लकडाउन संगै खाद्यान्नको मूल्य आकासियो, खुद्राले होलसेल देखाउछ, होलसेल ले कम्पनि, मौन छन प्रशासन र स्थानिय तह
कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला सुदुरपश्चिम प्रदेशमा खाद्यान्नको मूल्य अकासिएको छ। सुदुरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण रोक्न र फैलिन नदिन केहि ठाउँमा लकडाउन वा निषेधाज्ञा भईसकेको र केहिठाउँमा लकडाउन जारी गर्नु पुर्वै व्यापारीहरू खाद्यान्नसहित अन्य दैनिक उपभोग्य सामानको मूल्य बढाएको हो। सुदुरपश्चिम प्रदेशमा पछिल्लो समय संक्रमितको संख्या दिनानुदिन बढिरहेको बेला अत्यावश्यक खाद्य सामानको मूल्यबृद्धि भएको हो। पसल सञ्चालकहरूले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्यबृद्धि गरेर बेच्न बाध्य भएको बताउँछन्। बजारमा चामल, चिनी, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यबृद्धि भएको छ।