Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

किन खुसी छन् नेपाली?

किन खुसी छन् नेपाली?

 ओरालोलाग्दो अर्थतन्त्र, अस्थिर राजनीति, अनिश्चित भविष्य, अन्यौलग्रस्त समाज। यस्तो अवस्थामा पनि नेपाल दक्षिण एसीयाकै खुसी देशको लिष्टमा पहिलोस्थानमा उक्लेकोमा धेरैले आश्चर्य मानेका छन्। वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित गर्दा नेपाल ८५ औँ स्थानमा रहेर दक्षिण एसियाकै खुसी मुलुकमा स्थापित  भएको समाचारले धेरैलाई तरंगित तुल्यायो।

रिपोर्टले प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वास्थ्य औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ।

विश्वका सबैभन्दा खुसी मुलुकबारे निर्णय गर्नुअघि १४९ मुलुकको तीन वर्षको ग्यालप सर्वेक्षणका तथ्यांक विश्लेषण गर्ने गरिएको छ।  प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, स्वस्थ आयु, आफ्नो जीवनका छनोटको स्वतन्त्रता, आमनागरिकको उदारता र भ्रष्टाचारको स्तरसम्बन्धी आन्तरिक तथा बाह्य अवधारणा।

सन् २०२० को तथ्यांकलाई आधारमान्ने हो भने नेपालको जीडीपी‐कुल ग्रहास्थ उत्पादन) ३३ दशमलव ९८ विलियन अमेरिकन डलर रहेको छ, यसै  वर्षको भारतको जीडीपी २६२२ दशमलव ९८ रहेको विश्ववैंकको तथ्याकं छ।  

अनि प्रतिव्यक्ति आयकै कुरा गर्ने हो भने केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७७/७८ मा नेपालीको प्रतिव्यक्ति आय ११९१ डलर पुग्ने अनुमान गरेको छ।  उता भारतको प्रतिव्यक्ति आय १९ सय ४७ डलर रहेको छ।

यस्तोमा नेपालले भारत‐१३६), पाकिस्तान‐१०३), श्रीलंका‐१२६)जस्ता देशलाई पछि पार्दे खुसीको सिँढीमा माथि उक्लनुले पनि धेरैलाई आश्चर्यमा पारेको हो।

आमनेपालीमा रहेको आध्यामिक पक्ष पनि आफ्नो ठाउँमा छ। अध्यात्म, जीवनजगत्लाई हेर्ने दृष्टिकोण र अब केही राम्रो होला भन्ने आशाले मानिसलाई सुखी बनाउने हो। यस्तो गुण भने नेपालीमा भलिभाँती देखिन्छ। अनि अर्कोकुरा सकारात्मक भाव राख्न नेपालीलाई कुनै कारण आवश्यक छैन। भएका कुरामा मात्र हैन नभएका कुरामा पनि खुसी हुने गर्छन्। खेती सकाएपछि किसान मुस्कुराउँछन्। परीक्षा सकिएपछि विद्यार्थी मुस्कुराउँछन्। चङगा उडाउँदा बालबालिका रमाउँछन्। 

अहिले मात्र हैन, वल्र्ड ह्याप्पिनेस रिपोर्टको १० वर्षको तथ्यांकमा नेपाल प्रत्येक वर्ष खुसीको सिढीमा माथि उक्लदै  गरेको छ। सन् २०१३ मा खुसीको १ सय ३५ औँ स्थानमा रहेको नेपाल प्रत्येक वर्ष खुसीको सिँढी उक्लदै सन २०२२ मा ८५ औँ स्थानमा आइपुगेको हो। ‘मुलुकको आर्थिक अवस्था सुध्रिने हो भने नेपाल खुसीको निकै माथिल्लो स्थानमा पुग्ने छ,  त्यो दिनको कल्पनाले मात्र पनि नेपालाई झनै खुसी बनाउने छ।

प्रतिक्रिया

ट्रेन्डिङ