Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १८ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न साँफेबगर नगरपालिकामा नियमित खोप सुदृढिकरण तथा स्वास्थ्य योजना समिक्षा कार्यक्रम सम्पन्न

चलचित्रमा लोकगीत : कथाले मागेभन्दा धेरै

चलचित्रमा लोकगीत : कथाले मागेभन्दा धेरै

पछिल्लो समयमा नेपाली चलचित्रमा लोकशैलीका गीतले स्थान पाएका छन् । आजकल बन्ने चलचित्रमा एउटा लोकशैलीको गीत अनिवार्य जस्तै राख्ने गरिएको छ । यसले गीत–संगीतलाई प्रर्वद्धन गर्नुका साथै यसले चलचित्रलाई पनि सफलता दिन्छ । नेपाली लोकगीतको आफ्नो छुट्टै पाटो छ । यसले गर्दा आधुनिक गीतमा पनि लोक गीतको छाप हुने गरेको छ । यो स्वाभाविक पनि हो । शुद्ध लोकगीत बनाउनका लागि चलचित्र सही माध्यम होइन । विशेषगरी, लोकगीतको शब्द लेख्दा गाँऊ–ठाँउलाई समेट्ने तर छायांकन गर्दा काठमाडौँकै स्टुडियोमा गर्ने प्रवृतिले लोकगीतको मर्म रहँदैन । यस्तै परिपाटीको असरस्वरुप आजकल चलचित्रको कथाले नमागे पनि जबर्जस्ती लोकशैलीका गीत समेट्न थालिएको छ । कतिपय गीत एकातिर र दृश्य अर्कोतिर घुमिरहेको जस्तो हुन्छ । गीत र शब्दसँग दृश्यको भेटै हुँदैन ।

चलचित्रमा सबै प्रकारका गीतको आ–आफ्नै महत्व हुने भएकाले मुलरुपमा चलचित्रमा प्रयोग हुने गीतहरुले कथालाई बोध गराउनुपर्ने र कथालाई सुगम बनाउनुपर्ने हो । कुनै समय लोकगीत त कहिले आइटमडान्स गर्ने गीत जस्ता गीतलाई फिल्ममा राख्ने प्रवृतिले चलचित्रको ब्यावसायिक प्रर्वद्धनलाई मात्र इंगित गर्छ ।

नेपालमा चलचित्र बन्न सुरु भए देखिनै ती चलचित्रमा संगीतले नै बजार बनाएको छ । पहिले देखिनै नेपालमा लोकगीतलाई चलचित्रमा बिशेष प्राथामिकता दिइएको थियो । उदाहरणका लागि आजभन्दा ५५ वर्षअघि बनेको फिल्म माइती घर फिल्मको गीत ‘काला कुर्तैले’ त्यतिबेला जति हिट थियो अहिले पनि त्यतिकै हिट छ । ‘परिवर्तन’ फिल्मको गीत ‘बैनीको दया छ भने रोधीघर दाइ नाच्यो नभने’लगायतका गीत अहिले पनि जनजिब्रोमै झुन्डिएका छन् । यसले देखाउँछ नेपाली चलचित्रले पहिलेदेखि नै लोकगीतलाई प्राथामिकता दिएको छ । यसले के देखाउँछ भने हिन्दी चलचित्र संगीतको प्रभाव कम गर्न नेपाली चलचित्र संगीत पहिले देखिनै लागिपरेको थियो ।

नेपाली चलचित्रमा लोकगति कहिले पनि हराएको छैन । तयस्तै, आधुनिक गीतमा पनि लोकपन हाल्ने चलन पहिलेदेखि नै थियो । उदाहरणका लागि, ‘प्रेमपिण्ड’को ‘गैह्री खेतको शिरै हान्यो’, ‘पृथ्वी’को ‘लौ न हजुर कसो गरौ नसालु प्रिति बस्यो’लगायतका गीतमा लोकगीतकोे छाप रहेको छ । तर, पहिले आधुनिक गीत गुगलगीत चल्ने भए पनि अहिले लोकशैलीका गीत चल्ने गरेका छन् ।

०५२ सालदेखि नेपालकै प्राविधिकले काम गर्न पाउनुपर्छ भन्दै राष्ट्रिय निति बनाइयो र तर्जुमा बनाएर यही रेर्कडिङ सुरु गरियो । त्यसपछि बनेका गीहरुमा नेपालकै प्राविधिक र बाध्यबाधक तथा एरेन्जरहरुले काग गरिरहेका छन् । तर, जसरी पहिले बनेका गीतहरुमा स्क्रिप्ट थियो म्युजिक फोर्स थियो त्यो अहिलेको गितमा छ कि छैन त्यो एउटा प्रश्नको रुपमा रहेको छ । । उदाहरणका लागि हामी आफैंबीच सय मिटरको दौडमा पहिला हुनु र राष्ट्रिय मैदान एक हजार मिटरको दौडमा पहिलो हुनुमा धेरै फरक छ । गीत सँगसँगै चलचित्रको विकासमा मात्र नभएर बाध्यबादकको पनि विकास हुनुपर्छ । अहिले नेपालमा बाध्यबादकहरुको अडेरी नै छ । हामी कहाँ १२० जना भजन बजाउने मान्छे पनि छैनन् । २०० जनाले भजन बजाउने स्टेजसमेत छैन । अहिले देशमा गनेर ६(७ जना एरेन्जर प्रोफेसनल होलान् । के हामीले गीत रेकर्ड गर्दा यी ६÷७ जनाले मात्र सम्भव होला त रु सम्भव छैन नि १ त्यही एरेन्जरले ५(६ वटा गीत गरिरा हुन्छ । यसले गर्दा जहाँ पनि धुन एउटै हुने हुन्छ । अन्य गीत र चलचित्रको गीतका लागि छुट्टै एरेन्जर हुनुपर्छ । यसोे गरेर म्युजिक ह्यान्डओभर विकास भयो भने नेपाली चलचित्र र संगीतलाई सँगसँगै अगाडि बढाउन सकिन्छ । खाली एउटा गीत मात्र चलेर हुँदैन । किनकि, एउटा गीत चलेर कम्पनि र एउटा कलाकार चल्न सक्छ । तर, गीतको पछाडि रहेर काम गर्ने अदृश्य हात र अदृश्य बाध्यबादकहरु पनि देखिन आवश्यक छ ।

नेपाली बजार अहिले ‘बबल्गम’ टाइपको रहेको छ । एक समय आयो चल्यो हिट भन्यो, ५(६ महिना चल्यो त्यसपछि त्यो संगीतकारले अर्को चलचित्र पाउन पहिलेजस्तै दुःख गर्नु पर्छ । अहिले क्यासेटको युग गयो सिडीको प्रयोग हट्यो । पहिले–पहिले फिल्मको सिडी सुन्ने क्यासेट बजाउने गरिन्थ्यो त्यसबाट रोयल्टी आउथ्यो, पैसा आउथ्यो अहिले त सबैले पेनड्राइभ गीत सुन्छन् रोयल्टीको कुरै छैन । यसले गर्दा पहिलेको जस्तो चलचित्र संगीतको ग्ल्यामर चाहिँ हँुदैन । नेपाली चलचित्र जगतमा सच्चा हृदयले काम गरिरहेका संगीतकारहरुले पनि आफ्नो मनले काम गर्न पाएका छैनन् । निर्माता–निर्देशकले दिएको मेनुको आधारमा संगीतकारहरुले काम गरिरहेका छन् । फिल्मको कथासँग नमिले पनि एउटा लोकगीत राख्नुले यस्ता गीतहरु क्षणिक हुने गरेका छन् । ती लोकगीतले दर्शकलाई फिल्म हलसम्म ल्याए पनि ती युगान्तर चल्ने भने हुँदैनन् । कुनै एउटा गीत ४०(५० वर्षसम्म चल्नु काललाई जित्नु हो ।

अहिलेका कलाकारहरुले सिर्जनात्मक काम गरेका छैनन् । पछिल्लो समयका कालाकारहरुले देशका लागि, खेलकुद क्षेत्रका लागि र आफ्नो गाँउका लागि कुनै गीत नबनाउँदा अहिले पनि पुरानै गीतहरु बजाउने गरिएको छ । उदाहरणका लागि गोपाल योञ्जनको ‘खेलाडी हो खेलाडी’ गीत अहिले पनि खेलकुदका हरेक कार्यक्रममा बज्छ । पहिले साना नानीबाबुका ‘हामी धेरै साना छौं हाम्रो मुटु सानो छ’लगायतका गीत थिए । त्यसपछि यस्ता गीत एउटा पनि गीत बनेनन् किन ?

अहिले कलाकारहरुले छिटो सफलता पाउने गरेकाले संगीत क्षेत्रले विभिन्न खाले कठिनाइ भोग्नु परिहेको छ । मान्छेलाई सफलता छिटो मिल्ने भएर पनि मिहनेतको कमी भएको हो । यहाँ एउटा गीत वा फिल्म चल्ने बित्तिकै डिभी भरेर अमेरिका भाग्ने काम शुरु भइहाल्छ ।

नेपाली संगितको बजार अहिलेसम्म पनि बढेको छैन । पुरानो बनेको बजार नि खुम्चेको छ । हाम्रा गीत–संगीत र फिल्म विदेशमा चलेका छैनन् । विदेशमा जति पनि गीत र फिल्म सुनिन्छ(हेरिन्छ । सबै विदेशमा रहेका नेपाली दाजुभाइहरुको सिर्जना हो । पहिले मैले मेरा फिल्मका सिडीहरु भारतका विभिन्न शहरहरुमा बेचेको थिए । अहिले नेपालको उद्योग–बाणिज्य निति राम्रो छैन । यसले गर्दा, हाम्रो देशमा भारतीय सिडी अहिले पनि गैरकानुनी रुपमा बेच्ने गरिन्छ । तर, नेपालीले भारतमा सामान्य किताब बेच्न जादा पनि सुरक्षाकर्मीले बोर्डरमै रोक्ने गर्छन् ।

सरकारले नेपाली गीत–संगीतको उचित मुल्यांकन गर्न सकेको छैन । सरकारले गर्ने कार्यक्रममा अझै पनि पेनड्राइभबाट राष्ट्रगान बजाउने गरिएको छ ।सरकारले ठूल–ठूला कार्यक्रम गर्दा पनि पेनड्राइभबाट राष्ट्रगान बजाउँदा कलाकारको उचित मुल्यांकन गर्न नसकेको महसुस हुन्छ । राष्ट्रिय उत्सव मनाउँदा सरकारले राष्ट्रगानका लागि कलाकारको प्रयोग गर्नुपर्छ । (चलचित्रकर्मी सायमी गीत–संगीतविज्ञ पनि हुनुहुन्छ)

(नारायण जोशीले प्रकाश सायामीसँग  गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया