Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

जोखिम मोलेर गाउँमै पुगेर सेवा दिँदै स्वास्थ्यकर्मी

जोखिम मोलेर गाउँमै पुगेर सेवा दिँदै स्वास्थ्यकर्मी

मेनुका ढुंगाना (अछाम)
मंगलसेन नगरपालिका –७ मा रहेको जनालीबण्डालीमा कार्यरत सिनियर अनमी धनसरा ढुंगाना स्वास्थ्य सेवामा प्रवेश गरेको १५ वर्ष भयो । यो अवधिमा उनले धेरै ठाउँमा पुगेर सेवा दिइन् । ग्रामीण भेगमा धेरै सेवा दिएकी उनी अहिले पनि गाउँमै छिन् । स्वास्थ्य चौकीमा बस्दा गाउँमा मान्छेसँग राम्रो सम्बन्ध बनाएकाले उनलाई सरुवा हुँदा पनि भेट्ने धेरै छन् । अहिलेसम्म धेरैका ज्यान बचाएकी छन् । अरुलेभन्दा ग्रामीण भेगमा लाग्ने रोग र त्यहाँको अवस्थाबारे उनी बढि जानकार छन् । उनी जुन ठाउँमा गइन राम्रै सेवा दिइन् । गाउँमा जाँदा स्वागत गर्ने ,सत्कार गर्नेहरु आज उनैलाई देख्दा डराउन थालेका छन् । घरमा जाँदा परिवार डराउँछन् । कार्यक्षेत्रमा जाँदा सेवाग्राही डराउँछन् । यतिबेला नराम्रो लाग्छ’ उनले भनिन् ,‘परिवारबाट टाढा बसेर स्वास्थ्य चौकी जान्छु । छोराछोरी नजिक आउन खोज्छन् । सबैबाट जोगिनु परेको छ । पहिलेभन्दा अहिले कामको चाप बढेको छ ।’

स्वास्थ्य संस्थाको पहुँचमा र सम्पर्कमा भइराख्नु पर्ने महिलाहरुलाई समुदायमा गएर हप्तामा २ दिन सुझाव सल्लाह दिन गरेकोे बताइन् । गर्भवती तथा सुत्केरी महिला स्वास्थ्यले संस्थामा गएर सुझाव सल्लाह लिन सक्ने अवस्था नभएकाले आमा समूह मार्फत समुदायमा गरेर भेटघाट गर्न थालेको उनले बताइन् ।

उनका अनुसार परिवार नियोजन , पोषण , सरसफाइ ,गर्भवती तथा सुत्केरी महिलाले ख्याल गर्नु पर्ने कुरालाई मध्यनजर गरेर छलफल हुन्छ । स्वास्थ्यकर्मीलाई गाउँमा देख्दा पनि डराउने अवस्थामा विभिन्न बाध्यता झेल्दै गाउँमा जान थालेको सिनियर अनमी ढुंगानाको भननाइ छ ।‘ हामी गाउँमा जाँदा डराउछन् । डराउनु पर्ने र जोगिनु पर्ने अवस्था पनि छ । तर सुत्केरी र गर्भवती महिलालाई यस्तो बेलामा हामीले ध्यान दिएनौं ज्यान नै जोखिममा पर्न सक्छ । कोरोनाको डरले हामी चुप लागेर बस्यौं भने अरु रोगले हजारौं महिलाको स्वास्थ्य जोखिममा पर्न सक्छ ’ उनले भनिन् ,‘अहिले नियमित गर्भ जाँच गर्न र स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीमा आउनेको संख्या ह्वात्तै घटेको छ ।’

धेरै पुरुषहरु भारतबाट फर्केकाले आर्थिक अभावका कारण परिवारमा हुनसक्ने कलह , हिंसाबाट बच्न समेत सचेतना दिन थालेको उनको भनाइ छ । ‘बिरामी कोहि आएनन् भनेर स्वास्थ्य चौकी कुरेर बसे पनि यो बेला फरक त पर्थेन । तर आफ्नो जिम्मेवारी र समुदायको उत्तरदायित्व कसैले पनि भुल्नु हुदैन ’ उनले भनिने ,‘समुदायमा गएर सबैलाई भेला पारेर ठूलै कार्यक्रमबाट सुझाव सल्लाह दिनुपर्छ भन्ने छैन । हामी स्वास्थ्यकर्मीले टाढै बसेर पनि सुझाव सल्ला दिन सक्छौं । यसले ग्रामीण भेगका महिलालाई  धेरै राहत पुग्छ । अहिले हामी यहि अभ्यास गरिरहेका छौं । कतिपयले क्वारेन्टाइन र आइसोलेसनमा काम गर्ने स्वास्थ्यकर्मी मात्र जोखिममा नभएर प्रत्येक व्यक्तीले आफू जोखिमा छु भन्ने सोचेर बच्नु पर्ने उनको भनाइ छ ।

लकडाउनको समयमा जिल्ला अस्पतालमा आउने बिरामीको संख्या घटेको जिल्ला अस्पतालकी सिनियर अनमि शुसिला ढुंगानाले बताइन् । ‘लकडाउन खुकुलो भएको बेला सामान्य बिरामीसमेत अस्पताल आउन थालेका थिए । अहिले मंगलसेन नगरपालिका सिल गरिएको छ । फेरी अस्पताल आउने बिरामीको संख्या घटेको छ  ’ उनले भनिन् ,‘गर्भवती , सुत्केरी र आपतकालिन अवस्थाका बिरामीको लासग जहिल्यै अस्पताल र स्वास्थ्य चौकी खुल्ला नै छन् ।’  उनका अनुसार गर्भवती र सुत्केरी महिलालाई गाउमै स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेका छन् । ‘गर्भावस्था र सुत्केरी महिलाले नियमितरुपमा आइरन चक्की , क्याल्सियम खानु पर्छ । ति औषधि समेत कतिपय अवस्थामा स्वास्थ्यकर्मीले  घरमै पुर्याइ दिएका छन् ।’ उनले भनिन् ।

कोरोना भाइरसको संक्रमण र त्रासले सबै ठाउँमा समस्या निम्त्याइ रहेकोे बेला स्वस्थ्यकर्मीले आफ्ना नियमित कामलाई उच्च जोखिममा रहेर  गरिरहेका छन् ।  अछामका ग्रामिण भेगमा समेत स्वास्थ्यकर्मीहरु सक्रिय भएर स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् । यस्तो बेलामा गर्भवती , सुत्केरीलाई पर्न सक्ने असरका बारेमा भौतिक दुरी कायम गर्दै स्वास्थ्यकर्मीहरु समुदायमा जनचेतना जगाउँदै सचेत पारिरहेका छन् । 
 

प्रतिक्रिया