Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०५ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

आज पिता सम्मान दिवस

आज पिता सम्मान दिवस

हिन्दु धर्मशास्त्रअनुसार घरघरमा कुश सिउरेर बुधबार कुसेऔंसी पर्व मनाइँदै छ । प्रत्येक संवत्सरको भाद्र कृष्णपक्ष औंसीको दिन मनाइने यस पर्वलाई पिता सम्मान दिवसका रूपमा पनि मनाउने गरिएको छ ।  

यस दिन शास्त्रोक्त विधिद्वारा ब्राह्मण–पुरोहितहरूले बिहानै फूलबारीमा गई पूजा गरी कुश उखेलेर यजमानका घरको मूलढोकामाथि वा दलिनमा सिउँरिदिन्छन् । यसरी घरमा कुश राख्नाले घरभित्र दूषित वायु, विकिरण तथा भूतप्रेतको प्रवेश नहुने र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । कुश, तुलसी, पीपल र शालिग्रामलाई शास्त्रले भगवान् विष्णुको रूप मानेको छ । साथै, हिन्दु धर्ममा उल्लेख गरिएका जन्मदेखि मृत्युपर्यन्तका सम्पूर्ण सोह्र संस्कारसम्बन्धी पूजामा कुशको प्रयोग गर्नुपर्ने शास्त्रले नै विधान गरिदिएको छ ।  

अथर्व वेद, श्रीमद्भागवत महापुराण, शिव पुराण, गरुड पुराण, विष्णु पुराणलगायत ग्रन्थमा कुशको उल्लेख पाइन्छ । यस दिन राखिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ । सो कार्य गर्दा दाहिने हातको औंलामा कुशको औंठी बनाएर लगाउने चलन छ । यसले वातावरणमा भएका खराब तरंग वा विकिरणहरूलाई निस्तेज पार्ने र कार्य गर्दा कर्तालाई संयम बनाउने धार्मिक तथा वैज्ञानिक मान्यता रहेको छ । घरमा कुश राख्दा सूर्यबाट आउने विभिन्न प्रकारका विकिरणलाई नियन्त्रण गर्ने वैज्ञानिक मान्यताका आधारमा पनि यस दिन मूलढोकामाथि कुश सिउरिने गरिएको विज्ञहरू बताउँछन् ।

भाद्र कृष्णपक्ष औंसीका दिन पितृसम्मान दिवस मनाइन्छ । यस दिन पिताको सम्मान गरी जन्यजनक भाव सम्बन्धलाई प्रगाढ बनाउने परम्परा रहेको छ । श्रुतिस्मृतिमा ‘आत्मा वै पुत्रः’ अर्थात् कुनै पनि सन्तान व्यक्तिको आफ्नो  

स्वरूपको रूपमा जन्मिएको हुन्छ भनिएको छ । तसर्थ यस दिन पिताकै स्वरूपमा  

जन्म लिएका हरेक सन्तानले पिताको सम्मान गर्ने वैदिक कालदेखि नै परम्परा विकसित भएको पाइन्छ ।  

आजको दिनमा पिता जीवित हुनेले मीठामीठा पक्वान्न तयार पारी खुवाउने, न्याना उपयोगी कपडाद्वारा सम्मान गर्ने, बुवाको मुख दर्शन गर्ने र प्रणाम गर्ने चलन रहेको छ भने पिताको देहावसान भइसकेकाहरूले चाहिँ पितृमुक्तिको कामना गर्दै पितृ तर्पण वा दानदक्षिणा गर्ने गर्दछन् ।

पिता जीवित हुनेले मीठामीठा पक्वान्न तयार पारी खुवाउने, न्याना उपयोगी कपडाद्वारा सम्मान गर्ने, बुवाको मुख दर्शन गर्ने र प्रणाम गर्ने चलन रहेको छ भने पिताको देहावसान भइसकेकाहरूले चाहिँ पितृमुक्तिको कामना गर्दै पितृ तर्पण वा दानदक्षिणा गर्ने गर्दछन् । पिता नहुनेले अघिल्लो दिन एकछाक मात्र सात्विक भोजन गर्ने र औंसीको दिन बिहानै बुवाको तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय, संगमस्थलआदि तीर्थमा गएर स्नान गर्ने र पितृहरूको नाममा तर्पण तथा श्राद्ध गर्ने धार्मिक मान्यता रहेको छ ।

‘माता गंगा समा तीर्थ पिता पुष्करमेव च  
गुरुः केदारकं तीर्थ माता तीर्थ पुनः पुनः ।
भरणं पोषणञ्चैव भोजनं रससंयुतम्  
कारितामेव भो तात पितृदेव नमोऽस्तुते ।

शास्त्रमा आमा गंगासमान र पिता पुस्कर क्षेत्रसमान तीर्थ हुन् भनिएको छ । ‘यहाँले भरणपोषण गर्नुभयो, मीठामीठा रसयुक्त पक्वान्न तयार पारेर खुवाउनुभयो, लौकिक तथा पारलौकिक खुसी एवं सुख वहन गर्ने सक्षम पात्र बनाउनुभयो तसर्थ म हजुरको सदासदा ऋणी छु’ भनेर मातापितालाई नमन गरेको प्रसंग धर्मशास्त्रमा उल्लेख छ । पिताको स्मृतिमा कतिपयले यसै दिन गुरुकुल, पाठशााला, मठमन्दिरमा रहेका पराश्रित बटुक, ब्राह्मण र साधुसन्तलाई भोजन गराउने, वस्त्रदान गर्ने, त्यस्तै पिताको नाममा अक्षयकोष खडा गर्ने, धारा, पाटीपौवा, चौतारा, धर्मशाला आदि निर्माण गर्नेजस्ता सुकार्य गर्ने परम्परासमेत  रहेको पाइन्छ ।  

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण, सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो वंशमा सुखसन्तति वृद्धि हुने धर्मग्रन्थमा उल्लेख छ ।

खासगरी यस दिन काठमाडौंको गोकर्ण, सुनसरीको वराहक्षेत्र, विष्णुपादुका, देवघाट आदि क्षेत्रमा पितृश्राद्ध गरे पितृहरूको मोक्ष हुने र पितृको आसिक लाग्ने शास्त्रीय मान्यताका आधारमा यी क्षेत्रमा भिड लाग्ने गरेको छ ।

प्रतिक्रिया