Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

'घरायसी गफ' पस्केर दर्शकसँग जोडिनु रहर कि बाध्यता? सेलिब्रेटीको युट्युब क्रेज

'घरायसी गफ' पस्केर दर्शकसँग जोडिनु रहर कि बाध्यता? सेलिब्रेटीको युट्युब क्रेज

लकडाउन अवधिभर प्रियङ्का कार्की फुर्सदमा थिइन्। सधैँ कोठादेखि भान्सासम्म पुगेर सकिन्थ्यो उनको दैनिकी। लकडाउन लम्बिदै गएपछि घरभित्रको उस्तै दैनिकी पट्यारलाग्दो बन्न थाल्यो। उनले समय कटाउन फरक अनि रमाइलो माध्यमको खोजी गर्न थालिन्। गतिलो उपाय बन्यो युट्युब।

अरुले उत्पादन गरेको सामाग्री हेर्नेमात्र होइन आफैँ उत्पादन गर्ने सोच ल्याइन्। साथ दिए श्रीमान आयुष्मान देशराज जोशीले पनि। अनि बन्यो नयाँ शो ‘चप चप डायरिज’को योजना। अर्थात् पाक कलासम्बन्धी कार्यक्रम।

२०२० को जुन ५ मा ‘चप चप डायरिज’ पहिलो एपिसोड अपलोड भयो। जसलाई १ लाख १५ हजार बढीले हेरेका छन्। दर्शक प्रतिक्रिया राम्रो पाएपछि उनलाई थप हौसला मिल्यो, अर्को अंक बनाउन।

अभिनेत्री कार्कीले सन् २०१६ मै युट्युब च्यानल खोलेकी थिइन्। सुरुवाती दिनमा सिरिज तथा सर्ट फिल्मका लागि युट्युब सुरु गरेता पनि सक्रिय थिइनन्। ‘चप चप डायरिज’मार्फत् भने उनले आफ्नो च्यानललाई चलायमान बनाएकी छिन्। हाल उनको च्यानललाई हालसम्म १ लाख ८४ हजार बढीले सब्स्क्राइब गरिसकेका छन्।

युट्युबमार्फत् आफ्ना दर्शकसँग सहजै जोडिन सक्‍ने भएकाले यो माध्यम रोजेको बताउँछिन् प्रियंका। भन्छिन्, 'यसमा कन्टेन्ट निर्माण गर्ने स्वतन्त्रता हुन्छ। आफ्नो कुरा दर्शकसम्म पुर्‍याउन पनि सजिलो छ। घरमै सानो टिम हुँदा युट्युबको लागि कन्टेन्ट बनाउन गाह्रो भएको छैन।'

आफूहरूले युट्युबलाई व्यावसायिक रुपमै अगाडि बढाइरहेको बताउँछिन् उनी। यस विषयलाई लिएर कसैले पैसामुखी भएको आरोप लगाउनुको कुनै तुक नरहेको बताउँछिन् उनी।

गायक टंक बुढाथोकीले पनि सन् २०१३ मा नै आफ्नै नामबाट युट्युब च्यानल खोले। जसमा उनी गीत रिलिज प्रिमियर गर्नेदेखि स्टेज प्रोगाम र गीतसँग सम्बधित हरेक क्रियाकलाप अपलोड गर्छन्। उक्त च्यानललाई १८ लाखभन्दा बढीले सब्स्क्राइब गरेका छन्।

प्रकाश सपुतको पनि नाममा छ युट्युब च्यानल। जसमार्फत् उनले पछिल्लो समय चर्चित गीतहरू बोल माया, पच्छ्यौरी, बदला बरिलै, फुटेका चुरालगायत सामाग्री प्रकाशन गरेका छन्। ती गीतहरूले अधिक चर्चा कमाए। सन् २०१३ मै खुलेको उनको च्यानललाई १० लाख बढीले सब्सक्राइब गरेका छन्।

पशुपति शर्मा, अन्जु पन्त, प्रमोद खरेल, शिव परियार, मेलिना राईदेखि लगभग धेरै गायकगायिकाको आफ्नै च्यानल छ। नयाँ र पुराना सबै गायकगायिका धमाधम व्यक्तिगत नाममा युट्युब च्यानल खोलिरहेका छन्।

अभिनेत्री वर्षा राउत र संजोक कोइरालाको जोडीले पनि युट्युब च्यानल खोले। नाम राखे सान्सा। जसको सुरुवात उनीहरुले आफ्नो बिहेको भिडियो राखेर गरेका थिए। उनीहरुको च्यानललाई १ लाख ९५ हजारले सब्सक्राइब गरिसकेका छन्। उनीहरु भ्लग केन्द्रित छन्। ती भिडियोहरु बेलाबेला युट्युबको ट्रेन्डिङमा समेत आउने गरेका छन्।

युट्युबमार्फत् नै शिक्षामुलक युट्युब च्यानल 'आइडिया प्रोनर नेपाल' समेत खोलेका छन्।

फिल्म 'बुलबुल'बाट चर्चामा आइन् अभिनेत्री स्वस्तिमा खड्का। फिल्म, विज्ञापन तथा म्युजिक भिडियोमा व्यस्त उनले आफ्नै युट्युबमा च्यानल समेत खोलेकी छिन्। 'बिहाइन्ड दि सिन (बिटिएस)' अर्थात् पर्दा पछाडिको दृष्य राख्ने उद्देश्यले स्वस्तिमाले उक्त च्यानल सन् २०१४ मा खोलेकी हुन्।  

आम मानिसको पहुँच सहज भएकाले यसमाध्यममा क्रेज बढेको तर्क उनको छ। सामाजिक सञ्जालमा दर्शकको पहुँच सीमित भएकाले युट्युबमार्फत् कलाकारहरूको सक्रियता बढेको सुनाउँछिन् उनी।

भलै आफूले भने युट्युबलाई प्राथमिकता नदिएको प्रष्ट्याउँछिन्। 'काम सँगैसँगै सहभागिता मात्र देखाएको हुँ। पर्सनलभन्दा पनि कामको विषय मात्र राख्ने गरेकी छु। फिल्म कसरी सुट हुँदो रहेछ भनेर मलाई कौतुहलता पहिले हुन्थ्यो। दर्शकको त्यस्तै कौतुहलता पुरा गर्न 'बिहाइन्ड द सिन' ल्याएकी हुँ।'

लकडाउन ताका अन्य अभिनेत्रीहरु पनि युट्युबमा सक्रिय देखिए। सन् २०१६ बाट नै युट्युब च्यानल खोलेर विभिन्न भिडियो सार्वजनिक गर्दै आएकी रीमा विश्वकर्मासमेत हाल युट्युबमा सक्रिय छिन्।

युट्युबतिर किन आकर्षित?

अभिनेत्री निता ढुगांना, ऋचा शर्मा आदिले समेत युट्युबमा सक्रियता देखाएका छन्। सामाजिक सञ्जाल जस्तै, फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटरमार्फत् लाखौं दर्शक, स्रोतासम्म पहुँच बनाएका उनीहरू आखिर किन युट्युबतर्फ पनि आकर्षित भए त?  

'सूचनाका अरु माध्यमभन्दा युट्युब नौलौ र सहज माध्यम बनेको छ। फिल्म हल बन्द भएको बेला युट्युबको क्रेज झन् बढेको छ,' गायक प्रकाश सपुतले भने।

उनले युट्युब व्‍यवसायिक भएकाले पनि कलाकारहरूले यता सक्रियता बढाएको संकेत गरे। हाल युट्युबमा सबै खालका सामाग्रीहरू पाइने भएकाले आफू भने यसको विकल्प खोजिरहेको बताए। जहाँ सिर्जनात्मक सामाग्रीको सम्मान हुन्छ र आम मानिसको सहज पहुँच पनि।

अडियो क्यासेटको जमाना रहेन। हाल सिआरबिटीमा धेरै मानिसको रुची रहेन। त्यसैले युट्युबमार्फत् आफ्ना दर्शक स्रोतासम्म पुग्न पाएकोमा र लगानीसमेत सुरक्षित गर्न पाएकोमा दङ्ग सुनिन्छन् सपुत।

युट्युबलाई डलर कमाउने भाँडोको रुपमा लिने विषयलाई सहज रुपमा लिन्छन् उनी। भन्छन्, 'हरेक कुराका फाइदा बेफाइदा हुन्छन्। तर कन्टेन्ट कस्तो पस्कने भन्ने कुरामा भर पर्छ। धेरैले युट्युबबाट रोजगार पाउनु भएको छ जुन राम्रो कुरा हो नि।'

कलाकार संजोक कोइराला पनि सेलिब्रेटीको युट्युब क्रेजलाई सामान्य मान्छन्। सुनाउँछन्, 'हरेक मानिससँग छुट्टाछुट्टै सीप हुन्छ। उसले देखाउने कुरा युट्युबको माध्यमबाट आम अडियन्समा गइरहेको छ भने त्यो राम्रो कुरा हो। युट्युब च्यानल खोल्नु र बढ्दो क्रेजलाई म सहजै लिन्छु।'

सबैमा आ-आफ्नै सोच हुन्छ कस्तो किसिमको कन्टेन्ट युट्युबबाट पस्किने कुरा उनीहरुमा भरपर्छ। तर, सस्तो लोकप्रियताका लागि च्यानलहरु छिट्टै विलिन हुनु चाहिं चित्त बुझेको रहेनछ उनलाई।

आफूले भने व्यवसायिक नभइ रहरले युट्युब च्यानल खोलेको बताउँछन्। भन्छन्, 'रहरले काम गरेको भएर कन्टेन्ट उत्पादन गर्न गाह्रो भएको छैन। तर, अर्को शिक्षामूलक च्यानलका लागि भने अध्ययन गनुपर्छ। सरल तरिकले कसरी बुझ्लान् भन्ने ध्यान दिनुपर्छ।'

प्रतिक्रिया