Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०५ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

डा. गोविन्द केसीलाई औषधि किन्न रोक

डा. गोविन्द केसीलाई औषधि किन्न रोक

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी बिहीबारदेखि खलंगामा बस्ने भनिएको सत्याग्रह स्थगित गरेर विशेषज्ञ सेवा दिन गाउँ जाने तयारीमा थिए । उनको झोलामा औषधि सकिएकाले किन्नुपर्ने भयो । एकाबिहानै उनी औषधि किन्न अस्पतालको फार्मेसीतिर लागे । उनको योजना थियो– अस्पतालको फार्मेसीबाट औषधि किन्ने र सिँजा क्षेत्रका गाउँमा स्वास्थ्य सेवा दिन जाने । तर औषधि किन्न अस्पतालको गेटभित्र जान नदिइएपछि उनी रित्तो हात फर्किए । औषधिबिनाको रित्तो झोला लिएर गाउँ जान उनको मनले मानेन । उनी सदरमुकाम खलंगामै रोकिए ।  

केसी केहीबेर गेटमै बसे । सबैजसो ओहोरदोहोर गरिरहेका थिए । उनीमात्र अस्पतालको गेटभित्र जान पाएका थिएनन् । गाउँ लैजाने औषधि बाहिरका मेडिकलमा नपाइने भएकाले अस्पतालको फार्मेसीमा किन्न गएको केसी बताउँछन् । उनले भने, ‘जब गेटमा पुगेको थिएँ तब अस्पतालको गार्डले रोक्नुस् भने । म रोकिएँ । अरूलाई जान–आउन दिएको देखेर मैले गार्डसँग जिज्ञासा राखें । मलाई किन जान नदिइएको ?’ ती गार्डको जवाफ उद्धृत गर्दै केसीले भने, ‘अस्पताल निर्देशक डा. मंगल रावलको आदेश तपाईंलाई भित्र प्रवेश गर्न नदिनु भन्ने छ । त्यसैले तपाईंले गेटभित्र प्रवेश पाउनुहुन्न ।’ गार्डको जवाफ सुनेपछि केसी आफू बसेको होटलतिर फर्किए ।

अस्पतालभित्रको फार्मेसीमा लगभग सबै प्रकारका औषधि पाइन्छन् । यसअघि उनले डोल्पा, मुगु र पातारासी जाँदा अस्पतालभित्रको पसलबाट औषधि किनेर लगेका थिए । ‘पहिला किनेका औषधि सकिएछन् । रित्तो हात गाउँ किन जानु भनेर अस्पतालको फार्मेसीमा किन्न जान खोजेको थिएँ । त्यहाँ जान अंकुश लगाइयो,’ उनले भने, ‘मलाई जहाँजहाँबाट अवरोध भइरहेको छ । त्यो अवरोधले अझै ऊर्जा थपेको छ ।’ दुई÷चारजना स्थानीयले आफूलाई किन प्रवेश नदिइएको भने पनि गार्डले त्यो आवाज नसुनेको केसीले बताए ।

केसीले भने, ‘जब सत्याग्रह घोषणा गर्छु, स्थानीय प्रशासनले लकडाउन गर्छ, प्रहरी म बसेको होटलबाहिर गेटमा आएर बस्छन् । सत्याग्रह स्थगित गर्दा गेटका प्रहरी हराउँछन् । लकडाउन पनि लुुज हुन्छ । यो चिकित्सा शिक्षा सुधारको अभियान तुहाउने षड्यन्त्र हो । ‘हेरौं कति दिनसम्म षड्यन्त्र गरिरहन्छन् । जस्तोसुकै षड्यन्त्र भए पनि यो अभियान रोकिन्नँ । अभियान अझै धारिलो बनेर जानेछ ।’

डा. केसीलाई औषधि किन्न रोक्नु निकै गलत भएको नागरिक समाजले जनाएको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत केसीलाई औषधि खरिदसम्म गर्न नदिनु निकै निन्दनीय कार्य भएको बताउँछन् । ‘गरिबको सेवा गर्ने एउटा डाक्टरलाई अस्पतालमा औषधि किन्न प्रवेश नदिनु अन्याय हो । माथिबाट आदेश आयो भन्दैमा जे पनि गर्न पाइँदैन्,’ महत भन्छन्, ‘नागरिक अधिकारमा अंकुश लगाउनु लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाउनु हो ।’

डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मा एमबिबिीएस तहको पढाइ हुनुपर्नेलगायत माग राखेर आन्दोलनमा छन् । ‘म जुन प्रतिष्ठानका लागि लडिरहेको छु । त्यहाँभित्र प्रवेश निषेध गर्नु आश्चर्यको कुरा हो । तर जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न र स्वास्थ्यक्षेत्रमा भइराखेको दलालीअन्त्य गर्न ज्यान हत्केलामा राखेर लड्न तयार छु,’ उनले भने ।

डा. केसीले आफूले राम्रो काम गर्दा पनि प्रशासनले हस्तक्षेप गरेको भन्दै आक्रोश पोखे । उनले भने, ‘नेपालमा केपी ओली सरकारले नर्थ कोरियामा जस्तो शासन चलाइराखेको छ । जनताबाट निर्वाचित प्रतिनिधिले नै जनताको स्वास्थ्य अधिकार कुण्ठित गरिरहेका छन् । जनताको पक्षमा सुरु गर्न थालिएको सत्याग्रह बिथोल्न सरकार लागेको छ । जुम्लामा भइरहेको क्रियाकलापले यो प्रमाणित हँुदैछ तर म लड्न छाड्दिनँ । हार खाँदिनँ । म गाउँमा गएर विशेषज्ञ सेवा दिन्छु । अन्यत्रबाट औषधिको जोहो गरेर भए पनि गाउँ जान्छु ।’

हाडजोर्नी विशेषज्ञ उनले हाडजोर्नीको उपचारमा काम लाग्ने दुई प्रकारका औषधि बाहिर नपाउने भएको प्रतिष्ठानको फार्मेसीमा किन्न खोजेको बताए । ‘कोरोनाका बेला सत्याग्रह नबस्न सबैले भनेपछि स्थगित गरी सिँजा, पातारासी क्षेत्रमा जाने योजना बनाएँ,’ उनले भने,  

‘रित्तै जानुभन्दा बिरामीका लागि औषधि लग्नुप¥यो भनेको त किन्न भित्र छिर्नै दिएनन् ।’

करिब २ महिनादेखि कर्णालीमा रहेका केसीलाई स्थानीय तह र स्थानीय प्रशासनले बिरामीको उपचार र स्वास्थ्य परीक्षणमा पनि अवरोध गर्दै आएका छन् । केन्द्र सरकारको निर्देशनमा आफूमाथि यस्तो अवरोध हुँदै आएको केसीको भनाइ छ । स्वयंसेवा गर्न खोज्दा पनि अवरोध गरिँदा आफू अचम्मित भएको उनले बताए ।  

अस्पताल निर्देशक डा. राावल भने अस्पतालमा डा. केसीलाई कुनै रोकटोक नभएको बताउँछन् । उनले भने, ‘डा. केसी अस्पतालमा औषधि किन्न आएको जानकारी पाइनँ । थाहा भएको भए आफैं औषधि किन्न सहयोग गर्थें । तर मलाई डा. केसी अस्पताल आएको जानकारी नै भएन । गेटबाट फर्केको पनि थाहा भएन् ।  नागरिक

प्रतिक्रिया