राप

गान्धारीको कुरा सुनेर वासुदेव कृष्ण झस्के । गान्धारीबाट त्यस्तो कुरा सुन्नुपर्ला भन्ने सोचेकै थिएनन् । अवस्था नाजुक पाएपछि बचाउ गर्दै भने– ‘माताजी ! तपाईँलाई भ्रम भए जस्तो छ । युद्ध किन भयो तपाईँलाई थाहै छ । युद्ध रोक्न केकति प्रयास गरेँ त्यो पनि थाहा हुनुपर्छ भन्ने ठान्छु । दैवको ईच्छा नै त्यस्तै थियो भने कसको के लाग्दो रहेछ र । रोक्न खोज्दाखोज्दै पनि युद्ध भएरै छाड्यो । युद्ध मैदानमा उत्रनै परेपछि आफूले सकेको गर्छन्, गरेकै हुन्छन् सबैले । यहाँ भएको पनि त्यस्तै हो । कौरवले सकेका भए पाण्डवहरूलाई सिध्याउँथे । पाण्डवले सके कौरवहरू सिद्धिए । यसमा मेरो कुनै दोष थिएन, छैन । फेरि पनि मलाई नै दोषी देख्नुभएको छ भने त्यो तपाईँको दृष्टि दोष हो । यसबाहेक केही होइन ।’ ‘होइन, होइन वासुदेव ! कुरा त्यसो होइन ।’ कडा प्रतिवाद गर्दै गान्धारीले भनिन्– ‘नानाभाँतीका दाउपेच लगाएर युद्ध गरायौ, लाखौँ मानिसको ज्यान लियौ, लिन लगायौ अहिले आएर उम्कन खोज्दै छौ भने तिमीलाई के भनुँ ? अर्जुनले भनेकै थिए युद्ध गर्दिन, आफन्तलाई मारेर राज गर्नु छैन, योभन्दा त सन्यास लिनु उत्तम हो भन्ने कुरा । तिमी नै होइनौ लम्बेतान गीता प्रवचन सुनाएर युद्ध गर्न लगाउने ? विचरा अर्जुनले पछि छोरा अभिमन्युको मृत्युुका बेलामा पनि युद्ध गर्दिन भनेका थिए । त्यतिबेला पनि तिमीले नै नानाभाँतीका तर्क गरी युद्धमा होमिन बाध्य पारेका थियौ । महारथि कर्णलाई जमिन रथ भासिएर असहाय भएका बेलामा समेत छाडेनौ । अर्जुनले निशस्त्र मानिसमाथि हतियार उठाउनु हुन्न भन्दाभन्दै फलाम तातेको बेला हम्मर न नचलाएर कहाँ हुन्छ भन्यौ, हतियार उठाउन लगायौ । सत्यवादी युधिष्ठिरलाई समेत अर्ध सत्य बोल्न लगाएर गुरु द्रोणाचार्यको हत्या गरायौ । फेरि पनि कुन मुखले मेरो कुनै दोष छैन भन्दै छौ ?’ ‘ओ हो ! माताजी ! तपाईँलाई कसरी सम्झाऊँ ।’ लामो सास फेर्दै वासुदेव कृष्णले भने– ‘हो सत्य त्यही हो तर त्यो मात्र होइन । तपाईँले एउटा पाटो मात्र हेर्नुभयो तर त्यस्तो अवस्था किन आयो भन्नेतर्फ ध्यान दिनुभएन । त्यस्तो अवस्थामा पु¥याउने कौरवहरू नै हुन् । उनीहरूकै कारण ती सब भएका हुन् । पाण्डवहरू निमित्त मात्र हुन्, जे भएका छन् कौरवहरूकै कारण भएका छन् । उनीहरूलाई लाने, उनीहरूलाई खाने उनीहरूकै कर्म हो । जे रोपेका थिए त्यही पाए, त्यही खाए । मेरो कुरा गर्नुहुन्छ भने निमित्तसम्म पनि होइन । मेरा लागि कौरव पाण्डव समान छन्, दुवै आफन्त हुन् । सत्य र धर्मको पुजारी हुँ । जसले सत्य र धर्मको बाटो समाएका हुन्छन् उसैको पक्षमा उभिनु मेरो वाध्यता हो । यहाँ पनि भएको त्यही हो ।’ ‘भो, भो यस्ता आदर्शको कुरा तिमीसितै राख ।’ थप कडा हुँदै गान्धारीले भनिन्– ‘यो पनि तिम्रो बहाना मात्र हो । तिमीले युद्ध रोक्न चाहेकै थिएनौ । तिम्रो चिन्ता युद्ध हुन्छ कि भन्ने भन्दा पनि हुँदैन कि भन्नेमा थियो । के मात्र गरेनौ तिमीले युद्ध गराउका लागि, आफू र आफ्ना पक्षलाई विजय गराउनका निम्ति । साम, दाम, दण्ड, भेद सबै प्रयोग ग¥यौ, गरेका थियौ । दर्जनौँ झुटको सहारा लिएका छौ । कतै छल गरेका छौ, कतै कपट गरेका छौ । अर्जुनलाई उक्साएका छौ । भीमसेनलार्ई मत्याएका छौ । महारथि भीष्मलाई समेत छाडेनौ । असमयमा माता कुन्तीको कुरा उठाएर कर्णलाई कमजोर बनायौ । दुर्योधनलाई कमजोर पार्न मैमाथि चिटिङ ग¥यौ । होला आफ्नो स्थानमा तिमीलाई पनि सही छु भन्ने लागेको होला तर आफू सही छु भन्नेले अरुलाई पनि आफ्नो कुरा सही लागेको हुन सक्छ भन्ने सोच्नुपर्छ, सोच्न सक्नुपर्छ तर तिमीले त्यता ध्यान दिएनौ । एउटा पक्षको कुरा सुन्यौ, उसैको पक्ष लियौ, समग्र शक्ति त्यसैमा खन्यायौ । विमति जनाउने जति सबैलाई शत्रु देख्यौ, शत्रुवत व्यवहार ग¥यौ, गर्न लगायौ, गर्न वाध्य पा¥यौ । तिम्रो उद्देश्य विपक्षमा उभिनेलाई सखाप पर्नु थियो । त्यसैमा खेल्यौ, खेल्न लगायौ, खेल्न बाध्य पा¥यौ । वासुदेव ! तिमी अविभावक थियौ, कौरव र पाण्डव दुवै पक्षको । अविभावकले सबैलाई मिलाएर लानुपर्छ, लान सक्नुपर्छ । जस्तोसुकै अवस्थामा पनि सम्झाइ बुझाइ सबैलाई एउटै ढिक्का बनाउनुपर्छ, एकै ठाउँमा उभ्याउनु सक्नुपर्छ । केही अपमानित नै हुनुपरे पनि त्यसलाई समेत सहुनुपर्छ र सकेसम्म उदार हुनुपर्छ, हुन सक्नुपर्छ, हुन सिक्नुपर्छ तर तिमीले त्यतातिर ध्यानै दिएनौ, मेरो गोरुको बाह्रै टक्का भन्यौ, ‘खाए खा न खाए घिच’ जस्तो ग¥यौ । त्यसैले कुलायनलाई साक्षी राखी श्राप दिँदै छु । जसरी तिमीले मेरो कोख रित्तो बनायौ, आफ्नै अगाडि एकएक गरी छोराहरूको हत्या गरायौ त्यसैगरी तिमीले पनि आफ्नै अगाडि समग्र वंश नाश भएको देख्नुपर्नेछ ।’ यति भनेर उनी अर्कोतर्फ फर्केर रुन थालिन् । वासुदेव कृष्ण ‘जो आज्ञा माताजी ! तपाईँको इच्छा यही हो भने त्यस्तै होला’ भन्दै शिविरतिर लागे । समय बित्दै गयो । सायद वासुदेव कृष्णले गान्धारीको श्रापलाई बिर्सी पनि सकेका थिए होलान् तर भाग्यले भने बिर्सेको थिएन । जतिबेला उनी आफ्नै धाम गोलोक प्रस्थान गर्ने तरखर गर्दै थिए गान्धारीको श्राप लाग्यो । उनकै अगाडि समग्र वंश आपसमा काटाकाट गरी सकिए तर उनले एक शब्दसम्म बोल्न सकेनन् । दाजु बलरामले समेत साथ दिन चाहेनन्, सकेनन्, जो सदा हातमा हात र काँधमा काँध मिलाएर हिँड्थे । उनी पावरमा थिए । चाहेका भए जे पनि गर्न सक्थे, सबैलाई मनाउन सक्थे । नमान्नेलाई सम्झाउन सक्थे तर त्यतातिर ध्यान दिएनन् । उल्टै खेलाइ खेलाइ युद्ध गराए, युद्ध गर्दिन भन्नेलाई पनि बलात् युद्धमा होमिन बाध्य बनाए । अन्ततः त्यसैको फल पाए, फल भोग्न बाध्य भए ।

Read more

४० प्रतिशत काम अझै बाँकी धरहरा उद्घाटनमा हतारो:

बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए। तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ। धरहराको पूरा काम सकिन अझै १ वर्ष पर्खनुपर्छ। कोभिडका कारण काम रोकियो भने अझै बढी समय लाग्नेछ।

Read more

नेपालमा एक दिनमा अहिलेसम्मकै बढी संक्रमित फेला

नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए । १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

Read more

भोकले रुँदैछन् मजदूर, सरकारलाई छैन चासो

आज मे १ अर्थात् १३२ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस। कोरोना महामारीका कारण यो अघिल्लो र यो वर्ष दिवस मनाइँदैछैन। यो भन्दा ठूलो पीडा त श्रमिक/मजदूरहरूले खेपिरहेका छन्‌।

Read more

कार्यालय प्रमुखकी बहिनीको बिहे नापी कार्यालयमा

कोरोनाका कारण जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन नापी कार्यालय कैलालीमा एक जोडीको विवाह गरिएको छ । नापी कार्यालयका एक कार्यालय सहयोगीका अनुसार कार्यालयका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको बहिनीको विवाह आयोजना गरिएको हो । उनले भने, 'कैलाली प्रशासनको अनुमतिबाटै विवाहको आयोजना गरिएको हो ।

Read more

जनता मार्ने माध्यम नबनोस् दोस्रो लकडाउन दिवस !

ए हजुर, सङ्घीय राजधानीमा आजदेखि, खै … निषेधाज्ञा हो कि लकडाउन हो, सुरू भएको छ । कन्टिर–बाबू भन्छन्– एबिसी नाम जे दिए पनि यो मानिसलाई घरमै नजरबन्द गर्ने निन्जा टेक्निक हो ।

Read more

सिगरेट फ्याक्ट्रीको क्वार्टरबाट बजाउन काम लाग्छ बाँसुरी

कसलाई के धन्दा, कसलाई के धन्दा, घरज्वाइँलाई खानेकै धन्दा ! नेपाली समाजमा प्रचलित यो उखान अहिले प्रदेश सरकारहरूको हकमा ठ्याक्कै मिलेजस्तो लाग्छ कन्टिर–बाबूलाई । सम्पूर्ण विश्व अहिले कोरोनाविरुद्धको सङ्घर्षमा व्यस्त छन् । विश्वका सरकारहरू आफ्ना जनताको ज्यान कसरी जोगाउने होला भन्ने चिन्ता र ध्याउन्नमा छन् । तर नेपालका सङ्घदेखि प्रदेशसम्मका सरकारहरू भने आफ्नो सत्ता जोगाउने कुरालाई नै महाभारत बनाइरहेका छन् ।

Read more

अछाम बहुमुखी क्याम्पसद्वारा 'तपाईं मास्क खोइ?' अभियान संचालन

तपाइको मास्क खोइ ? अभियान अन्र्तगत अछाम बहुमुखी क्याम्पसले कोरोना संक्रमण विरुद्ध सदरमुकाम मंगलसेनमा सचेतनामुलक कार्यक्रम सहित मास्क वितरण गरेको छ । देशभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस र यसको प्रभाव अछाममा समेत देखा परेकोले उक्त भाइरासबाट बच्न मंगलसेन बजारमा नागरिकहरुलाई सचेतामुलक जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको हो ।

Read more

कांग्रेसको आजका लागी बोलाईएको बैठक स्थगितः केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना पुष्टि

कांग्रेसको आजका लागी बोलाईएको बैठक स्थगितः केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना पुष्टि

Read more
Page 88 of 153