Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हलिया मुक्तीका १२ बर्ष : "समय फेरियाे,दैनिकी फेरिएन"

हलिया मुक्तीका १२ बर्ष : "समय फेरियाे,दैनिकी फेरिएन"

हरि जोशी धनगढी ।

आज भन्दा १२ बर्ष पहिले वि.स २०६५ सालमा नेपाल सरकारले देशभर हलिया मुक्तिको घोषणा गर्‍यो । तर, हालसम्म पनि डोटीका नन्दा लुहार लाई भने कुनै महशुस हुन सकेको छैन् । कारण, सरकारले मुक्त घोषणा गर्दा जुन अपेक्षा हलियाहरुले गरेका थिए त्यो व्यवहारमा अझै अनुभब गर्न पाएका छैनन्  ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा अझैपनि हलिया प्रथा पुर्ण रुपमा हट्न सकेको छैन् अर्थात अझैं कायमै छ । अझ केही जिल्लामा पहिचान हुन बाँकी हलिया हजारौको संख्यामा छन् भने परीचय पत्र थमाइएकाहरुको दैनिकी पनि परिर्वतन हुन सकेको छैन् ।

ऋण लिएपछि पुस्तौंसम्म बँधुवा मजदूर बनिने हलिया प्रथा विगतमा यस प्रदेश प्रचलित थियो । अहिले पनि प्रदेशका डडेल्धुरा, बैतडी, डोटी, बझाङ, दार्चुला, कैलाली र कञ्चनपुरमा हजारौं मानिस यो प्रथामा लाई पेशाका रुपमा अंगाल्न बाध्य छन् । 

१२ वर्षअघि हलियाको तथ्यांक संकलनमा गम्भीर त्रुटि भएकाले थुप्रैले दुःख पाइरहेको हलिया मुक्तिका क्षेत्रमा लामो समय काम गरेका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश संयोजक खड्कराज जोशी बताउनुहुन्छ ।   राज्यले दिएको सुविधा पनि सबै हलियाको पहुचँमा पुग्न नसकेका कारण वास्तविक हलियाहरु अझैपनि कष्टकर जिवन गुजारिरहेको उहाँको भनाई छ ।

“मुक्त हलियालाई सरकारले दिएको रकमले काम गर्न कठीन छ, सरकारले स्वरोजगार तथा उद्यमशिलताका कार्यक्रमहरुमा उनिहरुको पहुचँ बनाउन ध्यान दिनुपर्ने देखीन्छ” सरकार लाई जाेशीको सुझाव छ ।  प्याकेजले मुक्त हलियाको समस्या सम्बोधन गर्न नसकेकोले अहिलेसम्म बाँडिएका प्याकेजको प्रभावकारी अनुगमन गरिनुपर्नेमा जोशीको जोड छ ।  

हलिया भनेर पहिचान भइसकेका मध्ये करीब १० हजारलाई विगत १२ वर्षमा सरकारले जग्गा किन्ने, घर बनाउने र घर मर्मत गर्ने रकम सहितको ‘प्याकेज’ बाँडेको छ । बाँकी  त्यस्तो प्याकेजको पर्खाइमै छन् । सरकारले बाँकी सबै हलियाको पुनस्र्थापना गरिसक्ने महत्वाकांक्षी लक्ष्य राखेको दावि पटकपटक सरकारी अधिकारीहरुले गर्दै आएको भए पनि हाल सम्म पनि उचित सम्बोधन हुन नसक्दा  हलिया समुदाय र अधिकारकर्मीहरू सन्तुष्ट हुन नसकेका हुन् ।

सरकारले लागुगरेको पुनर्स्थापना प्याकेजप्रति मुक्त हलियाहरू खुशी छैनन् । हलिया समुदायले सरकारको पुनःस्थापना प्याकेज अपर्याप्त भएको र विस्तृत अनुसन्धान विना लागू गरिएको गुनासो गरिरहेका छन् । उनीहरूले स्वतन्त्रतापूवर्क बाँच्ने आधारका लागि पहाडमा १० रोपनी वा तराईमा १० कट्ठा जमीनको माग गर्दै आएका छन् । 


रु. २ लाख पाएपछि प्रायः हलिया खेती गर्न नसकिने ठाउँमा जग्गा किनेर बसेको र त्यसबाट उनीहरूको जीविकोपार्जन कठिन भएको अधिकारकर्मीहरू बताउँछन् । पहिलो मुक्त हलियाका रूपमा चिनिने डडेल्धुराका रामबहादुर पार्की सरकारले दिएको पैसाले राम्रो जग्गा किन्न नसकेको बताउँछन् । सीमित रकमबाट शहरको भन्दा केही बढी जग्गा पाउन गाउँको पाखो रोजेका उनी पाखो तथा उव्जनि नहुने जमीनमा बस्न कठिन भएको बताउछन् । 


सरकारले मुक्त हलियाको बसोबास बाहेकका कुरामा ध्यान नदिंदा उनीहरू रोजगारीसँगै स्वास्थ्य र शिक्षामा समेत गैरसरकारी संस्थाहरूको भर परेका छन् । डोटी दिपायलकी सितादेवि दमाईलाई पटकपटक गरि कहि संस्थाहरुले स्वरोजगारका लागी सहयोग गरेको भए पनि सरकारले दिगो तथा नितीगत रुपमा आफ्ना समस्याबारे निर्णय गर्न नसक्दा सकस भएको छ । 


हलियामुक्ति भएको दिनका रुपमा आजको दिनलाई हर्षको दिवसका रुपमा लिनुपर्नेमा मुक्तहलियाहरुलाई मुक्तिका वर्षको जस्तो उल्लास भने देखिएको छैन् । एकातिर कोरोना भाइरसको महामारी छ भने अर्को तिर मुक्त हलियाहरु रोगको भन्दा उचित व्यवस्थापनको सरकार संग बाटो हेर्दै बसेका छन् ।   मुक्तिको १२ बर्ष बितिसक्दा समेत हलियाहरुको पुर्णरुपमा पुर्नस्थापना हुन सकेको छैन।

प्रतिक्रिया