Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २४ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्रचण्ड र देउवालाई सर्वोच्चले देखाएको ऐना

प्रचण्ड र देउवालाई सर्वोच्चले देखाएको ऐना

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरेको छ । मुख्यमन्त्री नियुक्तिका लागि थापाले प्रदेश प्रमुखसमक्ष पेश गरेको दाबीपत्रमा सभामुख बाबुराम गौतमले गरेको हस्ताक्षर संवैधानिक नैतिकता, संसदीय अभ्यास र संविधानमा रहेको प्रावधानका दृष्टिकोणले उचित, वैध र स्वीकार्य नभएको सर्वोच्चको पूर्ण इजलासको ठहर छ ।

‘त्यसप्रकारको त्रुटिपूर्ण प्रस्ताव (दाबीपत्र) लाई स्वीकार गरेर प्रदेश प्रमुखबाट मिति २०८०÷३÷२१ मा गरिएको नियुक्ति संविधानको धारा १६८(२) समेतको कानुनी र संवैधानिक विधिशास्त्र अनुकुल देखिएन’, मुख्यमन्त्री पदमा थापाको नियुक्ति बदर गर्दै न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासको संक्षित आदेशमा भनिएको छ ।

सर्वोच्चको आदेशमा नयाँ सरकार गठनबारे पनि बोलिएको छ । संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको विकल्प रहेसम्म यो विकल्प अपााउनु उपयुक्त हुने भन्दै ७ दिनभित्र १६८(२) बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ । यसअनुसार मुख्यमन्त्री नियुक्त नभएमा १६८ (३) बमोजिम हुने छ ।

अर्थात् जुन दलले ९३ सदस्यीय कोशी प्रदेशसभाको बहमुत (४७) जुटाउन सक्छ, उसको नेतृत्वमा सरकार बन्छ । नभए प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने छन् । कोशी प्रदेशको नयाँ मूख्यमन्त्री को बन्छन् भन्ने प्रष्ट हुन केही दिन लाग्ला ।

तर सर्वोच्चको फैसलाले कोशी प्रदेशका सभामुख गौतम र प्रदेश प्रमुख परशुराम खापुङमाथि नैतिक प्रश्न उठेको छ । किनकी सर्वोच्चले सरकार गठनमा सभामुखले समर्थन गर्नुलाई असंवैधानिक ठहर गरेको छ । त्योभन्दा ठूलो प्रश्न चाहिँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत सत्ता गठबन्धनका नेताहरुमाथि उठेको छ ।

किनकी सभामुखको हस्ताक्षर प्रयोग गरेर भएपनि सरकार बनाउने निर्णय बालुवाटारको निर्देशनबाट भएको हो । गठबन्धनका नेताहरुका अनुसार गौतमलाई सभामुखबाट राजीनामा दिन लगाएर मात्र सरकार गठन गर्नुपर्ने मत पनि थियो, सभामुख गौतमले पनि अन्तिम समयसम्म हस्ताक्षर गर्न मानेका थिएनन् ।

तर गठबन्धनका शीर्ष नेताहरुले २१ असारमा बालुवाटारमा बैठक बसेर कोशी प्रदेशमा सभामुखको समर्थनमा सरकार गठन गर्ने निर्णय गरे, प्रधानमन्त्री प्रचण्डले त ‘हामी मिलाउँछौं’ भन्दै सभामुख गौतमलाई फोन समेत गरेका थिए । एक नेता भन्छन्, ‘सभामुख बाबुराम गौतम निमित्त पात्र हुन्, यो निर्णय त हाम्रा शीर्ष नेताहरुले गरेका हुन् । उनीहरुले संविधान मिच्न खोजेकै हुन् ।’

जबकी यो गठबन्धनका नेताहरुले संविधान रक्षाका लागि आफूहरु एक ठाउँमा आएको दाबी गर्दै आएका छन् । बुधबार मात्र सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय गठबन्धन दलहरुको दाबी बुझाउने एक उदाहरण हो ।

२ साउनदेखि एक साता चलेको बैठकले माओवादी, एकीकृत समाजवादी, जसपा लगायत दलसँग विचार नमिले पनि संविधान रक्षा गर्न गठबन्धन गर्नुपरेको निर्णय गरेको छ ।

घटनाक्रम हेर्दा समेत कांग्रेसका दाबीमा सत्यता छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७८ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि अहिलेको गठबन्धन निर्माण गर्ने जग बसेको थियो ।

दोस्रो पटक प्रतिनिधिसभा विघटन भएको प्रतिनिधिसभा २८ असार २०७८ मा सर्वोच्च अदालतको आदेशमा पुनर्स्थापित भएपछि देउवाको नेतृत्वमा गठबन्धनको सरकार बन्यो । वैशाख २०७९ मा भएको स्थानीय तह र मंसिर २०७९ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि अहिले सरकारमा भएका दलहरुले संविधान रक्षाकै नारा दिएर चुनावी गठबन्धन गरेका थिए ।

तर त्यही गठबन्धनका शीर्ष नेताहरुले कोशीमा सरकार बनाउनकै लागि सभामुखलाई असंवैधानिक काम गर्न लगाए, जसलाई सर्वोच्चले बदर गरिदिएको छ ।

नेकपा एमाले नेता अग्नि खरेल सर्वोच्चको फैसलापछि गठबन्धनका दल र त्यसका नेताहरुको अनुहार हेर्नलायक भएको बताउँछन् । प्रतिनिधिसभा विघटन गर्दा प्रतिगमन भनेर आफूहरुमाथि आरोपित गरेकै दलहरुले दलीय हितका निम्ति सभामुखीय व्यवस्थाकै धज्जी उडाएको भन्दै खरेलले भने, ‘यसमा सभामुखमाथि त गम्भीर नैतिक प्रश्न उठेको छ नै, जसले हस्ताक्षर गर्न लगाए, त्यो दल र त्यसका नेताहरुको अनुहार पनि हेर्न लायक भएको छ ।’

अदालत छ र मात्र !

संविधानविद् विपिन अधिकारी भने पछिल्ला वर्षहरुमा संवैधानिक संस्कृतिको स्तर क्रमशः ह्रास आइरहेको र कोशी प्रदेशको घटना त्यसको अर्को एउटा प्रमाण मान्छन् ।

उनका अनुसार ०६१/०६२ मा शान्ति प्रक्रियामा आएको माओवादी केन्द्रले सत्तारोहण गराउने नाममा संवैधनिक पद्धतिमाथि सम्झौता गर्ने क्रमः सुरु भयो । त्यो प्रवृत्ति आजको दिनसम्म जारी रहेको भन्दै उनले अघि भने, ‘नेपालमा प्रतिस्थापन विधेयक असफल हुन्छ । राष्ट्रपतिले म्याद गुज्रिसकेको विधेयकमा हस्ताक्षर गरेर वैधता दिन्छन् । सबभन्दा ठूलो दलले सरकार बनाउन सक्दैन । अनि सभामुखले सरकार बनाउन हस्ताक्षर गर्छन् ।

कांग्रेस, एमाले, माओवादी सबै दललाई जसरी पनि सरकार बनाउने हो, त्यसका लागि जे पनि गर्ने हो भन्ने सोच देखिनु चिन्ताजनक भएको उनी बताउँछन् । अधिकारीले अगाडि भने, ‘अदालत छ र ढिलो चाँडो संविधान स्थापित हुन सकेको छ ।’

तर सबै विषय अदालत नपुग्ने र आफैंले छानेर नहेर्ने भएकाले संवैधानिक संस्कृतिमा निरन्तर आएको ह्रासलाई न्यायालयले रोक्न नसक्ने संविधानविद् अधिकारी बताउँछन् ।
‘प्रणालीका कर्ताहरुको चरित्रले प्रणालीको वैधता स्थापित गर्नुपर्ने भन्दै उनले भने, ‘व्यवस्था कागजको खोस्टो मात्र हो, निष्ठा छैन भन्ने स्थापित भयो भने संविधानले बोक्न सक्दैन । त्यो भनेको अराजकता हुन्छ ।’

प्रतिक्रिया

ट्रेन्डिङ