Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २६ जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

मुख्य समाचार

पत्रकार महासंघ ६८ औँ स्थापना दिवस मनाउँदै

पत्रकार महासंघ ६८ औँ स्थापना दिवस मनाउँदै

नेपाल पत्रकार महासंघले आज ६८ औँ स्थापना दिवस मनाउँदैछ। महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन्। स्थापना दिवसका अवसरमा महासंघले पश्चिम नवलपरासीमा प्रभातफेरि कार्यक्रम गरेको छ भने रामग्राम स्तुपमा केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको आयोजनामा लुम्बिनीमा भोलि राष्ट्रिय मिडिया सम्मेलन पनि गर्दैछ । सम्मेलनमा देशभरका सञ्चार क्षेत्रका विज्ञ, अर्थविद, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष÷महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुँदैछन्। स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी महासंघका अध्यक्ष विपुल पोखरेलले अघिल्लो संसदमा बन्न नसकेका मिडिया सम्बन्धी कानून यो संसदले महासंघको चाहना र अपेक्षा अनुसार निर्माण गर्नेमा विश्वास व्यक्त गरेका छन्। उनले इन्टरनेट माध्यमको अत्यधिक सदुपयोग गर्दै त्यसमार्फत् पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्न स्वयं पत्रकार क्रियाशील हुनुपर्ने बताएका छन्।

राजधानीका व्यापारीले कर तिर्न छोडे, दरबारमार्गका १४५ जनाको कर साढे ३० करोड पुग्यो

राजधानीका व्यापारीले कर तिर्न छोडे, दरबारमार्गका १४५ जनाको कर साढे ३० करोड पुग्यो

राजधानी काठमाडौंका व्यापारीले कर तिर्न छोडेका छन् । काठमाडौंका मुख्य व्यापारी केन्द्रहरु दरबारमार्ग अनामनगर, बागबजारका व्यापारीहरुले कर तिर्न छोडेका हुन् । व्यापारीहरुले उपभोक्ताबाट उठाएको कर राज्यलाई नतिरेको कर कार्यालयहरुले बताएका छन् । आन्तरिक राजस्व कार्यालय पुतलीसडकका अनुसार १४५ जना व्यापारीले उभपोक्ताबाट उठाएको मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेका हुन्। यी करदाताबाट साढे ३० करोड रुपियाँ भन्दा बढी कर तिर्न बाँकी छ । यस्तो समस्या काठमाडौंका अन्य कर कार्यालयहरुमा पनि छन् । तर तिनको विवरण आउन बाँकी छ ।