Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २३ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास

श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी, आज विवाह पञ्चमी पर्व मनाइँदै

श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी, आज विवाह पञ्चमी पर्व मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

यस्ता छन् अछामका प्रजिअका प्राथमिकता : अवैध गतिविधि रोक्ने, अनुगमन प्रभावकारी बनाइने

यस्ता छन् अछामका प्रजिअका प्राथमिकता : अवैध गतिविधि रोक्ने, अनुगमन प्रभावकारी बनाइने

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जिल्लामा हुने आपराधिक तथा अवैध गतिविधि रोक्न क्रियाशील हुने बताएका छन्। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटका क्रममा उनले विकास निर्माणका कामको पनि प्रभावकारी अनुगमन गरिने जानकारी दिएका छन्। पत्रकार भेटघाटका क्रममा प्रजिअ उपाध्यायले जिल्लामा भएका विभिन्‍न गतिविधि, समस्या र समसामयिक विषयमा पनि छलफल गरेका थिए। प्रजिअको जिम्मेवारी लिएर अछाम आएलगत्तै नागरिक सचेतना अभियान सञ्‍चालन गरिएको पनि उपाध्यायले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय अछामद्धारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय अछामद्धारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

जिल्ला प्रशासन कार्यालय अछामले नियमित गरिरहेको पत्रकार भेटघाट कार्यक्रम “मिट द प्रेस” शुक्रबार सम्पन्न भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा भएका विभन्न गतिविधि , समस्या र समसामयिक विषय बारे पत्रकारसँग छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारीको रुपमा अछाम आए लगत्तै नागरिकता सचेतना अभियान सञ्चालन गर्नुभएका प्रजिअ उपाध्यायले हालसम्म ६ हजारभन्दा बढिलाई सचेतना गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिने व्यक्ति र तिनका अभिभावकलाई बधाई दिँदै नागरिकताको महत्व , आवश्यक्ता तथा सदुपयोगको बारेमा सचेतना गरिँदै आएको उहाँले बताउनु भयो ।

कञ्चनपुर जिविसले ठेक्का लगाएर राजस्व असुल्दै आएको प्यारा  ताल कसरी  पुग्यो भारतको कब्जामा ?

कञ्चनपुर जिविसले ठेक्का लगाएर राजस्व असुल्दै आएको प्यारा ताल कसरी पुग्यो भारतको कब्जामा ?

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई लिएर सीमा विवाद चुलिएको छ । दुवै देशबीच ती क्षेत्रको सीमा विवाद समाधानका लागि पहल भइरहेको छ । तर त्यसबाहेकका क्षेत्रमा पनि दुई देशबीच सीमा विवाद नभएको भने होइन । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ९ मा रहेको प्यारा ताल पछिल्लो समय भारतको कब्जामा छ । कालापानीमा जस्तै प्यारा तालमा पनि भारतीय सुरक्षाकर्मीले नेपालीलाई प्रवेशमा रोक लगाएका छन् । ५ किलोमिटर लम्बाई र ६० मिटर चौडाई भएको उक्त ताल २०६१/०६२ मा खटिएको संयुक्त सीमा सर्वे टोलीको लापरवाहीका कारण भारतको कब्जामा पुगेको हो ।