Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो जिन्दगी को आकार, गुरुकै ज्ञान को आधार

हाम्रो जिन्दगी को आकार, गुरुकै ज्ञान को आधार

धिरज कुँवर  

"गुरुर व्रम्हा गुरुर बिष्णु गुरुर देवो महेस्वर

गुरुर सक्क्षात परम व्रम्ह तसमै श्री गुरुबे नमह"

अर्थात

गुरुनै सबै हुन्। ब्रम्ह, बिष्णु र महेस्वर । उनलाई म प्रणाम गर्दछु ।

ग्रीष्म संक्रांति पछि आषाढ मा आउने पहिलो पूर्णिमालाई गुरु पूर्णिमा मान्ने प्रचलना छ । यस पवित्र दिनमा, भागवान शिव - जसलाई आदियोगी वा पहिलो योगी भनिन्छ - उनले सर्वप्रथम योगको विद्धा आफ्ना पहिला सातजना चेला सप्तरीशीहरुलाई दिएका थिए। यसप्रकार, महादेव आदियोगी आदिगुरु अर्थात् यो दिनमा पहिलो गुरु बने। सप्तऋषि यस ज्ञानका साथ सारा संसारमा गए, र आज पनि, विश्वको हरेक आध्यात्मिक प्रक्रियाको जरामा आदियोगीले दिएको ज्ञान छ। संस्कृतमा 'गुरु' शब्दको अर्थ 'अन्धकार निर्मूलन' हो। गुरुले साधकको अज्ञानता मेटाउँछ, ताकि उसले आफूभित्र सृष्टिको स्रोत अनुभव गर्न सकोस्। परम्परागत रूपमा, गुरु पूर्णिमाको दिन त्यो समय हो जब साधकहरूले गुरुप्रति कृतज्ञता जाहेर गर्छन् र उनको आशीर्वाद पाउँछन्। गुरु पूर्णिमा योग अभ्यास र ध्यान अभ्यासको लागि विशेष लाभका दिन मानिन्छ। आजको भागदौडले भरिएको भौतिकवादी समाजमा हामीलाई गुरु को आवश्यकता अझ धेरै छ । गुरुको महत्त्व शिक्षाको क्षेत्रमा मात्र होइन अन्य व्यापक अर्थमा पनि देख्न पाईन्छ । अब त धेरै व्यक्ति आध्यात्मिक शान्तिको लागि कोही न कोही गुरुको आश्रयमा जान्छन्।

आज मानिसहरुमा घर, पैसा, सम्पत्ति र भौतिक स्रोतहरू गर्ने दौड चलेको छ। यही कारणले गर्दा हाम्रा वरिपरी हरेक दिन आत्महत्याका घटनाहरू देखिन सकिन्छ। मान्छे को जीवन मा तनाव भएको छ। व्यक्तिहरू साना कुराको लागि एक अर्कालाई मार्न र मर्न तयार हुन्छन्, यहाँ मान्छेको जीवनमा आध्यात्मिक शान्ति छैन। यसको कारण यो हो कि मानिसहरु आफ्नै जीवनबाट कतै भट्किदैछन । कसैलाई पनि मानसिक शान्ति छैन त्यसैले मानिसहरूले आफ्नो दिमाग संतुलन गुमाइरहेका छन्। मान्छेहरु तनाव, डिप्रेसनको अधीनमा जीवन बिताईरहेकै कारण हरेकदिन समाज मा नयाँ नयाँ अपराधहरू हुने गर्छन । त्यसैले, हरेक भट्किरहेको व्यक्तिलाई सहि मार्ग देखाउनु भनेको "गुरु" ले नै हो। त्यसैले गुरुको अर्थ एकदम फराकिलो र ठूलो छ। हामी सबैले आ-आफ्ना गुरुहरुको सम्मान गर्नुपर्छ। हामिले गुरुले हामीलाई दिएका ज्ञानको ऋण कहिल्यै तिर्न सक्दैनौ।

परापूर्ब कालमा गुरुकूलमा बसेर शिक्षा लिने चलन थियो । बर्षौ सम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समयले अब कचुली फेर्यो तर गुरु को महत्व कहिले काम भएन । स्कुल होस्, कलेज वा विश्वबिध्यालय, वा अरु कुनै कला मन्दिर जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन्। ती हाम्रा गुरु हुन जसले अज्ञानताको अध्यारोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवन् लाई सुन्दर बनाउने बाटो देखाउछन आजका सबै आबिश्कार सबै हाम्रा महान गुरुका शिक्षा र ज्ञानका उपक्रमहरु हुन्। जसले गुरुको महत्व बुझेको छ , उसले ज्ञान को महत्व बुझेको छ । गुरु ती हुन जस्ले हाम्रो जीवनमा सत्य र ज्ञानको आमुल्य शिक्षा दिन्छन । गुरु पुर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरुलाई श्रद्धा र भक्ति सहित मिठाइ प्रसाद, लुगा कपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्दछौ । यस्ता उपहारहरु लाई गुरु दक्षिणा पनि भनिन्छ ।

गुरु को सबै भन्दा ठुलो दक्षिणा भनेको उनले देखाएको बाटोको अबलम्बन र पढाएको पाठको सहि पालना नै हो । आफ्नो शिष्यको सफलतामा खुशी खोज्ने महानताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ ।

दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः।
वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते।।2.56।।

अर्थात

जसका लागी दुख र सुख एक समान छ, जो भय र क्रोधबाट मुक्त छ जसको बुद्धी स्थिर छ हो त्यही सिद्धपुरुष हुन्छ ।

भागवत गीतामा साँचो गुरुको चरित्र कस्तो हुनु पर्छ भन्ने कुरा लेखिएको छ । साचाँ गुरु उनै हुन जसमा साँचो रूपमा ज्ञान प्रदन गर्न सक्ने क्षमता हुन्छ, ज्ञानी भएर पनि उनमा घमण्ड रत्ति भर हुँदैन । जसलाई भगवान सबै कारक हुन र हामी सबै उनका कारण मात्रै हुन भन्ने ज्ञान हुन्छ । जसलाई सहि ज्ञानको अर्थ थाह छ । जो त्यसैमा जीवन बिताउछ । जो रिष राग लोभ मोह भन्दा धेरै पर हुन्छ । उही सच्चा गुरु हुन्। हामीलाई अक्षर चिनाउने देखि, बोल्न सिकाउने, हिंड्न सिकाउने, स्कूलमा, कलेजमा वा कुनै पनि ठाउँमा सहि मार्ग देखाउने ती सबै गुरु हरु लाई आज यस महान गुरु पुर्णिमा को दिन सत सत प्रणाम ।

जय गुरु देव !

प्रतिक्रिया