Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सार्न भन्दा भन्दै पुरियो बस्ती

सार्न भन्दा भन्दै पुरियो बस्ती

सिन्धुपाल्चोक : पहिरोको जोखिम बढेपछि निमाछिरिङ दोङसहित गाउँले बस्ती अन्यत्र स्थानान्तरण गरिदिन सरकारको ध्यानाकर्षण गराएर एक साताअघि सदरमुकामबाट घर फर्किए। तर, एक साताभित्रै गाउँ नै पुरेको पहिरोले उनको परिवारका ३ जना बेपत्ता छन्।

गाउँमा धाँजा फाट्ने र माथिबाट जमिन खस्नेक्रम सुरु भएपछि जुगल गाउँपालिका–२ गोल्चे लिदीका निमासहितको टोलीले तेस्रो पटक यही साउन २३ गते बस्ती स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत अन्य निकायको ध्यानाकर्षण गराएका थिए। उनीहरूले पहलले सार्थकता नपाउँदै पहिरोले निमाका परिवारका ३ सहित गाउँका अन्य २७ जनालाई पहिराले बेपत्ता बनाएको छ।

पहिरोमा पुरिएका ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधव काफ्लेले बताए। उनका अनुसार पहिरोले पुरिएका २ पुरुष, ४ महिला र ५ बालबालिकाको शव उद्धार टोलीले भेटेको हो। भेटिएकाहरूको सनाखत हुन सकेको छैन। शुक्रबार बिहान साढे ६ बजे स्थानीयले घरमा खाजा खाने समयमा बस्तीको करिब चार सय मिटर माथिबाट बगेको पहिरोले टोलका ३७ घर पुर्दा ठूलो मात्रामा धनजनको क्षति छ।

सँगै सुतेकी श्रीमती बच्चा लिएर अर्को घरमा गएका बेला पहिरो खसेको आवाजले झस्किएका निमा हाम फालेर भागे। तर ३७ वर्षीया श्रीमती धनमाया दोङ, ५ महिनाको छोरा र ७२ वर्षीया आमा वाङ्जी लामालाई भने उनले बचाउन सकेनन्। ‘सुतेको घरबाट उठेर श्रीमती बाबु लिएर अर्को घरमा खाजाको लागि छ्याङ बनाउन गएकी थिइन्, लप्सेमा रहेको टहरोमा रात बिताएर आमा पनि भर्खर घर आउनु भएको थियो’, निमाले टेलिफोनमा भने, ‘एक्कासि ठूलो आवाजसहित पहिरो आयो म हाम फालेर भाग्न सकें तर, परिवारका कसैलाई बचाउन सकिनँ।’

गाउँमा पहिरोको जोखिम बढेपछि अधिकांश स्थानीयले अन्यत्र गोठ र टहरो हालेर रात बिताउने गरेका थिए। रात अन्यत्र बिताउन गएका समेत खाजा खान र अन्य काम घर आएका बेला खसेको पहिरोले कसैलाई बाँकी नराखेको निमाले सुनाए। ‘भाग्न सक्ने हामी केही बाँचेका रहेछौं’, भाग्ने क्रममा पहिरोको छर्राले लागेर हात र गर्धनमा चोट लागेका निमाले भक्कानिँदै भने, ‘परिवार त गुमाएँ, सिंगो गाउँमा सान्त्वना दिन बाँकी पनि कोही रहेनन्।’

भौगोलिक रूपमा विकट र यातायातको पहुँचबाट टाढा रहेको लिदीमा घटनाको झन्डै ५ घण्टापछि हेलिकोप्टरमा गएको नेपाली सेना र स्थानीयले घाइतेको उद्धार गरे। यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा चढेर आएको हेलिकोप्टरमा सदरमुकाम चौताराबाट नेपाली सेना पठाएर ५ जना घाइतेको उद्धार गरिएको थियो।

बेपत्ताको खोजी तथा उद्धारका लागि हेलिकोप्टरबाट सेनालाई पहिरोस्थल पठाइएको थियो। हेलिकोप्टरबाट घाइतेको उद्धार गरी सदरमुकाम चौतारा ल्याइएपछि सभामुखको टोली घटनास्थल पुगे। कात्तिके प्रहरी चौकीबाट ६ घण्टा पैदल हिँडेर अपराह्न मात्र प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बस्तीमा पहिरो खस्ने खतरा देखेपछि तेस्रो पटक सरकार गुहारेको साता नबित्दै गाउँमा ठूलो जनधनको क्षति भएको वडाध्यक्ष प्रताप लामाले बताए। बस्तीमुनि खनिएको जलविद्युत् आयोजनाको सुरुङका कारण पनि पहिरो खसेको स्थानीयको अनुमान छ।

गृहमन्त्री रामबहादुर थापा राहत सामग्री लिएर हेलिकप्टरमा पहिरो गएको जुगल गाउँपालिका पुगेका छन्। टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतका अधिकारी छन्। गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाललगायत लिएर टोली पहिरो गएको स्थलतर्फ आएको हो। अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया

ट्रेन्डिङ