Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बुढीगंगा नदीमा ठूलो बाढी, स्थानीय त्रसित

बुढीगंगा नदीमा ठूलो बाढी, स्थानीय त्रसित

गीता कुँवर अछाम :

लगातारको अविरल वर्षाका कारण बुढीगंगा नदीमा बाढी आएको छ । बाढीले साँफेबगर नगरपालिका आसपासको खेतीयोग्य जमिन समेत कटान गर्न थालेको छ। साँफेबगर नगरपालिका -४ मष्टामाण्डौ पक्‍की पुल छेउछाउमा करिब ३ सय मिटर खेतीयोग्य जमिन कटान गरिसकेको छ । मष्टामाण्डौंमा रहेका नगरपालिकाको कार्यालय, एयरपोर्ट र बजार समेत उच्च जोखिममा रहेको वडाध्यक्ष बालगिरी कुँवरले बताए । 

छेकवारका लागि तारजाली हाल्ने काम भएको उनले बताए । पानीको वहाब बढेसँगै नदी आसपासका स्थानीय त्रसित भएका छन् । नदीमा बाढी आएसँगै रातभरी जागराम बस्ने गरेको स्थानीय दिपक खड्काले बताए । 

उनले भने, 'रातभरी सुत्न नपाएको हप्ता‍ दिन भइसक्यो । वर्षाका त्रासमा बाच्नुपरेको छ। गुरु योजना बनाउँछौ भनेको सुनेको जर्षौं बित्यो तर अहिलेसम्म केही हुन सकेको छैन । तारजालीका लागि करोडौं रकम आउने गरेको सुन्नमा आए पनि कहाँ जान्छ हामीलाई थाहा नै हुँदैन,नदी किनारका ४० घर उच्च जोखिममा छन् ।'

पूर्वबाट छिपेखोला,पश्चिमबाट प्रभालीगाड र उत्तरबाट बग्ने बुढीगंगाका कारण साफेबगर जोखिममा परेको हो।जिल्लामा भइरहेका विकास निर्माणका कामका लागि नदी छेउछाउबाट अनियन्त्रित रुपले ढुंगा, गिट्टी, बालुवा निकाल्दा कटानको जोखिम बढेको हो । 

साँफेबगर नगरपालिकाले बुढीगंगा नदी र छिपेखोलाबाट वर्षैपिच्छे लाखौंको राजश्व संकलन गर्दै आएको छ तर पनि नदी नियन्त्रणका लागि कुनै प्रयास नभएको स्थानीयको गुनासो छ । 

यस विषयमा यहाँका नागरिकले पटकपटक स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराइरहँदा पनि नदी नियन्त्रण तथा तटबन्धका लागि कसैले पनि दिर्घकालिन योजना बनाउन नसकेको स्थानीयको गुनासो छ । अन्नपूर्ण

प्रतिक्रिया