Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

निर्मला हत्यापछि आमा दुर्गाका दुःख

निर्मला हत्यापछि आमा दुर्गाका दुःख

निर्मला हत्याका दुई वर्ष

दुर्गा उपाध्याय
कञ्चनपुर – बैजनी रङको पुरानो साइकल । साइकलको टोकरीमा सानो झोला । बिहान महेन्द्रनगर बजार अनि बेलुका त्यहि साइकल ठेल्दैै घर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तकी आमा दुर्गा देवीको दैनिकी यसरी नै बित्ने गरेको छ ।

उमेरले झण्डै चार दशक नाघेकी पन्तको साइकलसँग फरक साइनो छ । सुदूपश्चिमको पहाडी जिल्लामा जन्मिएकी उनलाई आफूले साइकल चलाउला भन्ने कहिल्यै लागेको थिएन । तर, एक दशक यता उनको सुख दुःखको साथी बनको छ साइकल । कहिले बनबासाबाट सामान क्यारिङ गर्न त कहिले अन्य प्रयोजनका लागि ।

दुईवर्ष अघि घरखर्च चलाउन उनी यस्तै साइकलमा सीमावर्ती बजार बनबासाबाट सामान क्यारिङ गर्थिन । दिनभरीको कमाइले साँझ बिहानको जोहो हुन्थ्यो । साथमा तीन छोरी थिए । उनीहरुको पढाई, कापीकमलको खर्च पनि यहि साइकल र घरमै थापेको चटपटेको पसलले धानेको थियो ।

अहिले पनि उनी त्यहि साइकलमा दैनिक हिडिरहन्छिन । तर काम र प्रयोजन भने पहिलेको भन्दा फरक छ । एकवर्ष अघि त्यहि साइकल चलाउदै उनी छोरीको न्यायका लागि महेन्द्रगर बजार पुग्थिन । तर, अहिले उनको दैनिकी फेरिएको छ । दुर्गा देवी अचेल निर्मलाको न्यायका लागि नभएर जागिरका सिलसिलामा महेन्द्रनगर जाने गर्छिन । भीमदत्त नगरपालिकाको महिला शाखामा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएकी पन्तको २०७५ साउन १० गते क्यारिङ गर्ने काममा पूर्ण विराम लाग्यो ।

२०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी उनीकी माहिली छोरी (निर्मला) को ११ साउनमा उखुबारीमा शव फेला परेको थियो । निर्मलाको बलात्कारपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, घटनाको दुई वर्ष नाघिसक्दा पनि हालसम्म घटनामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन् ।

मत्थर आन्दोलन, मर्यो आश
निर्मलाको न्यायका लागि देशव्यापी आन्दोलन भए । आन्दोलनकै क्रममा शनि खुनाको ज्यान गयो भने एक दर्जन बढी घाइते भए । झण्डै एकवर्षसम्म न्यायका लागि चर्किएका विभिन्न आन्दोलनहरु अहिले सेलाएका छन् । त्यतिमात्रै होइन पीडित परिवारले हत्यारा पत्ता लाग्ने आश मारेर विस्तारै आफ्नो दैनिकीतर्फ फर्किन थालेका छन् ।

एकवर्षसम्म न्यायका लागि विभिन्न आन्दोलन भएपनि हत्यारा पत्ता नलाग्दा आफूलाई न्याय पाउनेमा कुनै आशा नरहेको निर्मलाकी आमा दुर्गादेवि पन्तले बताइन् । ‘त्यत्रो आन्दोलन भयो, चारैतिरबाट दवाव हुँदा पनि अहिलेसम्म अपराधी पत्ता लागेको छैन,’ उनले भनिन्, ‘प्रहरीले साँच्चै अनुसन्धान गरेको भए, अपराधी खोजेको भए अहिलेसम्म त केहि रिजल्ट आउनुपथ्र्यो नि ।’

कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले भने परिणाम आउन ढिला भएपनि आफूहरुले वस्तुपरक तरिकारले अनुसन्धान गरिरहेको दाबी गरे । उनले पछिल्लो समय आन्दोलन र विरोधका गतिविधि रोकिएकाले त्यसले अनुसन्धानलाई अगाडी बढाउन सहयोग पुगेको बताए ।

शंकाको सुइ दिलिप माथि
निर्मलाको अनुसन्धानमा खटिएका तत्कालीन प्रहरीले दोषी करार गर्दै सार्वजनिक गरेका दिलिपसिंह विष्टमाथि नै निर्मलाकी आमाको पनि शंका छ । उनले सुरुका दिनमा दिलिपका बारेमा आफूलाई केहि जानकारी नभएपनि पछिल्लो समय सार्वजनिक भएका प्रमाणहरुबाट भने उनी माथिनै शंका लागेको बताइन् ।

एकवर्ष अघि नै विष्टबिरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले त्यसबारे अनुसन्धान नगरेको उनको गुनासो छ । ‘मैले पहिले नै उसले विभिन्न ठाँउमा बोलेका कुरा सुनेको भए, त्यहिबेला नै किटानी जाहेरी दिने थिए,’ आमा दुर्गादेबीले भनिन्, ‘शंका लागेर जाहेरी दिएपछि त त्यसको अनुसन्धान हुनुपर्यो नि रु तर प्रहरीले त्यसमा कुनै कदम चालेन । ’

निर्मलाकी दिदी मनिषाले भने घटनालाई मध्यनजर गर्दै अनुसन्धान गरिएमा अझैपनि अपराधी पत्ता लाग्नेमा आफू विश्वस्त रहेको बताइन् । ‘सुरुमा आन्दोलन र दवावले प्रहरीले काम गर्न सकेन । जता अनुसन्धान जानुपथ्र्यो, त्यो भएन,’ उनले भनिन्, ‘अहिले पनि घटनास्थलदेखिकै कुरालाई लिएर प्रहरीले राम्रोसँग अनुसन्धान गर्यो भने अपराधी पत्ता लाग्छ भन्ने मलाई विश्वास छ ।’

नयाँ नेतृत्वसँगै पलाएको आशा
घटना भएको दुई वर्ष बित्यो । देशमा तीन जना प्रहरी प्रमुख (आएजीपी) फेरिएका छन् भने कञ्चनपुरले चार जना प्रहरी प्रमुख ९एसपी० को नेतृत्व पाइसकेको छ । त्यस्तै, सिआइबीका आधा दर्जन टोलीसहित एक दर्जन टोलीले घटनाको अनुसन्धान गरिसकेका छन् । तर दुईवर्षसम्म हत्यारा पत्ता नलागेपछि निश्क्रिय जस्तो देखिएको प्रहरी शैलेश थापाक्षेत्रीको नेतृत्वपछि भने सक्रिय देखिएको छ । नयाँ जिम्मेवारी पाएसँगै निर्मलाको विषयमा अनुसन्धान गर्न क्षेत्रीले दुई वर्षपछि सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र सीआईबी प्रमुख डीआईजी सहकुल थापालाई निर्देशन दिएका छन् ।

‘विभागले यस घटनालाई प्रमुख प्राथमिकतामा राखेको छ,’ कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘त्यसका लागि छुट्टै टिम बनाएर अनुसन्धान अगाडी बढाएका छौ, चाडै नै रिजल्ट आउनेमा हामी आशावादी छौ ।’

उनले घटनाको अनुसन्धानका लागि आफूहरु वस्तुपरक ढङ्गले अगाडी बढेको बताउदै त्यसमा परिवार र समाजले समेत साथ दिनुपर्ने बताए । यसअघि प्रहरी प्रशासनको शाखमाथि प्रश्न उठाएको यस घटनाको आइजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले अनुसन्धान टुंगोमा पु¥याउन नसकेको भन्दै आलोचना हुँदै आएको थियो । तर, नयाँ नेतृत्व आएसँगै आमनागरिकमा निर्मला हत्याकाण्ड वास्तविकता बाहिरिने आशा पलाएको छ । महेन्द्रनगरपोष्ट बाट 

प्रतिक्रिया