Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २८ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

किन खुसी छन् नेपाली?

किन खुसी छन् नेपाली?

 ओरालोलाग्दो अर्थतन्त्र, अस्थिर राजनीति, अनिश्चित भविष्य, अन्यौलग्रस्त समाज। यस्तो अवस्थामा पनि नेपाल दक्षिण एसीयाकै खुसी देशको लिष्टमा पहिलोस्थानमा उक्लेकोमा धेरैले आश्चर्य मानेका छन्। वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित गर्दा नेपाल ८५ औँ स्थानमा रहेर दक्षिण एसियाकै खुसी मुलुकमा स्थापित  भएको समाचारले धेरैलाई तरंगित तुल्यायो।

रिपोर्टले प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वास्थ्य औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ।

विश्वका सबैभन्दा खुसी मुलुकबारे निर्णय गर्नुअघि १४९ मुलुकको तीन वर्षको ग्यालप सर्वेक्षणका तथ्यांक विश्लेषण गर्ने गरिएको छ।  प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, स्वस्थ आयु, आफ्नो जीवनका छनोटको स्वतन्त्रता, आमनागरिकको उदारता र भ्रष्टाचारको स्तरसम्बन्धी आन्तरिक तथा बाह्य अवधारणा।

सन् २०२० को तथ्यांकलाई आधारमान्ने हो भने नेपालको जीडीपी‐कुल ग्रहास्थ उत्पादन) ३३ दशमलव ९८ विलियन अमेरिकन डलर रहेको छ, यसै  वर्षको भारतको जीडीपी २६२२ दशमलव ९८ रहेको विश्ववैंकको तथ्याकं छ।  

अनि प्रतिव्यक्ति आयकै कुरा गर्ने हो भने केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७७/७८ मा नेपालीको प्रतिव्यक्ति आय ११९१ डलर पुग्ने अनुमान गरेको छ।  उता भारतको प्रतिव्यक्ति आय १९ सय ४७ डलर रहेको छ।

यस्तोमा नेपालले भारत‐१३६), पाकिस्तान‐१०३), श्रीलंका‐१२६)जस्ता देशलाई पछि पार्दे खुसीको सिँढीमा माथि उक्लनुले पनि धेरैलाई आश्चर्यमा पारेको हो।

आमनेपालीमा रहेको आध्यामिक पक्ष पनि आफ्नो ठाउँमा छ। अध्यात्म, जीवनजगत्लाई हेर्ने दृष्टिकोण र अब केही राम्रो होला भन्ने आशाले मानिसलाई सुखी बनाउने हो। यस्तो गुण भने नेपालीमा भलिभाँती देखिन्छ। अनि अर्कोकुरा सकारात्मक भाव राख्न नेपालीलाई कुनै कारण आवश्यक छैन। भएका कुरामा मात्र हैन नभएका कुरामा पनि खुसी हुने गर्छन्। खेती सकाएपछि किसान मुस्कुराउँछन्। परीक्षा सकिएपछि विद्यार्थी मुस्कुराउँछन्। चङगा उडाउँदा बालबालिका रमाउँछन्। 

अहिले मात्र हैन, वल्र्ड ह्याप्पिनेस रिपोर्टको १० वर्षको तथ्यांकमा नेपाल प्रत्येक वर्ष खुसीको सिढीमा माथि उक्लदै  गरेको छ। सन् २०१३ मा खुसीको १ सय ३५ औँ स्थानमा रहेको नेपाल प्रत्येक वर्ष खुसीको सिँढी उक्लदै सन २०२२ मा ८५ औँ स्थानमा आइपुगेको हो। ‘मुलुकको आर्थिक अवस्था सुध्रिने हो भने नेपाल खुसीको निकै माथिल्लो स्थानमा पुग्ने छ,  त्यो दिनको कल्पनाले मात्र पनि नेपालाई झनै खुसी बनाउने छ।

प्रतिक्रिया