Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता

बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता

बाजुरामा सोमबार खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिकामा –५ किम्नीका घुरे बुढाका १२ वर्षीय छोरा कमल बुढालाई किम्नी खोलाले सोमबार बिहान बागाएर बेपत्ता पारेको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले जानकारी दिए । बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक साउँदले बताए । यस्तै, बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३५ वर्षीया मोतीकला ल्वार पनि खोलाले बगाएर बेपत्ता रहेकी छन् । 'बिहानै खेतमा धानको बेर्ना कोर्न गएको बेला बड्डीगाड खोलाले बगाएको जानकारी आएको छ । बेपत्ता दुवैको खोजी कार्य जारी छ,' उनले भने ।

‘महामारीमा अस्पताल स्थापनाका योद्धाहरु’

‘महामारीमा अस्पताल स्थापनाका योद्धाहरु’

वि.स २०३४ सालमा अछाममा हैजाको महामारी फैलियो । थुप्रै मानिसहरुले ज्यान गुमाए । औषधी उपचारको अभावमा कयौ थला परिसकेका थिए । त्यति बेला सहजरुपमा उपचार र औषधी पाउने व्यवस्था नै थिएन । जिल्लाको क्षेत्र नं. २ सदरमुकाम मंगलसेनमा रहेको अस्पतालमा पुग्न सहज थिएन । क्षेत्र नं.१ मा फैलिएको हैजाबाट गाउँ नै सखाप हुने स्थिति सिर्जना हुन थालेपछि यहाँका अगुवाहरुले अस्पतालको लागी आन्दोलनको सुरुवात गरे । हैजा प्रभाबित मानिसहरुको उपचार र बयालपाटामा अस्पताल स्थापनाका लागी तत्कालित बयालपाटा गाउँपञ्चायतका अगुवाहरुले आन्दोलन गर्ने निष्कर्षमा पुगे ।

लापरबाहीले संक्रमण बढ्दै

लापरबाहीले संक्रमण बढ्दै

पंचदेवल बिनायक नगरपालिका ३ का ५२ वर्षीय पुरुषले २१ गते कमलबजार आरटि पिसिआर प्रयोगशालामा कोरोना परिक्षणको लागि स्वाब दिए । त्यति बेलासम्म उनलाई अवस्था गाह्रो भएको थियो । रिर्पोट नआउदै उनको २२ गते मृत्यु भयो । आइतबार ३२ गते मात्रै रिर्पोट आयो । उनलाई गाउ“मा ठूलो भिडभाड गरेर अन्तिम दाहसंस्कार गरियो । समुदायमा संक्रमण भएको शंका हुँदा पनि सचेत नभएको कमलबजार नगरपालिकाका सूचना अधिकारी टेकबहादुर विष्टले बताए । ‘कोरोना संक्रमण भएका हंका भएको मान्छेको मृत्यु हुदा पनि मान्छे डराएको देखिएन ’ उनले भने ,‘ पहिले त समयमा स्वास्थ्य संस्थामा पुग्दैनन् । स्वयम् व्यक्तिले नै लापरबाही बढेको छ ।’ परिक्षणको दायरा बढाउनुको साटो घटेको उनले बताए । समुदायमा परिक्षण गर्न जादा पनि लक्षण देखिएकाहरुले स्वाब दिन नमानेको उनले बताए ।‘