Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

संक्रमणको जोखिममा बालबालिका

संक्रमणको जोखिममा बालबालिका

हाम्रो बुलेटिन - अछाम
लकडाउनमा दुर्गमका बालबालिका फुर्सदिला छन् । शहरी क्षेत्रमा अनलाइन कलास , टेलीभिजन  कक्षा चलिरहेको बेला दुर्गम भेगका बालकालिका हुल बाधेर बस्ने , गोरु गोठालो जाने , समूहमा खेल्ने गर्छन् । काम गर्न सक्ने उमेर भएका बादकालिकाका काममा पनि जान्छन् । समुदायसम्म संक्रमण फैलिसक्दा पनि बालबालिकाले यसको कुनै प्रवाह नगरेको अभिभावकहरु बताउछन् ।
ढकारी गाउँपालिका  ८ की मैना जैशीलाई लकडाउनको बेला तिन छोराछोरीलाई सम्हाल्न गाह्रो भएको छ । दिनभर आफु काममा जादा छोराछोरी गाउ डुल्ने गरेको उनको भनाइ छ ।‘छोराछोरीलाई सम्हाल्नै सकिएको छैन । दिनभर आफु काममा जान्छु । छोराछोरीलाई घरमा बस भन्दा मान्दैनन् । आफ्नो उमेरका केटाकेटी जम्मा भएर गाउँ डुल्न थाल्छन् ’ उनले भनिन् ,‘अहिले भारतबाट आएका धेरैमा कोरोनाको संक्रमण बढेको छ । गाउँझनै जोखिममा छ । यस्तो बेला साह्रै तनाव हुन्छ ।’
कमलबजार नगरपालिका १ मुलीका सिद्ध बिष्टका चार छोराछोरी छन् । यो बेला केटाकेटीको पढाइ रोकिएको चिन्त एकातिर छ भने अर्कोतिर समुदायमा संक्रमण फैलिएपछि छोराछोरीलाई सम्हाल्न नसकेको चिन्ताले उनलाई सताउन थालेको छ । ‘चौध लिन क्वारेन्टाइनमा राखेर पक्रिया पुरा गरेर धेरैलाई बिना चेकजाँच घर पठाइएको छ । यसले समुदाय उच्च जोखिममा नै छ । बालबालिकालाई झनै गाह्रो भएको छ । ’
घोडासैनका देव जैसी १३ वर्षका भए । उनको दैनिकि भने गाउँ नजिकै बन्न थालेको वडा कार्यालयको निर्माणका लागि ढुंगा जम्मा गर्ने र गिट्टी कुटेरै बित्छ ।‘खाली बस्नु भन्दा काम गर्नु पर्यो भन्ने लागेर गिट्टी कुट्न थालेको छु ।’ उनले भने ,‘मेरो उमेरका धेरै साथीहरु अहिले यस्तै काम गरेर  दिन बिताइ रहेका छौं ।’
मनकामना  माविका शिक्षक  नैनसिहं साउद लकडाउनको बेला धेरै बालबलिका पढाएको कुरा समेत बिर्सिएको बताउछन् । ‘रेडियोको पहुँच नै नभएको गाउँमा अन्ललाइन कक्षा र टेलिभिजन कक्षा त सपना जस्तै हुन् । अहिले टोलटोलमा सामाजिक दुरी कायम गरेर पढाउने भनिएको छ । तर यसले धेरै जोखिम निम्त्याउने देखिन्छ ।’ भारतबाट गाउँमा आएकाहरु धेरै भएकाले धेरै सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।
यस्तो बेलामा अभिावकले नै बालकालिका ख्याल गर्नु पर्ने सुदूपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए । ‘सुदूरपश्चिममा सोमबार सम्म ९ वर्ष मुनिका २७७ जना बालबालिका र १९ वर्ष मुनिका ४६० जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ ’ उनले भने ,‘अधिकांश भारतबाट आमा बुवासंग आएका बालकालिकामा संक्रमण देखिएको छ ।’ बालबालिका जिद्धिपना स्वभावका हुने भएकाले अभिभावकले विषेश ख्याल गर्नु पर्ने उनको भनाइ छ । 
विश्व स्वास्थ्य संगठनले नै  ११ दिनपछि संक्रमण सार्न सक्दैन भन्ने मान्यता दिएकाले चौध दिन क्वारेन्टाइनमा बसेकाहरुबाट डराउन नपर्ने अवस्थी बताउछन् । ‘ सुदुरपश्चिममा धेरै चौध दिनसम्म क्वारेन्टाइनमा बसेका छन् । त्यसपछि संक्रमण सर्ने सम्भावना कम हुन्छ ।’ उनले भने । अवस्थीका अनुसार लकडाउनको अवधिमा सुदूपश्चिममा झण्डै ३ लाख नागरिक भारतबाट आएका छन् ।

प्रतिक्रिया