Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २० फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

‘गरिबलाई रोग नलागोस..’

‘गरिबलाई रोग नलागोस..’

धिरज कुँवर साउन २६, अछाम
ढकारी गाउँपालिका ६ ढुंगाचाल्नाकी मनसरा बुढा १८ वर्षकी भइन् । कलीलै उमेरमा क्यान्सर रोग लाग्यो । ११ वर्ष अगाडी रोगै पत्ता नलागी बुवाको मृत्य भयो  । ३ भाइबहिनी मध्ये जेठी छोरी हुन् मनसरा । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा अहिले उपचाररत छन् ।
अछामको दुर्गम गाउँ मानिने ढुंगाचाल्नामा करिब डेढ वर्षसम्म सामान्य रोग होला भन्दै धामीझाँक्रीकै पछि लागेर समय बित्यो । शहरतिर पहुँच भएका गाउँका केहि जान्ने बुझ्नेलाई उनकी आमा पानसराले छोरीको समस्या सुनाइन् । उनीहरुले  तत्काल अस्पताल लैजान सुझाएको उनले बताइन् । ‘सामान्य नै रोेग होला भनेर गाउँमा झारफुक धामीझाँक्री कहाँ गइयो । उनी दिनप्रतिदिन बायाँ खुट्टाको दुखाइ बल्झ्यो भन्न थालीन् । अस्ताल र शहरको बारेमा थाहा पाएका आफन्तलाई कुरा सुनाए । उनीहरुले एकपटक बम्बै लैजान भने’ पानसराले सुनाइन् ,‘भारतको खलनउसम्म लैजान पैसा खोज्दै केहि समय बित्यो । जसोतसो लखनउ पुर्याइयो । त्यहा जेचकजाँच गरेपछि बाँया खुट्टामा क्यान्सर भएको रिर्पोट आयो । यो रोगको बारे मलाई केहि थाहा थिएन ।’ 
सामान्य उपचार गर्न सदरमुकाम पुग्न नसक्ने अवस्था भएको परिवारमा क्यान्सर लागेको खबर सुन्दा पत्याउनै नसकेको उनको अनुभव छ । ‘अलिअि रोग त होला भनेर देवरलाई साथमा पठाएँ । उता गइसेपछि यतै उपचार गर्ने भए पैसा पठाउ नत्र नेपाल ल्याउनु पर्यो भन्ने खबर गर्न थाले । आफन्तको सहयोगमा चितवनसम्म ल्याइयो । अब कसरी उपचार खर्च जुटाउने भन्ने चिन्ताले सताएको छ । दुई महिनाबढि भयो ,निन्द्रा भोक सबै हराइसक्यो ।’
जिन्दगीमा कहिल्यै नसोचेको रोग लागेपछि १८ वर्षीया मनसरा शब्दबिहिन् छन् । भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी उनलाई सरकारले दिने एक लाख सहयोग लिनका लागि नागरिकता बनाउन अछाम ल्याइयो । आमा र आफन्तको साथमा जिल्ला प्रशासन कार्यालयमा पुगेकी उनी हालखबर सोधपुछ गर्दा जवाफ दिन सक्दिनन् । प्रतिउत्तरमा आँशु मात्रै खसाल्छिन् । आमाछोरी दुबैको अवस्था उस्तै छ । मनसराको पारिवारिक अवस्था र उपचारमा सहयोग गरिदिन उनका आफन्त देबेन्द्र बुढा र भुपेन्द्र बुढा सबैसँग अपिल गरिरहेका छन् । ‘अलि टाठोबाठो परिवारका भएको भए हामीलाई पनि सहज हुन्थ्यो । छोरीलाई लागेको रोगबारे न त आमाले भन्न सक्छिन् । न त छोरी नै । क्यान्सरको बारेमा कहिल्यै जानकारी नपाएका उनीहरुलाई सम्हालिन धेरै गाह्रो परेको छ ’ भुपेन्द्रले भने ,‘सकेजति हामीले सहयोग गरिरहेका छौं ।’ मनसराको लागि मंगलसेनका रिदम बिसि , जगतकुमार वडले समेत अभियान सञ्चालन गरेको उनले बताए ।
लामो समय आफ्नो बारेमा भएको संवाद सुनेपछि मनसराको मौनता भंग भयो । लामो सुस्केरा निकाल्दै उनले भनिन् ,‘उपचार गर्न कम्तिमा १० लाख लाग्छ रे । दश रुपैययाँ नपाउने मेरो परिवारले उपचार गर्नै सक्दैन  ।अस्पतालको बेडमा पल्टिदा क्यान्सरको दुखाइ कम र गरीब भएर पाएको दुःखले घाउ बल्झिएको छ’ उनले भनिन् ,‘आउन जान यातायात खर्च त छैन कसरी १० लाख जम्मा गर्नु । हामीलाई दुइ पैसो पत्याउने पनि कोहि छैनन् , उधारो दिने पनि कोहि छैनन् ।’ अस्पतालमा किमो चलाइरहेकै अवस्थामा चितवनबाट अछाम पुगेकी उनी आमाको अंगालोमा बेरिएर अस्पताल नपठाउन आग्रह गर्छिन् । ‘बिरानो ठाउँमा मलाई धेरै छट्पटि हुन्छ । आमाले त्यत्रो पैसा जम्मा गर्नै सक्नुहुन्न बुवाको मृत्युपछि हामी सबै टुहरा बन्यौं । आमाको आँशुले मलाई पिरोली रहेको छ । भगवानले पनि गरीबकै परिवारलाई रोग दिने रैछ ।’

प्रतिक्रिया