Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

संक्रमणको जोखिममा बालबालिका

संक्रमणको जोखिममा बालबालिका

हाम्रो बुलेटिन - अछाम
लकडाउनमा दुर्गमका बालबालिका फुर्सदिला छन् । शहरी क्षेत्रमा अनलाइन कलास , टेलीभिजन  कक्षा चलिरहेको बेला दुर्गम भेगका बालकालिका हुल बाधेर बस्ने , गोरु गोठालो जाने , समूहमा खेल्ने गर्छन् । काम गर्न सक्ने उमेर भएका बादकालिकाका काममा पनि जान्छन् । समुदायसम्म संक्रमण फैलिसक्दा पनि बालबालिकाले यसको कुनै प्रवाह नगरेको अभिभावकहरु बताउछन् ।
ढकारी गाउँपालिका  ८ की मैना जैशीलाई लकडाउनको बेला तिन छोराछोरीलाई सम्हाल्न गाह्रो भएको छ । दिनभर आफु काममा जादा छोराछोरी गाउ डुल्ने गरेको उनको भनाइ छ ।‘छोराछोरीलाई सम्हाल्नै सकिएको छैन । दिनभर आफु काममा जान्छु । छोराछोरीलाई घरमा बस भन्दा मान्दैनन् । आफ्नो उमेरका केटाकेटी जम्मा भएर गाउँ डुल्न थाल्छन् ’ उनले भनिन् ,‘अहिले भारतबाट आएका धेरैमा कोरोनाको संक्रमण बढेको छ । गाउँझनै जोखिममा छ । यस्तो बेला साह्रै तनाव हुन्छ ।’
कमलबजार नगरपालिका १ मुलीका सिद्ध बिष्टका चार छोराछोरी छन् । यो बेला केटाकेटीको पढाइ रोकिएको चिन्त एकातिर छ भने अर्कोतिर समुदायमा संक्रमण फैलिएपछि छोराछोरीलाई सम्हाल्न नसकेको चिन्ताले उनलाई सताउन थालेको छ । ‘चौध लिन क्वारेन्टाइनमा राखेर पक्रिया पुरा गरेर धेरैलाई बिना चेकजाँच घर पठाइएको छ । यसले समुदाय उच्च जोखिममा नै छ । बालबालिकालाई झनै गाह्रो भएको छ । ’
घोडासैनका देव जैसी १३ वर्षका भए । उनको दैनिकि भने गाउँ नजिकै बन्न थालेको वडा कार्यालयको निर्माणका लागि ढुंगा जम्मा गर्ने र गिट्टी कुटेरै बित्छ ।‘खाली बस्नु भन्दा काम गर्नु पर्यो भन्ने लागेर गिट्टी कुट्न थालेको छु ।’ उनले भने ,‘मेरो उमेरका धेरै साथीहरु अहिले यस्तै काम गरेर  दिन बिताइ रहेका छौं ।’
मनकामना  माविका शिक्षक  नैनसिहं साउद लकडाउनको बेला धेरै बालबलिका पढाएको कुरा समेत बिर्सिएको बताउछन् । ‘रेडियोको पहुँच नै नभएको गाउँमा अन्ललाइन कक्षा र टेलिभिजन कक्षा त सपना जस्तै हुन् । अहिले टोलटोलमा सामाजिक दुरी कायम गरेर पढाउने भनिएको छ । तर यसले धेरै जोखिम निम्त्याउने देखिन्छ ।’ भारतबाट गाउँमा आएकाहरु धेरै भएकाले धेरै सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।
यस्तो बेलामा अभिावकले नै बालकालिका ख्याल गर्नु पर्ने सुदूपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए । ‘सुदूरपश्चिममा सोमबार सम्म ९ वर्ष मुनिका २७७ जना बालबालिका र १९ वर्ष मुनिका ४६० जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ ’ उनले भने ,‘अधिकांश भारतबाट आमा बुवासंग आएका बालकालिकामा संक्रमण देखिएको छ ।’ बालबालिका जिद्धिपना स्वभावका हुने भएकाले अभिभावकले विषेश ख्याल गर्नु पर्ने उनको भनाइ छ । 
विश्व स्वास्थ्य संगठनले नै  ११ दिनपछि संक्रमण सार्न सक्दैन भन्ने मान्यता दिएकाले चौध दिन क्वारेन्टाइनमा बसेकाहरुबाट डराउन नपर्ने अवस्थी बताउछन् । ‘ सुदुरपश्चिममा धेरै चौध दिनसम्म क्वारेन्टाइनमा बसेका छन् । त्यसपछि संक्रमण सर्ने सम्भावना कम हुन्छ ।’ उनले भने । अवस्थीका अनुसार लकडाउनको अवधिमा सुदूपश्चिममा झण्डै ३ लाख नागरिक भारतबाट आएका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ