Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पत्रकार महासंघ ६८ औँ स्थापना दिवस मनाउँदै

पत्रकार महासंघ ६८ औँ स्थापना दिवस मनाउँदै

नेपाल पत्रकार महासंघले आज ६८ औँ स्थापना दिवस मनाउँदैछ। महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन्। स्थापना दिवसका अवसरमा महासंघले पश्चिम नवलपरासीमा प्रभातफेरि कार्यक्रम गरेको छ भने रामग्राम स्तुपमा केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको आयोजनामा लुम्बिनीमा भोलि राष्ट्रिय मिडिया सम्मेलन पनि गर्दैछ । सम्मेलनमा देशभरका सञ्चार क्षेत्रका विज्ञ, अर्थविद, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष÷महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुँदैछन्। स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी महासंघका अध्यक्ष विपुल पोखरेलले अघिल्लो संसदमा बन्न नसकेका मिडिया सम्बन्धी कानून यो संसदले महासंघको चाहना र अपेक्षा अनुसार निर्माण गर्नेमा विश्वास व्यक्त गरेका छन्। उनले इन्टरनेट माध्यमको अत्यधिक सदुपयोग गर्दै त्यसमार्फत् पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्न स्वयं पत्रकार क्रियाशील हुनुपर्ने बताएका छन्।

राजधानीका व्यापारीले कर तिर्न छोडे, दरबारमार्गका १४५ जनाको कर साढे ३० करोड पुग्यो

राजधानीका व्यापारीले कर तिर्न छोडे, दरबारमार्गका १४५ जनाको कर साढे ३० करोड पुग्यो

राजधानी काठमाडौंका व्यापारीले कर तिर्न छोडेका छन् । काठमाडौंका मुख्य व्यापारी केन्द्रहरु दरबारमार्ग अनामनगर, बागबजारका व्यापारीहरुले कर तिर्न छोडेका हुन् । व्यापारीहरुले उपभोक्ताबाट उठाएको कर राज्यलाई नतिरेको कर कार्यालयहरुले बताएका छन् । आन्तरिक राजस्व कार्यालय पुतलीसडकका अनुसार १४५ जना व्यापारीले उभपोक्ताबाट उठाएको मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेका हुन्। यी करदाताबाट साढे ३० करोड रुपियाँ भन्दा बढी कर तिर्न बाँकी छ । यस्तो समस्या काठमाडौंका अन्य कर कार्यालयहरुमा पनि छन् । तर तिनको विवरण आउन बाँकी छ ।