Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एक युवतीको महत्वाकांक्षा र भाडाको कोख : मिमी

एक युवतीको महत्वाकांक्षा र भाडाको कोख  : मिमी

भारतमा सेरोगेसी संस्कार खुब फस्टाएको छ । यसै विषयमा आधारित फिल्म हो, ‘मिमी’ । यो आफैंमा गम्भीर र संवेदनशील विषय हो । तर, यसलाई हल्काफुल्का र मनोरञ्जक तरिकाले पेश गरिएको छ । फिल्मको कथा एकदमै बलियो छ । दर्शकलाई कथाले अन्त्यसम्म बाँधेर राख्छ ।

राजस्थानका एक शहरमा बस्ने मिमी (कृति सेनन)को सपना बलिउडको हिरोइन बन्ने हो । उसलाई पैसाको जरुरत छ । अर्कोतर्फ ड्राइभर भानुप्रताप पाण्डे (पंकज त्रिपाठी) एक अमेरिकी दम्पत्ती लिएर घुमिरहेका छन् । ती दम्पत्तीलाई एक यस्तो युवतीको आवश्यकता छ, जसले भाडामा कोख दिन सकोस् । किनभने उनीहरु भाडामा कोख लिएर एउटा सन्तानको आमाबुवा बन्न चाहन्छन् ।

यसै क्रममा मिमी भेटिन्छिन् । उनलाई पैसाको खाँचो त छ नै । आफ्नो गर्भमा अरुको बच्चा हुर्काएबापत उनले लाखौं पैसा पाउनेछिन् । यही प्रलोभनमा परेर उनी सेरोगेसी सन्तान जन्माउन तयार हुन्छिन् ।

मिमीले घरवालालाई भन्छिन्, ‘मलाई फिल्मको अफर आयो, म मुम्बई जान्छु ।’

उनी आफ्नी साथी शमा (सई ताम्हणकर)को घरमा बस्न थाल्छिन् । अमेरिकी दम्पत्तीले मिमीलाई हेरविचार गर्नका लागि भानुको साथमा छाड्छन् । यसपछि कथामा यस्तो ट्वीस्ट आउँछ कि भानु र मिमीको जिन्दगीमा भुँइचालो आउँछ ।

सन् २०११ मा प्रदर्शित फिल्म ‘मला आई व्हायचय’ मा आधारित छ यो फिल्म । फिल्ममा यस्ता केही ट्वीस्ट तथा मोड छन्, जसले तपाईंलाई हाँस्न बाध्य बनाउँछ । मिमीलाई आफ्नो मुस्लिम साथीसँग बस्नु, उसको घरको बाहिर पसलेसँग कुराकानी गर्नु, मिमी र भानुबीचको केही दृश्य, भानुकी पत्नी मिमीको घरमा आउनु, भानु र शमाको पिता आमनेसामने हुनु, घटनाक्रम चाखलाग्दो छ ।

फिल्म तीव्र रुपमा दौडन्छ र एकपछि अर्को रहस्य पल्टाउँदै जान्छ । हसाउँदा-हसाउँदै भावुक बनाउँछ । मिमीले गोरो बच्चा जन्माउँछिन् र त्यसका लागि जुन माहौल बनाउँछिन्, त्यो शानदार छ । फिल्मको स्क्रिनप्ले राम्ररी लेखिएको छ । स–सानो दृश्यमा एकदमै मिहेनत गरिएको छ । फिल्मलाई एकदमै मनोरञ्जनात्मक बनाइएको छ ।

कतिपयलाई लाग्न सक्छ, कथा विश्वसनीय छैन । मिमी त्यति सजिलै सेरोगेसीका लागि तयार हुनु, उसको परिवारले यस कुरामा खासै चासो नराख्नु जस्ता कुरा केही फितलो लाग्नसक्छ । तर, लेखक निर्देशकले फिल्मलाई तर्कले भन्दा मनोरञ्जनले भरिपूर्ण बनाउने यत्न गरेका छन् । त्यसैले उनी तर्कहरु पुष्टि गर्नतर्फ लागेका छैनन्, जतिसक्दो फिल्मलाई मनोरञ्जनात्मक बनाउने प्रयास गरेका छन् ।

फिल्म अन्त्यको आधा घण्टा केही सुस्त महसुस हुन्छ ।

विदेशीले भारतमा सेरोगेसीका लागि युवती खोज्ने मुद्दालाई फिल्मले खासै महत्वका साथ उठाएको छैन । यसलाई अरु पेचिलो बनाउन सकिन्थ्यो । यद्यपि फिल्मले यति भन्छ, यो कारोबार भारतमा एकदमै तीव्र रुपमा बढेको छ ।

निर्देशक लक्ष्मण उतेरकले पूरा फिल्मलाई आफ्नो पकडमा राखेका छन् । कलाकारले स्वभाविक अभिनय गरेका छन् । कृति सेननको लागि यो उनको करियरकै राम्रो फिल्म भन्न सकिन्छ । मिमीको बिन्दासपन उनले स्क्रिनमा राम्रो तरिकाले पेश गरेकी छिन् । पंकज त्रिपाठी त कमालका अभिनेता हुन् ।

एआर रहमानले संगीतबद्ध गरेको गीतले फिल्मलाई अरु गतिशील बनाएको छ । समग्रमा मिमीले कथाको गहिराइमा त पुर्‍याउँदैन तर भरपूर मनोरञ्जन दिन्छ

प्रतिक्रिया