भारतबाट ल्याएको अवैध मल कंचनपुर प्रहरीद्वारा बरामद
भारतबाट ल्याएको अवैध मल कंचनपुर प्रहरीद्वारा बरामद गरिएको छ ।आज बिहान जिल्ला प्रहरी कार्यालय कंचनपुरको मातहतबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका ७ पचुई क्षेत्रबाट अवैध रुपमा चोरी पैठारी गरि भारतबाट ल्याएको अनुमानित रकम रु.२८,८०० को ३६ कट्टा युरिया मल, रु. २,४०० को २ कट्टा सुपर मल र . ६७,६८० मूल्य बराबरको ४७ कट्टा डि.ए.पी. मल बरामद गरिएको हो ।