Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १९ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा डेङ्गुको जोखिम बढ्यो

सुदूरपश्चिममा डेङ्गुको जोखिम बढ्यो

सुदूरपश्चिममा यो वर्ष डेङ्गुको आउटब्रेक हुने खतरा बढेको छ। देशका पूर्वी जिल्लाहरूमा देखिएको डेङ्गुको प्रकोप सुदूरपश्चिममा पनि फैलिन सक्ने भन्दै चेतावनी दिइएको हो। स्वास्थ्य अधिकारीहरूले डेङ्गु संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आग्रह गरेका छन्। डेङ्गुबाट बच्न घर वरिपरि सफा राख्न र खाल्डाखुल्डी र अन्य वस्तुमा सफा पानी जम्न नदिनुपर्ने स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए।

‘यो वर्ष असारमै धनगढीका एक जनामा डेङ्गु देखा परेको थियो। कैलालीमा डेङ्गुको संक्रमण फैलिने खतरा बढेको छ,’ उनले भने, ‘घर र समुदायमा लामखुट्टेको लार्भा हुर्कने स्थान खोज्ने र नष्ट गर्ने अभियान चलाउनु जरुरी छ।’ धनगढीमा यो वर्ष असारमै डेङ्गुका बिरामी फेला परेका थिए। उपमहानगरको वडा नम्बर ९ गौरीकटानका १४ वर्षीय एक किशोरमा असार २१ गते डेङ्गु पुष्टि भएक हो। उपचारपछि ती किशोर निको भए पनि समुदायमा डेङ्गु फैलिने जोखिम रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

डेङ्गु फैलिन नदिन समुदायस्तरमा सघन सरसफाइ अपनाउनुपर्नेमा स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख धामीले जोड दिए। ‘सुदूरपश्चिममा सबै जिल्लामा डेङ्गु सार्ने प्रजातिको लामखुट्टे हुर्कने वातावरण रहेकाले रोग फैलिन नदिन डेङ्गु गराउने लामखुट्टेको लार्भा नष्ट गर्न सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्छ। नत्र स्थिति देशका पूर्वी जिल्लाको जस्तो हुनसक्छ,’ धामीले भने। सफा पानीमा हुर्किने र दिउँसोको समयमा टोक्ने लामखुट्टेका कारण डेङ्गु रोग लाग्ने गर्छ।

डेङ्गु लागेमा मुटु, कलेजो, मृगौला र मस्तिष्कमा गम्भीर असर पर्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। डेङ्गु संक्रमण भए मांसपेशीसँगै हाड्डी दुख्ने ज्वरो आउने र समयमै उपचार नपाए व्यक्तिको ज्यानै जाने जोखिम हुन्छ। तसर्थ सफा पानी जम्न नदिन र सरसफाइ अपनाउन  जिल्ला प्रशासन कार्यालय कैलालीले सबै स्थानीय तहलाई पत्राचार गरेको छ। असारदेखि असोजसम्म डेङ्गुको प्रकोप बढ्न सक्ने खतरा हुन्छ। तसर्थ, घर वरिपरि र समुदायको सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ