भारतमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग बन्द
४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको उपचारमा प्लाज्मा थेरामीको प्रयोग बन्द गरिएको छ ।
भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले सोमबार राति कोरोनाको उपचारको निर्देशिका परिवर्तन गरेको हो ।