५९ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रसले गर्यो जिल्ला अस्पताल र बयालपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण
नेपाल रेडक्रस सोसाइटीको ५९ औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल मंगलसेन र वयलपाटा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पतालमा २७ जना र वयलपाटा अस्पतालमा ७० भन्दा बढी बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । रेडक्रस स्थापना दिवसको अवसरमा अछाममा रगत अभावलाई पूर्ति गरेको भन्दै जिल्लाका पाँच निकायलाई प्रशंसा पत्रले सम्मान गरेको छ । नेपाली सेनाको भवानी बक्स गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल साँफेबगर, जिल्ला अस्पताल अछाम र जेसीज अछामलाई प्रशंसा पत्र दिइएको छ ।