ताजा अपडेट
राष्ट्रसंघ भन्छ– महिला घरमा पनि असुरक्षित
सन् २०२३ मा हरेक दिन औसत १४० महिला र केटीहरू आफ्नै घनिष्ठ साथी वा नजिकको नातेदारबाट मारिएको खुलासा भएको छ । लैंगिक हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदनले सोमबार उक्त जानकारी दिएको हो ।
प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो । महिला र किशोरी चौतर्फी रूपमा हिंसाबाट ग्रसित छन् । ‘जताततै लैंगिक हिंसाको चरम रूपबाट महिला प्रभावित भइरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘महिला र केटीहरूका लागि घर सबैभन्दा खतरनाक ठाउँ हो ।’ गत वर्ष करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको मृत्यु आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ ।
यो भनेको हरेक दिन १४० जना वा प्रत्येक १० मिनेटमा एकजना महिलाको हत्या हुनुबराबर हो । प्रतिवेदनमा भनिएको छ, ‘यो महिला र किशोरीका लागि घातक हो ।’ अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो ।
सबैभन्दा कम महिला हत्यादर युरोप र एसियामा छ । केही देशमा हिंसा रोक्न प्रयास गरिए पनि लैंगिक असमानता र रुढिवादले नारीहत्याको संख्या बढेको छ । यसविपरीत अधिकांश पुरुषको हत्या घरबाहिर हुन्छ । प्रतिवेदनमा भनिएको छ– देशहरूले महिला र बालिकाको हत्या रोक्न प्रयास गरे पनि सफल हुन सकेको छैन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया