Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राष्ट्रसंघ भन्छ– महिला घरमा पनि असुरक्षित

राष्ट्रसंघ भन्छ– महिला घरमा पनि असुरक्षित

सन् २०२३ मा हरेक दिन औसत १४० महिला र केटीहरू आफ्नै घनिष्ठ साथी वा नजिकको नातेदारबाट मारिएको खुलासा भएको छ । लैंगिक हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदनले सोमबार उक्त जानकारी दिएको हो ।

प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो । महिला र किशोरी चौतर्फी रूपमा हिंसाबाट ग्रसित छन् । ‘जताततै लैंगिक हिंसाको चरम रूपबाट महिला प्रभावित भइरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘महिला र केटीहरूका लागि घर सबैभन्दा खतरनाक ठाउँ हो ।’ गत वर्ष करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको मृत्यु आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ ।

यो भनेको हरेक दिन १४० जना वा प्रत्येक १० मिनेटमा एकजना महिलाको हत्या हुनुबराबर हो । प्रतिवेदनमा भनिएको छ, ‘यो महिला र किशोरीका लागि घातक हो ।’ अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो ।

सबैभन्दा कम महिला हत्यादर युरोप र एसियामा छ । केही देशमा हिंसा रोक्न प्रयास गरिए पनि लैंगिक असमानता र रुढिवादले नारीहत्याको संख्या बढेको छ । यसविपरीत अधिकांश पुरुषको हत्या घरबाहिर हुन्छ । प्रतिवेदनमा भनिएको छ– देशहरूले महिला र बालिकाको हत्या रोक्न प्रयास गरे पनि सफल हुन सकेको छैन । 

प्रतिक्रिया

ट्रेन्डिङ