साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
अछाम, साँफेबगर । साँफेबगर नगरपालिका–१३ बाब्लाको माथिल्लो शिउ, तल्लो शिउ र ओला क्षेत्रमा आजदेखि केन्द्रीय लाइन विद्युत सेवा सुरु भएको छ।
Read moreअछाम, साँफेबगर । साँफेबगर नगरपालिका–१३ बाब्लाको माथिल्लो शिउ, तल्लो शिउ र ओला क्षेत्रमा आजदेखि केन्द्रीय लाइन विद्युत सेवा सुरु भएको छ।
Read moreनेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार विहान १० बजेको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ।
Read moreनेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम
Read moreअछाम जिल्लाको साँफेबगरवासीका लागि लामो समयदेखिको ठूलो सपना अब साकार हुँदैछ। गृह मन्त्रालयले हालै प्रस्तुत गरेको प्रस्ताव अनुसार साँफेबगरमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ। यो निर्णय केवल मन्त्रालयस्तरको पहल मात्र होइन, स्थानीय स्तरमा निरन्तर दबाब र नेतृत्वको परिणाम पनि हो। यस अभियानमा साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवरको सक्रियता र लामो समयदेखिको अथक प्रयास प्रमुख रहेको छ।
Read moreगुल्मपति अनुपम अर्यालको नेतृत्वमा खप्तड राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्र सफा, प्रशासन र स्थानीयको संयुक्त सहभागिता
Read moreप्राकृतिक सम्पदा तथा धार्मिक महत्वले प्रख्यात खप्तड राष्ट्रिय निकुञ्जको कोर इलाकामा अवस्थित खाप्पर दहमा यस वर्षको “खाप्पर दह मेला–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने यो मेलामा बझाङ, बाजुरा तथा आसपासका जिल्लाका स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहने गर्दछ।
Read moreसाँफेबगर, अछाम – अछाम जिल्लास्थित साँफेबगर नगरपालिकाले स्थानीय उत्पादनको बजार पहुँचलाई सुनिश्चित गर्दै उपभोक्तालाई सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग औपचारिक सम्झौता गरेको छ। यो सम्झौता साँफेबगर नगरको खाद्य सुरक्षाको अभिवृद्धि, कृषक उत्पादनको बजारीकरण र स्थानीय आर्थिक सुदृढीकरणतर्फको महत्त्वपूर्ण र ऐतिहासिक कदम मानिएको छ।
Read moreसंयुक्त अरब इमिरेट्स (युएई) मा क्रियाशील अछामी सम्पर्क समितिको प्रथम महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकाल (२०२५–२०२७) का लागि नयाँ केन्द्रिय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अछाम जिल्लाबाट वैदेशिक रोजगार र व्यवसायका लागि युएईमा रहेका नेपालीहरूको साझा एकता र पहिचान मजबुत बनाउने उद्देश्यसहित स्थापना गरिएको यस समितिले अब औपचारिक संरचना तयार गर्दै नयाँ नेतृत्व पाएको हो।
Read moreनयाँ सहर आयोजनाले साँफेबगर नगरपालिकालाई खेलकुद मैदान हस्तान्तरण गरेको छ । नयाँ सहर आयोजनाद्धारा दश करोड लागतमा निमार्ण गरिएको नगर खेलकुद मैदान आज औपचारिक रुपमा साँफेबगर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
Read moreसुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा रहेको साँफेबगर नगरपालिकाले कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। नगरपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा नगरसभा हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनुभएको थियो ।
Read moreअछाम जिल्लामा आफूलाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सुदूरपश्चिम प्रदेश इञ्चार्ज भन्दै स्थानीय युवतीहरूलाई जागिर लगाइदिन्छु भनी भ्रममा पारेर गाउँ-गाउँमा तथ्यांक संकलन गर्दै आएको एक शंकास्पद समूह फेला परेको छ। स्रोतका अनुसार, दुई जना किशोरीलाई कर्मचारीका रूपमा प्रयोग गरेर उनीहरूले स्थानीय तहको अनुमति बिना विभिन्न गाउँहरूमा तथ्य संकलन गर्ने, व्यक्तिगत विवरण लिने, र गाउँपालिका तथा वडास्तरीय कार्यालयहरूमा समेत भ्रमण गर्ने जस्ता गतिविधि गर्दै आएका थिए।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पतालको पूर्ण स्वामित्व ग्रहणको प्रक्रियालाई औपचारिकता दिएको छ। २०८२ साल भदौ १ गतेदेखि अस्पताल पूर्णरूपमा प्रदेश सरकारको मातहतबाट सञ्चालनमा आउनेछ।
Read moreसाँफेबगर नगरपालिकाको न्यायिक समितिको आयोजना र प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहकार्यमा मेलमिलापकर्ताहरूका लागि सञ्चालन गरिएको ८ दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। “दिगो शान्तिका लागि उत्कृष्ट सम्बन्ध” भन्ने नारासहित सञ्चालित तालिम २०८२ असार १२ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको हो।
Read moreसाँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ७१ करोड १२ लाख ६६ हजार २ सय १ को बजेट सर्वसम्मत पारीत गरेको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको नगर सभाको दोस्रो बैठकले साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर (शिलोज)ले प्रस्तुत गर्नु भएको उक्त बजेटमा छलफल गरीएपछि सर्बसम्मत पारीत गरेको हो ।
Read moreअछाम जिल्ला, साँफेबगर नगरपालिका स्थायी घर भई हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आउनु भएका ५५ वर्षीय शिक्षक जगत बहादुर कुँवर आज बिहानदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार कुँवर आज बिहान ५ बजे मर्निङ वाक (बिहानको हिँडडुल) का लागि घरबाट निस्किनु भएको थियो। तर सो समयपछि हालसम्म उहाँ घर फर्किनु भएको छैन र कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेको छैन।
Read moreविगत तीन वर्षदेखि निरन्तर गरिएको छलफल, समन्वय र तयारीपछि साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। संघ गठनको औपचारिक घोषणा यही शुक्रबार हुने बताइएको छ।
Read moreबैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिले बैद्यनाथ धाम–रिडिकोट जोड्ने झुलङ्गे पुललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले सिंगारिएको छ। हालै सम्पन्न साजसज्जा कार्यपछि यहाँ फोटो खिचाउने तथा टिकटक भिडियो बनाउने युवायुवतीहरूको घुइँचो लाग्न थालेको छ।
Read moreसाँफेबगर नगरपालिका वडा नं १२ खप्तडमा गर्भवती आमा सुरक्षा पोषण सामग्री वितरण तथा महिला स्वास्थ्य स्वयंसेविका र आमा समूह प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वडाको आयोजनामा सम्पन्न कार्यक्रमले मातृस्वास्थ्य, पोषण र स्थानीयस्तरमा महिलाको सक्रिय भूमिकालाई सशक्त बनाउने उद्देश्य राखेको थियो।
Read moreसाँफेबगर नगरपालिका–७ रिडिकोटमा बासीरुख बृहत् खानेपानी योजना अन्तर्गत डिप बोरिङ हान्ने कार्य औपचारिक रूपमा सुरू गरिएको छ। संघीय खानेपानी तथा ढल निकास कार्यालय धनगढीबाट ठेक्का प्रक्रिया पूरा गरी करिब ३० लाख रुपैयाँको लागतमा यो योजना अगाडि बढाइएको हो।
Read moreसाँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ७१ करोड १२ लाख ६६ हजार २ सय १ को बजेट सार्वजनिक गरेको छ। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको नगर सभामा निति तथा कार्यक्रम र बार्षिक बजेट साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर (शिलोज)ले प्रस्तुत गर्नु भएको उक्त बजेटमा जनमुखी सेवा, समावेशी विकास र भौतिक पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राखिएको छ।
Read moreसाँफेबगर, अछाम, १० असार २०८२ – सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित साँफेबगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम, र बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा आयोजित १४औं नगरसभामा उपप्रमुख शिव बहादुर कुँवरले प्रस्तुत गरेको बजेटले समृद्ध, आत्मनिर्भर, र समावेशी नगरपालिका निर्माणको दृष्टिकोणलाई जोड दिएको छ । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्मा, १४ वटै वडाका वडा अध्यक्ष, नगर कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु लगाएत स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
Read moreसाँफेबगर नगरपालिकामा विद्यालयस्तरिय पोषण, स्वास्थ्य र किशोरी सशक्तीकरण सम्बन्धी महत्त्वपूर्ण गोष्ठी सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम स्वास्थ्य शाखा र शिक्षा, युवा तथा खेलकुद शाखाको सहजिकरणमा सम्पन्न भएको हो।
Read moreअछाम, साँफेबगर — स्थानीय तहमा स्वास्थ्य सेवा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण, पूर्ण खोप सुनिश्चितता, दिगोपन तथा सूक्ष्म योजना अध्यावधिक र सरसफाई प्रवर्द्धन कार्यक्रम अभिमुखिकरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सो कार्यक्रममा विभिन्न वडाबाट स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगीले गर्नुभएको थियो।
Read moreसुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी विवादमा परेका छन् ।
Read more