Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

...अनि कहिल्यै फाइट खेलिन आमा

...अनि कहिल्यै फाइट खेलिन आमा

संसार कोरोनाले बन्धक नै छ अहिले । २०७७ स्कुल अनलाइन पढाएर नै सकियो । २०७७ फाल्गुन ११ गतेको बिहान साढे ८ बजेतिर अनलाइन कक्षा सुरु भयो । कक्षा सुरु गरेको ४÷५ मिनेट मात्र के थियो माथि छतमा चढ्ने खुड्किलामा एक्कासि गड्याङगुडुङ मुढा पल्टिएझैँ आवाज आयो । ढक्क फुल्यो । आमा बिहानमा प्रायः छतमा गएर बस्नुहुन्थ्यो । कतै आमा ... । विद्यार्थीहरुलाई “वान मिनेट इमेर्जेन्सी“ भनेर झ्यालको पर्दा सारेर हेर्दासम्म बहिनी त्यहाँ पुगिसकेकी रहिछ । नभन्दै आमा लड्नुभएछ । बहिनीले एकछिनअघि मात्रै नास्ता खुवाएर छतमा घाम ताप्न भनेर छतमा छोडेकी के थिई । बहिनीसँगै आमा नि फर्किनुभएछ । बहिनी खुड्किला झर्नु र आमा फर्केर लड्नुसँगै भएछ ।  हत्तपत्त बाहिर निस्किएँ आमाको बिच निधारमा ठुलो घाउ भएछ । के गरम् के गरम् भो । घरमा बेटाडिन भइरहन्थ्यो, त्यही दिन चाहिँ सकिएको रहेछ । भगवती(मेरी श्रीमती) बेटाडिनलगायत अरु औषधि लिन मेडिकलतिर दौडिन् । बहिनीले आमालाई सम्हाली । म ल्यापटप अघि आएर क्लासमा बसेँ । विद्यार्थीहरुलाई घटना शेयर गरिन । गर्ने पर्ने दैनिक क्रियाकलाप गरेर क्लास अलि चाँडो छोडेँ ।