Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

एक मन्त्री : जसले आफूलाई शासक हाेइन, जनसेवक ठाने

एक मन्त्री :  जसले आफूलाई शासक हाेइन, जनसेवक ठाने

धिरज कुँवर 

यही भदौ २ गते राति आएको कैलाश खोलामा आएको बाढीले जिल्लाकै पुरानो बजारका रुपमा परिचित सैनिबजार यतिखेर उजाड बनेको छ। सुदूरपश्चिमकै एक पर्यटकीय क्षेत्र रामारोशन गाउँपालिकास्थित कैलाश खोला आसपासका कयौं घर बाढीले निलेको छ। खेतियोग्य फाँट र धानबालीसहितको कृषिउपज पुरिएर बगर बनेको छ। 

रामारोशन क्षेत्रमा करिब डेढ सय वर्षयताकै ठूलो बाढीले विनाश गरेको २ दिनपछि संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा ’बादल’सहितको टोली हेलिकप्टर चढेर त्यस क्षेत्रमा उत्रियो।नेपाली सेनाको हेलिकप्टर लिएर पुगेको संघीय र प्रदेश सरकारको जम्बो टोलीले बाढी प्रभावित क्षेत्र अवलोकन र पीडितलाई राहत वितरण गरेको भन्दा अर्को विवादित विषयले देशको माहोल ततायो ।

बाढीले पुरेर पनि जोगिएको धानबालीमाथि मञ्च बनाएर बसेपछि गृहमन्त्रीसहितको टोलीको चर्को आलोचना भयो। गृहमन्त्रीसहित मञ्च बनाएर बसेको स्थानमा धान हरियै थियो । भलै दर्शदीर्घातर्फको धान बाढीले पुरेर कामै नलाग्ने थियो। धानबालीमाथि मञ्च बनाएर बसेका गृहमन्त्रीसहितको तस्बिर सामाजिक सञ्जालमा भाइरल मात्रै भएन उहाँहरुको चर्को आलोचना पनि भयो। 

यी तस्बिरलाई लिएर गृहमन्त्रीको सचिवालय हात धोएरै बचाउमा लाग्यो। कतिसम्म भने यसबारेमा उक्त धानबालीका मालिक कृषकलाई पनि सामाजिक सञ्जलमा गृहमन्त्रीसहित सरकारी टोलीको बचाउमा उतारियो। अर्कातिर रामारोशन गाउँपालिकाले पनि त्यो धान बाढीले पहिले नै पुरिसकेको भन्दै विज्ञप्ति नै निकाल्यो। उक्त विज्ञप्तिमा बाढीले पुरेको धानमाथि मञ्च बनाउँदा केही नबिग्रिएको भन्दै गाउँपालिकाले यसमा गृहमन्त्रीलाई दोष दिने कुरै नहुने उल्लेख गर्‍यो। अर्कातिरत गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले उक्त घटनाको बचाउ त गरे तर आगामी दिनमा त्यसरी कार्यक्रम गर्दा ख्याल गरिने भन्दै घुमाउरो भाषामा गल्ती स्वीकारे। 

गृहमन्त्रीहरु हेलिकप्टर चढेर रामारोशन पुगेको सातापछि त्यहीँ सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा पनि पुग्नुभयो । आफ्नै निर्वाचन क्षेत्रमा आइपरेको यो बिपत्तिमा त्यहाँका जनतालाई साथ दिन उहाँ धनगढीबाट जानुभएको थियो । उहाँले त्यहाँ पुग्ने क्रममा तालि सम्म गाडीमा चढेर त्यहाँदेखि स्थानीय कार्यकर्ता र सर्वसाधरणसँग पैदल यात्रा गर्नुभयो । साँफेबगरबाट गाडीमा मंगलसेन हुँदै तालीबाट पैदल यात्रा गर्नुभएका बोहोराले गज्जड, मुजाबगर, शान्तडा, खालबजार, सैनिबजार, नेटाकोट, अल्लेडी हुँदै रामारोशनको किनिमिनीमा गएको पहिरोसम्म अवलोकन गरेको हाम्रो बुलेटिनलाई प्रत्यक्ष जानकारी दिनुभयो । गोरेटो बाटो नबनेसम्म आफु यो ठाँउबाट नजाने उहाँले बताउनुभयो । तत्काल २० लाख रुपैयाँ दिएर बाटो बनाउन स्थानीयलाई परिचालन गरेर काम सुरु भैसकेको छ । राजनितीमा आउनुअघि नेपालको बैंकिङ क्षेत्रमा पनि थुप्रै योगदान दिनुभएका बोहोराले अनवरत रुपमा जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

आफ्ना मतदाता र सर्वसाधरणसँगै उहाँ पैदलै हिँडेको फोटो सार्वजनिक भएसँगै उहाँको प्रशंसा सुरु भएको छ । सबैले सामाजिक सञ्जालमा फोटो हालेर अहिले ’हामीले यस्तै मन्त्री खोजेको हो’ भनेर प्रशंसा गरिरहेका छन्। बादलले धान मासेर मञ्चमा बसेको भन्दै आलोचना भइरहँदा बोहोरा त्यहाँ पुग्दा भने उहाँको प्रशंसा भएको छ । एकदमै साधरण शैलीमा बाढीपीडित क्षेत्रमा पुग्नुभएका बोहोरालाई भिरपाखा र नदी किनारमा त्यहीँका बासिन्दाले हात दिएर तानिरहेका थिए भने कतै उहाँ आफैं जनतासँगै पलेटी कसेर बसेका देखिनुभयो । 

सामाजिक सञ्जालमा कसले के भने ?

गृहमन्त्री र प्रदेशका अर्थमन्त्रीका गतिविधिलाई लिएर सामाजिक सञ्जालमा फरक फरक प्रतिक्रिया आइरहेहका छन्। धेरै बोहोरालाई इंगित गर्दै हामीले शासक होइन सेवक खोजेको हो भन्न पनि भ्याएका छन्।  बादलको हकमा कतिले बचाउ गरे भने कतिले विरोध गरे । यता बोहोराको भने प्रशंसा भइरहेको छ । बादल र बोहोराबारेमा सामाजिक सञ्जालमा आएका विभिन्न धारणलाई संकलन गरेर हामीले यहाँ प्रस्तुत गरेका छौं । 

हृदय उपाध्याय लेख्नुहुन्छ  

 

त्यसैगरी नेपाली कांग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सैना लेख्नु हुन्छ  

नेविसंघ अछामका सचिव बमबहादुर स्वाँर लेख्नु हुन्छ 

नेपाली कांग्रेस अछामका जिल्ला कार्य समिती सदस्य लोकेन्द्रजंग कुँवर जापानबाट लेख्नु हुन्छ

त्यसैगरी ध्रुब महता लेख्नु हुन्छ 

त्यसैगरी ने.बि.संघ का पुष्प बिष्ट लेख्नु हुन्छ 

त्यसैगरी पत्रकार मेनुका ढुंगाना लेख्नुहुन्छ 

त्यसैगरी रामारोशन गाउँपालिका का गोविन्द साँउद (सुमन) लेख्नुहुन्छ  
 

त्यसै गरी पत्रकार महासंघ अछाम का सचिव होम साउँद लेख्नुहुन्छ 

त्यसैगरी थाह खबर का सम्पादक ज्ञानेन्द्र खड्का लेख्नु हुन्छ

यसबारेमा  क्षितिज समर्पण लेख्नु हुन्छ। 

माथीका स्ट्याटस केहि प्रतीनिधी स्ट्याटस मात्रै हुन यस्ता स्ट्याटसको त बाढी नै छ सामाजिक संजाल मा एउटा वडाको अध्यक्ष हुनेबित्तिकै आफूलाई राजा ठान्ने नेताहरुका लागि यो एउटा राम्रो पाठ पनि हो । जनता  नेताका लागि नभएर नेता जनताका लागि हुन् भन्ने कुरा यो प्रसंगले पुष्टि गरेको छ । साथै नेताले नराम्रो काम नगरे हुन्छ यस्तै साधरण जीवनशैली देखाए प्रशंसित हुन्छन् भन्ने पनि पुष्टि गरेको छ। 

प्रहरीका गाडी अघि पछि लगाएर यसअघि आउनेहरुका लागि यो एउटा सन्देश पनि हो । नेताहरु यसअघि आउँदा चिल्ला गाडीमा हुइँकिएर हिँड्ने गर्दथे। उनीहरुलाई जनताभन्दा फरक देखिन बाक्लो गद्दा भएका सोफा चाहिन्थ्यो जनता भुइँमा बस्थे नेता सोफामा राजा सांव शैलीमा बिराजमान । अछामका जनताका लागि यो पटक  कुनै बहालवाला मन्त्री हाफ पाइन्टमा लौरी टेक्दै आउँदा खुसी हुने मौका मिल्यो । जनताको घर दैलोमा पलेटी कस्दै बसेर समस्या सुनेको सम्भवतः अछामी जनताले देखेको अहिलेसम्मकै मिठो दृश्य हो । हामी सबै भुईँ मान्छे हौँ, जति नै ठूलो ओहदामा पुगे पनि भुइँ छाड्नु  हुँदैन भन्ने कुरा  सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा ले सबैलाई सिकाउँदै हुनुहुन्छ ।

मैले कहिले पनि बिपी कोइराला, मदन भण्डारीलाई देखिन आज आएर महसुस हुन्छ उनीहरु पनि माननीय झपट बोहोरा जस्तै थिए होला । त्यही भएर त आज पनि जनताले उनीहरुको गुणगान गर्छन् । अर्थमन्त्री झपट बोहोराको यो प्रसंगको प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता र समर्थकले पनि खुलेरै तारिफ गरेका छन्। मान्छे पदले होइन, आफूले गर्ने कर्मले ठूलो हुन्छ भन्ने कुरा मन्त्री बोहोराले पुष्टि गर्नुभएको छ ।

प्रतिक्रिया