रामाराेशनकाे सडक पुन:निर्माणका लागि सुदुरपश्चिमका दुई मन्त्रीद्वारा मुजाबगरमा अन्तरक्रिया
यहि भाद्र २ गते राति कैलाशखाेलामा आएको बाढिपहिराेले क्षति गरेकाे सडक पुनःनिर्माणका लागि रामाराेशन गाउपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बाेहरा र आर्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहरा सहितकाे टाेलिले मुजाबगरमा स्थानीय र सराेकारवाला संग अन्तरक्रिया गरेकाे हाे । जयगढ-रामाराेशन सडक खण्डको शिला पक्की पुल देखि मुजाबगर हुदै सैनी सम्मकाे नदिले कटान गरेकाे सडक क्षेत्रकाे निरिक्षण सहित सडक खण्डमा पुगेको क्षतिकाे अवस्था, सडक निर्माणकाे बैकल्पिक ब्यावस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको छ ।