Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बुढीगंगा नदीमा ठूलो बाढी, स्थानीय त्रसित

बुढीगंगा नदीमा ठूलो बाढी, स्थानीय त्रसित

गीता कुँवर अछाम :

लगातारको अविरल वर्षाका कारण बुढीगंगा नदीमा बाढी आएको छ । बाढीले साँफेबगर नगरपालिका आसपासको खेतीयोग्य जमिन समेत कटान गर्न थालेको छ। साँफेबगर नगरपालिका -४ मष्टामाण्डौ पक्‍की पुल छेउछाउमा करिब ३ सय मिटर खेतीयोग्य जमिन कटान गरिसकेको छ । मष्टामाण्डौंमा रहेका नगरपालिकाको कार्यालय, एयरपोर्ट र बजार समेत उच्च जोखिममा रहेको वडाध्यक्ष बालगिरी कुँवरले बताए । 

छेकवारका लागि तारजाली हाल्ने काम भएको उनले बताए । पानीको वहाब बढेसँगै नदी आसपासका स्थानीय त्रसित भएका छन् । नदीमा बाढी आएसँगै रातभरी जागराम बस्ने गरेको स्थानीय दिपक खड्काले बताए । 

उनले भने, 'रातभरी सुत्न नपाएको हप्ता‍ दिन भइसक्यो । वर्षाका त्रासमा बाच्नुपरेको छ। गुरु योजना बनाउँछौ भनेको सुनेको जर्षौं बित्यो तर अहिलेसम्म केही हुन सकेको छैन । तारजालीका लागि करोडौं रकम आउने गरेको सुन्नमा आए पनि कहाँ जान्छ हामीलाई थाहा नै हुँदैन,नदी किनारका ४० घर उच्च जोखिममा छन् ।'

पूर्वबाट छिपेखोला,पश्चिमबाट प्रभालीगाड र उत्तरबाट बग्ने बुढीगंगाका कारण साफेबगर जोखिममा परेको हो।जिल्लामा भइरहेका विकास निर्माणका कामका लागि नदी छेउछाउबाट अनियन्त्रित रुपले ढुंगा, गिट्टी, बालुवा निकाल्दा कटानको जोखिम बढेको हो । 

साँफेबगर नगरपालिकाले बुढीगंगा नदी र छिपेखोलाबाट वर्षैपिच्छे लाखौंको राजश्व संकलन गर्दै आएको छ तर पनि नदी नियन्त्रणका लागि कुनै प्रयास नभएको स्थानीयको गुनासो छ । 

यस विषयमा यहाँका नागरिकले पटकपटक स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराइरहँदा पनि नदी नियन्त्रण तथा तटबन्धका लागि कसैले पनि दिर्घकालिन योजना बनाउन नसकेको स्थानीयको गुनासो छ । अन्नपूर्ण

प्रतिक्रिया