Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गुड फ्राइडे सिनेमा -अहिले सबैतिर एकदमै चर्चा कमाएको फिल्म, हेर्नुस् युट्युबमा

गुड फ्राइडे सिनेमा -अहिले सबैतिर एकदमै चर्चा कमाएको फिल्म, हेर्नुस् युट्युबमा

अहिले सामाजिक सञ्जालहरूमा एउटा फिल्मले निकै चर्चा पाइरहेको छ- १२वीं फेल। यो फिल्म विधुविनोद चोपडाले बनाएका हुन्। उनी सामान्य कथालाई टिपेर भव्य फिल्म बनाउने निर्देशकका रूपमा चिनिन्छन्।

'मर्डर एट मंकी हिल' बाट निर्देशनमा हात हालेका चोपडाले थुप्रै फिल्म निर्माण पनि गरेका छन्। 'खामोश', 'परिन्दा', '१९४२ लभ स्टोरी' उनले निर्देशन गरेका उत्कृष्ट फिल्म हुन्। त्यस्तै उनले निर्माण गरेका 'मुन्नाभाइ एमबिबिएस', 'सन्जु', 'थ्री इडियट्स', 'पिके', 'वजिर' लगायत फिल्म बहुचर्चित छन्।

पछिल्लो समय भने उनी निर्देशनभन्दा निर्माणमै सक्रिय छन्। सन् २००० मा उनले निर्देशन गरेको 'मिसन कश्मिर' ले चर्चा पाएको थियो। त्यसपछिका वर्षहरूमा उनले तीन फिल्म निर्देशन गरे तर सफल हुन सकेनन्। 

यसपालि १२वीं फेलले भने चोपडाको निर्देशनको साख फर्काइदिएको छ। सिनेमा हलहरूमा यो फिल्म सलमान खानको 'टाइगर' सँगै भिडेको थियो। विक्रान्त मासे, मेधा शंकर, सञ्जय बिस्नोइ, हरिश खन्ना लगायत कलाकारको मुख्य भूमिका रहेको यो फिल्म सुरूमा 'टाइगर' को चपेटामा पर्‍यो। तर दर्शकहरूले प्रशंसा गर्दै जाँदा केही दिनपछि फिल्मले राम्रै कमाइ गर्‍यो र हिटमा दर्ज भयो। 

केही दिनअघि मात्र यो फिल्म युट्युबमा पनि उपलब्ध भयो। त्यसपछि भारत मात्र नभई नेपाली दर्शकहरूका माझ पनि यो फिल्म लोकप्रिय भयो। यो फिल्मको कथा सामान्य छ, तर यसले दर्शकमा बलियो प्रभाव छाड्छ। यो मनोजकुमार शर्माको जीवनमा आधारित फिल्म हो।

कुनै बेला डाकुहरूको कब्जामा रहेको गाउँका युवक हुन् मनोज। उनको परिवार एकदमै इमानदार छन्, भ्रष्टाचारका विरोधी हुन्। घरको आर्थिक अवस्था कमजोर भए पनि मनोजका बुबाले इमानदार भएकै कारण जागिर गुमाउनुपर्छ। त्यसपछि उनी मुद्दा लड्न दिल्ली जान्छन्। 

यता मनोज १२ कक्षाको परीक्षा दिँदै हुन्छन्। स्कुलले नै उनीहरूलाई चोराएर पास गराउँदै आएको हुन्छ। यसपालि भने डिएसपी दुश्यन्त सिंह उनको गाउँमा सरूवा भएर आएका हुन्छन्। उनले परीक्षा रोकिदिन्छन्।

एक दिन मनोज एउटा लफडामा फसेर जेल पुग्छन्। त्यही क्रममा उनले दुश्यन्तको मद्दत माग्छन् र सहयोग पाएर प्रभावित हुन्छन्। उनले पनि डिएसपी बन्ने सपना देखेर दिनरात मेहनत गर्छन्। 

हजुरआमाले जोगाएको केही पैसा बोकेर उनी डिएसपीको तयारीका लागि ग्वालियर सहर जान्छन्। तर बाटैमा उनको सबै सामान चोरी हुन्छ। डिएसपीको जाँच पनि तीन वर्षका लागि रोकिन्छ। 

सपना टुटेका बेला उनको भेट प्रितम पाण्डेसँग हुन्छ। प्रितमबाट मनोजले आइपिएस अधिकारीबारे थाहा पाउँछन् र उनकै पछि लागेर दिल्ली जान्छन्। त्यहाँ उनको भेट गौरी भैया र श्रद्धासँग हुन्छ। उनीहरू पनि सरकारी अधिकारी बन्ने तयारीमा जोडतोडसँग लागेका हुन्छन्।

प्रितम र श्रद्धालाई आर्थिक चुनौती थिएन। गौरी भैयालाई पनि खास समस्या थिएन। तर स्वाभिमान र आत्मसम्मानमा आँच आउने कुनै काम नगर्ने मनोजको बिजोग हुन्छ।

तयारी कक्षा जान त के उनलाई एक छाक जुटाउन पनि मुस्किल हुन्छ। त्यसमाथि उनी परीक्षामा बारम्बार असफल भइरहे। गाउँमा प्रहरीको बर्दी लगाएर आउँछु भन्दै हिँडेका मनोजले अब के गर्लान्? के उनी सफल होलान्?

यसका लागि फिल्म नै हेर्नुहोला।

प्रतिक्रिया