Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

पसलमै बसेर दिन बिताउँछन् भारतबाट फर्केकाहरु

पसलमै बसेर दिन बिताउँछन् भारतबाट फर्केकाहरु

मेनुका ढुंगाना (अछाम)
भारतबाट कोरोना भाइरसको संक्रमणबाट जोगिन अधिकांस पुरुषहरु घर फर्किएका छन् । ६ महिना लामो समयसम्म घरमै बसेका बेरोजगार हुँदा यहाँका धेरै व्यक्तीको दैनिकी कष्टकर बन्दै गएको छ । आर्थिक , सामाजिक अवस्था पनि खस्किएको छ । घरमै बसेर कुनै काम गर्ने वातावरण नपाउँदा धेरैजसो समय चिया पसलमै बित्ने गरेको ढकारी गाउँपालिका –४ का रतन बहादुर साउद बताउँछन् । ‘गाउँघरमा काम गरौं भनेपनि केहि छैन । यसो पसलतिर पस्यो । गाउघरका नयाँ पुराना साथिभाइ गाउँ आएका छन् । भेटघाट हुन्छ । आजभोलीका दिन यसरी बितेका छन् ।’ उनले भने ‘घरमै बसेर भुलिने उपाय भएको भए यसरी पसलमा आएर बसिदैन थियो । बरालिएर हिंड्नु परेको छ ।’

भारतकै भरोसाले घरपरिवार धानेका धेरै घरमूली यतिखेर गाउँमै थन्किन परेको मंगलसैन नगरपालिका –१४ का रुपक परियार  बताउछन् । ‘भारत नगएपछि गाउँमै बसेर के गर्ने भनेर कहिल्यै सोचिएन । घर गयो , पसलमा आयो । साथिभाइसँग कुरा गर्यो, यसैगरी समय बितिरहेको छ ।’  घरको सबै जिम्मेवारीमा आफैं भएकाले झन तनाव थपिएको उनी बताउँछन् । ‘पसलमै बसेर समय बिताउने रहर त हामीलाई पनि होइन । तर अन्त जाने ठाउँ पनि त छैन ।’

ढकारी गाउँपालिका –४ बलाताका मोहन साउद भारतमा कामको खोजिमा जान थालेको २१ वर्ष पुरा भयो । यो अवधिमा उनी वर्षमा एक÷दुइ पटक घर आउने र फेरी भारतमै जाने गर्थे । झण्डै दुइ दशक बढी भारतमा जा“दा पनि एउटै जागिरको टुंगो थिएन । कहिले होटेलमा काम  गर्ने , कहिले गाडी धुने र कहिले सडक सफा गर्ने काम गर्थे । भारतमा कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिन थालेपछि गत चैत ७ गते उनी जसोतसो आफ्नो घर पुगे । ज्यान जोगाउन घर पुगेका मोहनको दैनिकी अहिले चिन्तै चिन्तामा बित्न थालेको छ ।  त्यहि चिन्ताबाट टाढा रहन उनी पनि अरुले जस्तै गाउँघरका पसलहरुको सहारा लिन्छन् । त्यतै बसेर गफगाफ गरेरै समय बिताउछन्  ।

‘घर पुगेपछिको र्दुइ हप्तासम्म गहुँबाली भित्राउने काममा व्यस्त भएँ । लकडाउन अवधि छोटो भइहाल्ला नी जस्तो लाग्थ्यो । एक महिनाजती घरमा बसेर भारतमै फर्किने सोच बनाएको थिएँ ’ उनले भने ,‘खेतबारीको उब्जनीले एक महिना खान पुग्दैन । रोजीरोटी चल्ने भारतबाटै हो । अहिले दिनप्रतिदिन तनाव थपिन थालेको छ । दिन बिताउन मुस्किल हुन थाल्यो । यसरी पसलमै बस्नु रहर होइन । दुःख भुुल्नलाई हो ।’
भारतमा काम गर्न जाने मजदुरहरुको हरेक वर्ष मंसिरमा जाने , बैशाखमा फर्किने र साउन भदौमा फेरी जाने गरेको मंगलसेन नगरपालिका ५ का पुरन भाट बताउछन् । ‘रोजगारी केहि छैन । तर पनि परिवारका आवश्यक्ता पुरा गर्नैपर्छ । यसरी बरालिएर हिंड्दा कसरी परिवारको माग पुरा हुन्छ ’ उनी भन्छन् ,‘ आवश्यक्ता पुरा नभए तनाव हुन्छ । तनावले कलह निम्त्याउँछ । आफ्नै बारीमा काम गरेर खान पुग्ने भए भारत किन जान पथ्र्यो 

मंगलसेन नगरपालिका –३ का बेदराज विष्ट चैत १० गते हतारमै भारतबाट आए । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि उनी आत्तिएर घर पुगे । लुगा , कपडा पनि ल्याउन पाएनन् । जसोतसो घर पुगे । थोरै जमिनमा गहँ बाली थियो । दुइ दिनमा त्यो काम पनि सके । अहिले लक्ष्मण फुर्सदिला भएसँगै तनामा छन्  । गाउँमा अरु काम नै पाएका छैनन् । ‘खेतबारी भए पनि त्यहि खनेर दिन बिताउन सजिलो हुन्थ्यो । अहिले साह्रै तनाव भएको छ ’ उनले भने,‘बाउबाजेले भारतमै गएर गुजारा चलाए । म पनि उतै गएँ । अब के गर्ने भन्ने तनावले सताएको छ ।’

(यो लेख नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल इन्जाको सहयोगमा तयार पारिएको हो ।)

 

 

 

प्रतिक्रिया