हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
अछाममा सोमबार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
साँफेबगर नगरपालिका स्थित प्रहरी चौकि,ट्राफिक प्रहरी,इलाका प्रहरी कार्यारत प्रहरीका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी ठानिएका उपायहरू अबलम्बनमा समान रणनीति नपनाउँदा अवस्था भयावह हुने खतरा बढेको डब्ल्युएचओले चेतावनी दिएको छ ।
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोबिन्द केसीले बयालपाटा अस्पतालमा हार्डजोर्नीका बिषयमा आफ्नो अनुभव आदानप्रदान गरेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि हार्डजोर्नीका बिषयमा आईतबार जानकारी दिएका हुन् ।
धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप ३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज ३ जनामा कोरोना पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले बयालपाटा अस्पतालमा चाँडै कोरोना भाइरस परिक्षणको लागि पिसिआर मेसिन सञ्चालन ल्याउने तयारी भइरहेको बताउनु भयो। बयालपाटा अस्पतालममा देखिएको समस्या बुझन्को लागि अस्पताल पुग्नु भएका मन्त्री शाहले बयालपाटा अस्पतालममा पिसाआर मेसिन जडानको लागि प्रदेश सरकारबाट बजेट विनियोजित भइसकेको जानकारी दिनु भयो।
काठमाडौँ – सरकारले कोरोना भाइरस पहिचानका लागि गर्दै आएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बन्द गर्ने भएको छ। आरडीटी परीक्षण बन्द गनुपर्ने लगायत माग राखेर आमरण अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानमा युवाहरुसँग सरकारले यस्तो सहमति गरेको हो।