Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैतडीमा जङ्गली जनावरद्वारा बालीनाली सखाप

बैतडीमा जङ्गली जनावरद्वारा बालीनाली सखाप

बैतडी । बैतडीमा जंगली जनावर बँदेल, भालु, दुम्सी, बाँदर लगायतले आतंक मच्चाएका छन् । ती जनावरले पछिल्लो समय मानिसमाथि आक्रमण गर्नुका साथै बालीनाली समेत नष्ट गर्न थालेका छन् । दिउँसो बाँदर र रातिको समयमा बँदेल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांश क्षेत्रमा मकैबाली जोगाउनै मुस्किल भएको छ ।

मकैबाली जोगाउन बारीमै जाग्राम बस्नुपरिरहेको अर्का किसान झिमा विष्टले गुनासो गरिन्। दिउँसोको समयमा बाँदरले खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको छ । घोगा लाग्ने बेला मकैबाली जंगली जनावरले सखाप पार्न थालेको छ । उनले भनिन्, ‘रातदिन खेतबारीमा टहरा बनाएर पहरा दिँदासमेत मकैबाली जोगाउन सकिने अवस्था छैन, दिनमा बाँदर र रातिको समयमा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ ।’

रातिको समयमा मात्रै आउने जङ्गली बँदेल अब दिउँसै बारीमा आउन लागेका छन् । रातिका समयमा बँदेलको बथान आएर किसानले लगाएको मकै वाली नष्ट पार्न थालेपछि भोकमरी हुने चिन्ता बढेको पञ्चेश्वर वीरेन्द्र भट्टले जानकारी दिए । बस्ती नजिकका जङ्गलबाट आएर जङ्गली बँदेलले मकै नष्ट गर्ने गरेको छ । उनले भने, ‘जङ्गली जनावरले मकै सखाप पारेका छन्, जोगाउनै सकस छ । भोकमरी हुने चिन्ता पनि बढेको छ ।’

किसानले मेहनत गरेर लगाएको बाली बर्सेनि जङ्गली जनावरले सखाप पार्न थालेपछि किसानलाई चिन्ता बढेको छ । हरेक वर्ष जंगली जनावरले बालीनालीमा व्यापक क्षति पु¥याउन थालेपछि कतिपय ठाउँका किसानले बालीनाली लगाउनै छोडेका छ । जिल्लाका विभिन्न ठाउँमा जंगली जनावरले बर्सेनि बाली नालीमा क्षति पु¥याउने थालेपछि नागरिकको कृषि पेसामा आकर्षण घट्दै गएको छ ।

यसैबीच जङ्गली जनावरले मानिसमाथि नै आक्रमण गर्न थालेको छ । केही दिन अगाडि शिवनाथ गाउँपालिका २ फट्केढुङ्गाका १२ वर्षीय मनिस साउँदमाथि जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको थियो । मकैबाली खान आएका जङ्गली बँदेलले दिनमै मानवमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ ।

एकातिर मकैबाली नास हुनै भन्दै चिन्ता बढेको छ भने अर्कोतिर मानवमाथि नै आक्रमण हुन थालेपछि डर पनि बढेको मानसिंह साउँदले बताए । उनले भने, ‘मेहनत गरेर लगाएको मकैबाली जोगाउन मुस्किल परेका बेला जङ्गली जनावरले मानिसमाथि नै आक्रमण गर्न थालेपछि त्रास फैलिएको छ ।’

जङ्गली जनावरले पारेको क्षतिबारे स्थानीय सरकारले एक्लैले नसक्ने जनप्रतिनिधिले बताउँदै आएका छन् । बैतडीमा १४ हजार पाँच सय हेक्टर जमिनमा मकै खेती हुने गरेको भए पनि पछिल्लो समयमा उत्पादनमा कमी आउन थालेको छ ।

जङ्गली जनावरले मकैबाली सखाप पार्ने गरेकाले उत्पादन घटेको हो । बाली बीमा नहुँदा किसानले बालीनालीमा क्षति पुग्ने गरेको भए पनि क्षतिपूर्ति पाउँदैनन् ।

प्रतिक्रिया